योगगुरु रामदेवलाई नेपालको सद्भावना दूत बन्न पर्यटन बोर्डको प्रस्ताव

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यस्तो प्रस्ताव गरेको हो । बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । […]

लुम्बिनी प्रदेश र ललितपुर जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं । लुम्बिनी प्रदेश र ललितपुर प्रहरी प्रमुखको सरुवा भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य र ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले पुष्टि गरे । बेला-बेला विवादमा मुछिने गरेका डीआईजी आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएका छन् । प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा रहेका प्रकाश अधिकारीलाई […]

गाउँपालिका भवन उद्घाटनको लागि प्रधानमन्त्री सुनसरी आउदै

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बिहान सुनसरी आउँदै छन्। देवानगञ्ज गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा बिहान ११ बजे हेलिकप्टरबाट आउने कार्यक्रम रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। प्रधानमन्त्री देउवाले गाउँपालिका भवन उद्घाटनसँगै पालिका परिसरमा निर्माण गरिएको बिपी सालिकको पनि अनावरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले बताए।

प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा उठाउनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अवलम्बन गर्नुपर्ने बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनमा अर्थ मन्त्री शर्माले अबको आवश्यकता प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको बताएका हुन्। शर्माले भने, ‘यो देशलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यक छ। त्यसले कम्तिमा पनि पाँच वर्ष आफ्नो भिजन कार्यान्वयन […]

नेपाल प्रहरीका २२ एसपीको सरुवा, सात जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौ । प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको सरुवा गरेको छ । विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ । सरुवाअनुसार पर्सामा रमेशकुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीव बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयले १३ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस पनि […]

चन्द्रागिरिमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण

काठमाडौँ । योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका हुन् । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरेका थिए । रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा […]

प्रदेश २ मा पहिलो पल्ट कर दिवस

महेश सिंह सिरहा, ४ मंसिर । प्रदेश नम्बर २ का अर्थ मन्त्रालयले पहिलोपल्ट प्रदेश २ मा कर दिवस समारोहको आयोजना गरेको थियो । सिरहाको लहानस्थित बाटीका टुरीजममा कर दिवसका आयोजना गरेका थिए । उक्त कार्यक्रममा सिरहाका कर असुली गर्ने अधिकांश कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं २ का आर्थिक मामिला […]

काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्रा: बौद्ध धर्मावलम्बीको घुइँचोे

काभ्रेपलाञ्चोक । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ। किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मावलम्बीको भीड लागेको हो। बिहीबारदेखि लागेको […]

कांग्रेस इलाम २ ‘क’ को सभापतिमा चौहान निर्बाचित

इलाम । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन्। चौहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन्। चौहानले दुई सय २९ मत ल्याउँदा बास्तोलाले एक सय ६० मतमै चित्त बुझाए। उपसभापतिमा विष्णु सुब्बा दुई सय ४४ मतसहित र मनकुमार गुरुङ दुई सय ३५ मत पाएर निर्वाचित भएका छन्। […]

बाबा रामदेव त वैज्ञानिक र क्रान्तिकारी व्यक्ति हुनुहुँदो रहेछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्‍जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्‍जलि नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग गुरु रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेको बताएका हुन् । प्रचण्डले भने […]