गोरखापत्रका पत्रकारद्वय सीता शर्मा र ललिता शाह पुरस्कृत

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी लेख लेख्ने दुुई महिला पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरिएको छ । अन्तर्राष्ट्रिय अप्रवासी श्रमिक दिवस २०२१ को सप्ताहव्यापी कार्यक्रम समापनको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममागोरखापत्रका पत्रकारद्वय सीता शर्मा र ललिता शाह उत्कृष्ट लेख सामग्रीबाट पुरस्कृत तथा सम्मानित गरिएको हो । वैदेशिक रोजगार क्षेत्रमा कार्यरत संस्था सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, […]

भद्रपुरमा प्रथम बालमैत्री नगर घोषणा, बिबिध कार्यक्रम गर्दै दिवस मनाइयो

झापा । ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध कार्यक्रमसहित मनाएको छ । नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेलको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रदेश नं १ का सांसद तथा पूर्व सामाजिक विकासमन्त्री जीवन […]

बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु

सुरज नेपाली बुटवल, पुष ८ । बुटवलमा आजदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु हुदै, बुधबार पुस ८ गतेदेखि सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पूरा भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म मेला सञ्चालन हुने मेलाको बिहीबार दिउसो २ बजे उद्घाटन […]

मनकामना केबलकार नियमित सञ्चालन

मुग्लिन । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

चितवन । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल आठ लाख ८७ हजार पुगेको छ । यो महशुल चार […]

चितवनमा आजदेखि ई-पासपोर्ट वितरण

चितवन । चितवनमा आजबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलका अनुसार ई-पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् । उनले आज अनलाइनबाट फारम भरेका २० जनालाई ई-पासपोर्ट वितरण गर्ने जानकारी दिए । ‘केही दिन दैनिक २० जनाका दरले अनलाइनबाट आवेदन भरेकालाई […]

गाउँपालिकाले वितरणमा ढिलाइ गरेपछि सिराहाका किसानले गोदामबाट आफैँ झिकेर लगे गहुँको बिउ

सिराहा । सिराहाका किसानले अनुदानमा बाँड्न राखिएको गहुँको बिउ कर्मचारीले वितरणमा ढिलाइ र बदमासी गरेको भन्दै आफैँ झिकेर लगेका छन् । जिल्लको औरही गाउँपालिका– ३ का किसानले प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको दुई सय बोरा गहुँको बिउ मंगलबार बिहान १० बजे आफैँ झिकेर लगेका हुन् । औरही गाउँपालिकाले किसानलाई पूर्ण अनुदानमा वितरण गर्न गौतम, विजय […]

धावनमार्ग मर्मतको कामले मंसिर १० गतेबाट स्थगित सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा

बुटवल, ६ पुस । कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थल मर्मतपछि (आज)मंगलबारदेखि सञ्चालनमा आएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो । धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो । विमानस्थालमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत हुने भएको छ । सोमबारदेखि […]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेद्वारा डोटीका ७५६ जनालाई न्यानो लुगा वितरण

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जिल्लाको जोरायल गाउँपालिका–१, २, ३ र ४ का एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ । चिसोबाट जोगाउनका लागि उक्त गाउँपालिकामा रहेका ७५६ जनालाई न्यानो लुगा वितरण गर्नुभएको उहाँका स्वकीयसचिव हेमन्त रेग्मीले जानकारी दिए । मन्त्री आलेले आफ्नै लगानीमा चिसोका समयमा […]

गण्डकी प्रदेशमा ११ लाख बढिले पाए कोरोनाविरुद्धको पुर्ण खोप

पोखरा । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मका तथ्याङ्कअनुसार १४ लाख ७२ हजार ३८७ जनाले पहिलो मात्रा र सो सङ्ख्यामा पूरा डोज खोप लिएका छन् । सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने […]