आज हरिबोधिनी एकादशी : तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष […]

नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज सोमबार पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले बताए । प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन […]

किसान जहिले नि पिरमा : किन?

प्रभुनाथ गुप्ता कार्तिक २८ कपिलवस्तु, नेपाल एक कृषि प्रधान देश भएपनि यहाँका कृषकहरु बर्सेनि मलखाद खरिद र अन्नबाली बिक्रि प्रक्रियामा धेरै नोक्सान बेहोर्दैआएका छन।यश आर्थिक बर्ष मा बेमौसमी बर्षा को कारण कृषकहरु को धान खेती एक चौथाइ नस्ट भएको छ। आजको किसानले आफ्नो अन्नबाली सरकारले तोकिएको दर भन्दा २५% कम पाएर बिचौलिया लाई बेच्न बाध्य […]

तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा

दमौली । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ । दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो […]

वरिष्ठ साहित्यकार बजिमयको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ। शारीरिक रूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मेका थिए। विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको […]

आगामी १ मंसिरदेखि ई–पासपोर्ट : राहादानी बिभाग

काठमाडौ । राहदानी विभागले आगामी १ मंसिरदेखि ई–पासपोर्ट जारी गर्ने भएको छ। लामो समयको अभ्यासपछि सर्वसाधारणका लागि यस्तो पासपोर्ट जारी गर्न लागिएको हो। सेवाग्राहीले १ मंसिरदेखि ई–पासपोर्टको लागि फारम भर्न सक्नेछन्। उक्त समयभन्दा अघि फारम भरेकाले ई–पासपोर्ट नपाउने विभागका निर्देशक शरदराज आरनले जानकारी दिए। उनका अनुसार आवश्यकताअनुसार पासपोर्ट वितरण गरिनेछ। हालकै शुल्कमा सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट […]

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष नयाँ पार्टी दर्ताको तयारीमा

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारीमा जुटेका छन् । निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र पक्षको निर्णयलाई आधिकारिता दिएपछि अल्पमतमा रहेको पाण्डे पक्षले नयाँ दल दर्ता गर्न छलफल थालेको हो । पाण्डे पक्षका एक नेताले हाल विवेकशील साझा पार्टी सुदृढिकरण अभियान भनेर गठन गरिएका समिति नै नयाँ पार्टीमा […]

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शनिबार प्रचण्ड ललितपुरस्थित मेडिसीटी अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज डिस्चार्ज भएको अस्पताल स्रोतले बताएको छ। उच्च रक्तचाप र रुघाखोकीको समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको थियो। पार्टी संगठनको शिलशिलामा उनी डोल्पा […]

गाई माथि राजनीति किन?

दोलखा । नेपालमा लोकतान्त्रिक शासन प्रणाली छ भने तापनि बारम्बार गाई काटेको केसमा मानिसहरू थुनिएको र मानव अधिकार हनन गरिएकोले गर्दा यो सानो लेख तपाईँहरूको बीचमा लेख्न मन लाग्यो। अहिले पनि सिन्धुपाल्चोकमा ५ जना थामीहरूलाई गाई काटेको केसमा हिरासतमा राखिएको छ। किन ? गाई के हो ? गाई क-कसले खान्थे/खान्छन? केही तथ्य हेरौँ तलका लेखबाट: […]

सडक अलपत्र गरिएको भन्दै आन्दोलनमा उत्रिएका संघर्ष समितिका सदस्यहरु प्रहरी नियन्त्रणमा

दोलखा–मुडे चरिकोट सडक निर्माण अलपत्र पारिएको भन्दै ठेकेदार विरुद्ध आन्दोलनमा उत्रिएका संघर्ष समितिका टोलिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विगत ६ वर्षदेखि मुडे–चरिकोट सडक अलपत्र पार्ने ठेकेदारलाई संरक्षण गरेर सडक निर्माणमा चासो नदेखाएको भन्दै आन्दोलित ७ युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मुडे चरिकोट सडक निर्माण संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्के सहसंयोजक रमेश […]