गुल्मी अस्पताल निर्माण कार्य २० प्रतिशत सकियाे

गुल्मी । गुल्मी अस्पताल तम्घासको निर्माणकार्य २० प्रतिशत सकिएको छ । निर्माणाधीन अस्पतालको भारतीय प्राविधिक टोलीले समेत अनुगमन गरेको छ । भारतीय सरकारको पूर्ण अनुदानमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ पाल्पामार्फत आयोजना कार्यान्वयन भइरहेको छ । सोमबार भारतीय सरकारको आधिकारिक कन्सलटेन्ट अजयकुमार हजारीका, हिमान्सु शर्मा र घनश्याम मित्तलसहितको टोलीले आयोजनाको अनुगमन गरेकाे छ […]
एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको र छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए । एमसिसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र […]
रक्षामन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिएकी छिन् । कांग्रेस महाधिवेशनमा पराजय भएपछि मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिएका थिए । रिजालको राजीनामापछि खाली भएको मन्त्रालय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई सम्हाल्न जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
क्रिकेट रङगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेशन

भरतपुर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र […]
धनगढीमा पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना

धनगढी । धनगढीमा नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सोमबार बोर्डको प्रदेश कार्यालय उद्घाटन गरेका हुन् । नेपाल पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना भएको हो । यसअघि नेपालगञ्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको […]
एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने सम्झौता गरेको थियो । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालसँग पटक पटक आग्रह गरिसकेको छ । पछिल्लो समय […]
लुम्बिनी प्रदेशका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

बुटवल । लुम्बिनी प्रदेशका ९ जिल्लामा आज (साेमबार) देखि विद्यालय उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइँदैछ । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान पुसको १४ गतेसम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए […]
सिन्धुली जिल्लाका सात स्थानीय तहमा नगर प्रहरी सेवा

सिन्धुलीमाढी । सिन्धुली जिल्लाका सातवटा स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै स्थानीय तहले गाउँ तथा नगर प्रहरी भर्ना गरी सेवा दिन थालेका हुन् । जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाले नगर प्रहरी भर्ना गरेका छन् । […]
तराई मधेशमा बाल्लो हुस्सु, चिसो बढ्यो

बुटवल । चिसो बढेसँग तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु लाग्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान हुस्सु लागे पनि दिउसो भने घाम लाग्ने जनाएको छ । बाक्लो हुस्सुका कारण तराई मधेशका जिल्लामा बिहानपख चिसो पनि बढेको छ । यसलाई तराई मधेशको जनजीवनमा असर पारेको छ। बिहानपख घर बाहिर निस्कन मुस्किल […]
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

काठमाडौ । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति […]
