जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएपछि निषेधाज्ञा जारी जनकपुरधाम, २७ कात्तिक । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । जनकपुर उपमहानगरपालिका वडा नम्वर २० स्थित तेलिया पोखरीमा […]

अनियमितता र भ्रष्टाचारविरुद्ध सशक्त रूपमा कलम चलाउन पत्रकारहरुलाई अर्थमन्त्री शर्माको आग्रह

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले अनियमितता र भ्रष्टाचारविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका हुन् । ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम […]

शिक्षा मन्त्रालयका उपसचिव अर्यालको निधन

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ। उहाँलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए। मन्त्रालयका निमित्त सचिव डा: हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोककुल परिवारमा […]

पार्टी निकट पत्रकारहरुलाई माधव नेपालले भने – जाडरक्सी खाएको थाहा पाए राम्रो मान्दिनँ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाडरक्सी नखान निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए । समाजवादी प्रेस संगठन नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पत्रकारहरुलाई आग्रह गरेका हुन् […]

राष्ट्रिय जनगणनमा राना थारू समुदायको अर्थपूर्ण सहभागिता

कञ्चनपुर । कैलाली कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले राष्ट्रिय जनगणना–२०७८ मा सहभागिताका लागि समुदायलाई सचेतीकरण गरी सशक्त बनाएको छ । राना थारू समुदायको बाहुल्यता रहेका क्षेत्रमा नेपाल राना थारू समाजले सचेतीकरण अभियान सञ्चालन गरेको हो । “जनगणनाका लागि घरदैलोमा पुग्ने गणकलाई सघाउ पु¥याउनका लागि अभियान सञ्चालन गरेका हौँ”, नेपाल राना थारू समाजका केन्द्रीय […]

प्रधानन्यायाधीशको शीघ्र राजीनामा माग गर्दै शान्ति समाजद्वारा चितवनमा प्रदर्शन

चितवन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको शीघ्र राजीनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजले चितवनमा प्रदर्शन गरेको छ । समाजले आज बिहान चितवनको पुलचोकमा करिब आधा घण्टासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा `न्यायालयलाई प्रदूषित बनाउन पाइदैँन, सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिदैँन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश : शीघ्र राजीनामा देउ, प्रधानन्यायाधीशले […]

धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका तयारी

जनकपुर । जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ । आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गर्नुभएको छ । उहाँले विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि उपमहानगरले सरसफाइमा ध्यान नदिएकाले नगरवासीलाई सरसफाइमा लाग्नसमेत आग्रह […]

गण्डकी प्रदेशले माग्यो अर्थमन्त्रीसँग थप बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले बजेट अभावमा योजना कार्यान्वयनमा समस्या आएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री शर्मा पोखरा आएका बेला गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ध्यानाकर्षण गराएका हुन् । प्रदेशमा आम्दानीको स्रोत सिमित रहेको र नागरिकका अपेक्षा अत्यधिक भएकाले बजेट विनियोजन गरिदिन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीसँग आग्रह गरे । उनले भने, ‘संघीय […]

कांग्रेस सुर्खेतमा आजदेखि वडा अधिवेशन शुरु

सुर्खेत । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुर्खेतमा आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन आज हुन लागेको नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको छ । उनले भने,‘ सुर्खेतका ९९ वटै वडामा हाम्रो तयारी पुरा भइसकेको छ। सुर्खेतमा […]

दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न बैंकहरूलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्। शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब […]