प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्ना प्रक्रिया रोक्न सर्बोच्चको आदेश

काठमाडौ, पुस २३ । सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्ना प्रक्रिया रोक्न आदेश दिएको छ। भर्ना प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भर्ना प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो। थारु कल्याणकारी सभाका केन्द्रीय महामन्त्री प्रेमीलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले भर्ना प्रक्रियाविरुद्ध रिट निवेदन दायर गरेका थिए। […]
केएमसी शुल्क विवाद वार्ता निश्कर्षविहीन, नियम भन्दा बढी शुल्क नलिएको कलेजको दावी

काठमाडौं, २३ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले शुल्क घटनाउन नसकिने अडान लिएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बसेको वार्ता निश्कर्षविहीन भएको छ । केएमसीले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विषयमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी र कलेजका प्रतिनिधिबीच छलफल भएको थियो । तर छलफलका क्रममा कलेजका प्रिन्सिपल […]
अतिरिक्त शुल्क असुल्ने केएमसीमा शिक्षामन्त्रीको अनुगमन : चिकित्सा शिक्षा ऐनविपरीत शुल्क नलिन चेतावनी

काठमाडौ । अनुगमनमा गएका शिक्षामन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. रतीन्द्रनाथ श्रेष्ठलाई भने, ‘बढी शुल्क नलिएको वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ’ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरी र गुनासा छन् । चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण हुने गरेकाले विद्यार्थीबाट […]
दुर्गममा काठमाडौँ जस्तै नयाँ सहरको आवश्यकता देखियो : अर्थमन्त्री

काठमाडौँ, पुस २३ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन्। लगानी बोर्डको बिहीबारको बैठकमा बोल्दै उनले विकास काठमाडौँ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता औँल्याएका हुन्। उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए। उनले वर्तमान परिप्रेक्ष्यमा कम्तीमा तीन वटा ठूला सहरको निर्माणको आवश्यकतामा […]
रक्सौलबाट वीरगंज सिमरा, हेटौडा हुँदै काठमाडौं पुग्ने रेल मार्ग निर्माणका लोकेशन सर्भे शुरु

वीरगंज । भारतको रक्सौलबाट वीरगंज सिमरा, हेटौडा हुँदै काठमाडौं पुग्ने रेल मार्ग निर्माणका लागि फाइनल लोकेशन सर्भे शुरू भएको छ । गत असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारी पत्र एमओयू अनुसार लोकेशन सर्भे शुरू गरिएको हो । सम्झौताअनुसार यो सर्भे १८ महिनाभित्र सम्पन्न गर्नु पर्ने रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले […]
भारत सरकारले महाकाली नदीमा पुल बनाउने निर्णय

काठमाडौ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमाथि पुल बन्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको भारतीय मन्त्रिपरिषद् बैठकले महाकाली नदीमाथि पुल बनाउन नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो। भारतीय विदेशमन्त्री एस जयशंकरले ट्विटमार्फत् बिहीबारको क्याबिनेटले महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै यो विषय समावेश गरेका छन्। […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु

काठमाडौ, पुस २२ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई पुस २३ गतेबाट लागू हुनेगरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो । यस्तै, सरकारले उखुको न्यूनतम खरिद मूल्य पनि तोकेको छ । प्रवक्ता कार्कीले प्रतिक्विन्टल उखुको मूल्य […]
नगर प्रमुख शाहद्वारा पर्यटकीय पूर्वाधार निर्माण तथा भन्सार क्षेत्र विकासका लागि आयोजना स्वीकृत गर्न माग

अजय मिश्र कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले शहरी विकास तथा भवन निर्माण विभागसँग कृष्णनगरमा पर्यटकीय पूर्वाधार निर्माण, भन्सार क्षेत्र विकास तथा बजार सुन्दरीकरणका लागि आयोजना स्वीकृत गर्न माग गरेका छन् । उक्त माग पत्रमा लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको दक्षिण पश्चिम भारतसँग जोडिएको कृष्णनगर बजार यस नगरपालिकाको सबैभन्दा […]
जनअपेक्षाअनुसार काम गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा संयुक्त बैठक बोलाएर प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन् । उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ […]
सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै केएमसीका विद्यार्थी आन्दोलनमा

काठमाडौं, पुस २१ । चिकित्सा शिक्षा अध्ययनका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले सरकारले तोकेको भन्दा बढी शुल्क लिइएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बुधबार केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएसका विद्यार्थीहरुले काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । एमबीबीएसमा तोकिएभन्दा विभिन्न शीर्षकमा अतिरिक्त ३० लाखसम्म र बीडीएसतर्फ १० लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको […]
