अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो : प्रमुख आयुक्त राई

कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा सदाचारिता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, “अख्तियारले भ्रष्टाचार र अनियमितताका […]
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र […]
नेपालीले सेनालाई सहयोग स्वरुप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध

काठमाडौ । नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा बिहिवार आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गर्नुभएको हो। नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा […]
प्रधानमन्त्री देउवाले बारका पदाधिकारीहरुलाई बालुवाटार बोलाए

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएको बताए । प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीलाई […]
प्रधानाध्यापकलाई विप्लव कार्यकर्ताले दले कालोमोसो

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले एक शिक्षकलाई कालोमोसो दलेका छन । जाजरकोटको नलगाड नगरपालिका वडा न.१२ मा रहेको बिरेन्द्र हिमालय माविका प्रधानाध्यापक चन्द्र बहादुर केसीलाई नेकपा निकट अखिल(क्रान्तिकारी)ले कालोमेसो दलेको जनाएको छ। केसीले भ्रष्टाचार गरेको आरोप विप्लव कार्यकर्ताले लगाएका छन । यस्ता छन् विप्लव समूहको आरोप :
गुण एयरलाइन्सले गर्यो चितवन-पोखरा उडान शुरु

भरतपुर । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी गुण एयरलाइन्सिले चितवन-पोखरा उडान सुरु गरेको छ। चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनकै बेला गुणले यी दुई सहर जोड्ने गरी उडान सुरु गरेको हो। भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए। ‘महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न […]
अन्तर व्यवस्थापिका संघको १४३औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा स्पेन प्रस्थान

काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् । सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । सभामुखसँग प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा […]
दुधको मूल्य ह्वात्तै बढाउने तयारी, १४ रुपैयाँसम्म वृद्धिको प्रस्ताव

काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ। बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको […]
आजको मौषम, प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही उच्च भागमा हिमपात

काठमाडौं । आज केही प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने भएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।आज […]
कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जानेको लर्को

प्रदिप न्यैपाने धनगढी । कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जाने सुदूरपश्चिमेलीहरुको लर्को लागेको छ । चाडबाड सकिएसँगै सुदूरपश्चिमेलीहरु कामका लागि भारत पस्न थालेका हुन् । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मानिसहरु यतिबेला त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जान थालेका छन् । ठूलो संख्याका नेपाली भारत जान थालेकाले गौरीफण्टा नाकामा दैनिक लर्को नै लाग्ने […]
