सोमबार(भोलि)भरतपुर र गैँडाकोटका फिडरहरुमा विद्युत् अवरुद्ध हुने

नवलपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत बसेनीस्थित १३२, ३३ र ११ केभी सब–स्टेसनमा मर्मतको काम हुने भएकाले पुस ५ गते (भोलि) सोमबार विभिन्न फिडरहरुमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार भोलि सोमबार दिउँसो १ बजेदेखि गैँडाकोटको औद्योगिक क्षेत्र २ फिडर, भोजाड क्षेत्रको कोकाकोला […]

गैसस महासंघको अध्यक्षमा रामप्रसाद सुवेदी चयन

काठमाडौं । गैरसरकारी संस्था महासंघको १० औं महाधिवेशनले अध्यक्षमा रामप्रसाद सुवेदीलाई चयन गरेको छ । शुक्रबारदेखि आइतबारसम्म चलेको महाधिवेशनले अध्यक्षमा सुवेदीसहित नयाँ कार्यसमितिलाई सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ध्रुव देव, महासचिव अर्जुन भट्टराई रहेका छन् । महाधिवेशनले ४७ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको निर्वाचन आयोगका सदस्य विदुर सुवेदीले जानकारी दिए […]

एमसीसी सम्झौता यथास्थितिमा अस्वीकार गर्नुपर्छ : नेकपा एकीकृत समाजवादी

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता यथास्थितिमा अस्वीकार गनुपर्ने बताएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसदमार्फत अघि बढाउने प्रयत्न गरिरहेका बेला सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने भन्दै बरु त्यसलाई अस्वीकार गर्नुपर्ने बताएको हो । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकाले दिने […]

नेपाल प्रहरीमा पनि पेन्सन अवधि १६ वर्ष बनाउने तयारी

स्वेच्छिक अवकाश १६ वर्षमा रोज्न पाइने, तर भर्ना भएको २० वर्षपछि मात्र पेन्सन लिने पाउने गरी प्रहरी नियमावली संशोधन गरिँदै काठमाडौ । सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्बारा स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो । तल्लो तहका […]

तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित

बुटवल । अचानक बढेको चिसोका कारण तराईका धनुषासहित प्रदेशको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक […]

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले दिए योमरी र उधौली पर्वको शुभकामना

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले किराँत समुदायले मनाउने उधौली र ज्यापू समुदायले मनाउने योमरी पर्वको अवसरमा शुभकामना दिएका छन् । आइतबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उधौली र योमरी पुन्हिका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किराँत र ज्यापू समुदायमा शुभकामना व्यक्त गरेका हुन्। ‘हरेक नेपालीको पहिचान भनेको उसको […]

नेपालमा आजदेखि ५७ जिल्लाका विद्यार्थीलाई मोडर्ना खोप लगाइँदै

काठमाडौ । आजदेखि ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइँदै छ। आजदेखि पुस १४ गतेसम्म खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। विद्यार्थीलाई लक्षित गरेर खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता मिश्रले बताइन्। प्रदेश १ का ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम […]

प्रधानमन्त्री : संसदको गतिरोध र एमसीसी सर्वदलिय बैठकको एजेण्डा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जारी गतिरोध अन्त्य र एमसीसीबारे रणनीति बनाउन सर्वदलिय बैठक आव्हान गरेका छन् । सर्वदलिय बैठक आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले सहभागी नहुने भएको छ ।सभामुखको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै एमाले बैठकमा सहभागी नहुने भएको हो । एमालेले विगत लामो समयदेखि […]

सचेतना अभिवृद्धिको लागी लहानमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाईयो

महेश सिंह सिरहा । सिरहाको लहान नगरपालिका भित्र रहेको सहिद चौकमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस ‘२०२१’ मैनवती बालेर मनाईएको छ। सामी प्रयोजाना, हेलवेटासले र इन्सेकको संयुक्त आयोजनामा लहानको सहिद चौकमा कार्यक्रम मनाईएको हो । इन्सेकको प्रतिनिधि दुर्गा परिवारको नेतृत्वमा सिरहाको लहानमा मैनवती वालेर कार्यक्रम मनाईएको हो । नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय आप्रवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने […]

रामग्राम नगरपालिकामा पाँच कराेड भन्दा बढीकाे लागतमा तीन वटा खानेपानी निर्माण कार्य सुरु

सुरेश यादव नवलपरासी/ पुस ०४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा पाँच करोड भन्दा बढीको लागतमा एकै साथ तीन वटा खानेपानी आयोजना निर्माण भई रहेका छन् । मानिसको स्वास्थमा अत्यन्तै हानी पुर्याउने तत्वको रुपमा रहेको आर्सेनिक युक्तपानीको क्षेत्र रहेको पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा अहिले स्थानीय सरकारको ५ करोड ३७ लाखको लगानीमा एकै साथ तीन वटा खानेपानी […]