प्रधानन्यायाधीश जबराको राजिनामा माग्दै उच्च अदालत जनकपुरका कानुन व्यवसायीहरुको धर्ना

जनकपुरधाम, २८ कात्तिक । नेपाल बार एशोसिएशन जनकपुरका पदाधिकारीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुरको मुल गेटमा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्वमा कानुन व्यवसायीहरू आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् । उनीहरुले ‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका छन्। नेपाल बार […]
रुपन्देहीको तिलोत्तमा साढे १३ करोडमा ११ तले भ्यू टावर बन्दै, सम्पन्न हुन १० प्रतिशत काम बाँकी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकामा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको निर्माण ९० प्रतिशत सकिएको छ । चार वर्षअघि सुरु गरिएको भ्यू टावर निर्माणको काम अन्तिम चरणमा पुगेको र ९० प्रतिशत सम्पन्न भएको केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए । तिलोत्तमा नगरपालिका र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको संयुक्त लागतमा भ्यू टावर बनाउन […]
पुर्बी नवलपरासीस्थित होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत

काठमाडौं । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रशारणको विद्युत पुगेको छ । प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सवस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो […]
विमानस्थलमा ट्याक्सीले ठगे, अब बस चल्छ : मन्त्री आले

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्। आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा […]
राजीनामाबाट मात्रै आन्दोलन रोकिन्नँ, सम्पती पनि छानबिन गर्नु पर्छ : वरिष्ठ अधिवक्ता खरेल

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सतिशकृष्ण खरेलले बारको आन्दोलन प्रधानन्यायाधीशको राजीनामाबाट मात्र नटुंगिने बताएका छन् । आइतबार बार परिसरमा गरिएको प्रदर्शनमा उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाले मात्रै आन्दोलन नरोकिने बताए । “यो आन्दोलन जुन चरणमा गएको छ, सामान्य राजीनामाबाट टुंगिने छैन । निश्चित व्यक्तिहरूको सम्पत्तिको पूर्ण छानबिन हुनुपर्ने विन्दुमा नपुगी बारले […]
सर्वोच्च परिसरमा आज पनि बारको आन्दोलन जारी

काठमाडौ । नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ । बारले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै लगेको हो । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, […]
गाईमाथि राजनीति किन?

दोलखा । नेपालमा लोकतान्त्रिक शासन प्रणाली छ भने तापनि बाराम्बार गाई काटेको केसमा मानिसहरू थुनिएको र मानव अधिकार हनन गरिएकोले गर्दा यो सानो लेख तपाईँहरूको बीचमा लेख्न मन लाग्यो। अहिले पनि सिन्धुपाल्चोकमा ५ जना थामीहरूलाई गाई काटेको केसमा हिरासतमा राखिएको छ। किन? गाई के हो? गाई क-कसले खान्थे/खान्छन? केही तथ्य हेरौँ तलका लेखबाट: नेपाल एक […]
प्रधानन्यायाधीश विरुद्ध आज पनि सर्वोच्चमा धर्ना, जबरालाई प्रवेशद्वारमै रोक्ने तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध करिब दुई सातादेखि आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिदैछन् । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने योजनासहित कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा वैकल्पिक गेटबाट सर्वोच्च अदालतभित्र छिरेका थिए । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज […]
तातोपानी–सिंजा जोड्ने थारमारे–दिलौरी सडक समयमै सम्पन्न

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिका जोड्ने थारमारे–दिलौरी सडक सडक निर्माण सम्पन्न भएको छ । तातोपानी गाउँपालिका– ५ श्रीनगर थारमारे दिलौरी लेक हुँदै सिंजा गाउँपालिका– ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्धारित समयमै निर्माण सम्पन्न भएको हो । सडक बनेपछि त्यस क्षेत्रका बासिन्दाले बिरामी पर्दासमेत घन्टौँ बोकेर लैजानुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । […]
चन्द्रागिरि हिल्सलाई नेपालकै बेष्ट लक्जरी रिसोर्टको अवार्ड प्राप्त

काठमाडौ । चन्द्रागिरि हिल्स रिसोर्टले नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्राप्त गरेको छ । चन्द्रागिरि हिल्समा रहेको रिसोर्टले भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अवार्ड पाएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार […]
