पर्यटन मन्त्रालयले एक वर्षमै कानुनबिपरित भत्तामा सकायो आधा करोड

काठमाडौ । सरकारी निकायमा स्पष्ट विषयवस्तु र कार्ययोजनाविना बैठक नै बस्न मिल्दैन । त्यसमा पनि एउटै निकाय र अन्तर्गतका पदाधिकारी, कर्मचारी मात्र उपस्थित बैठकमा भत्ता दिन पाइँदैन । तर, एक वर्षमै बैठक भत्तामा ५१ लाख ८१ हजार रुपैयाँ सिध्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ११ लाख ४९ हजार कानुनविपरीत खर्च गरेको छ । आर्थिक […]

मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ । पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व […]

नेपालमा गाँजा खुल्ला गराउन कानुन संशोधन गर्छौं : स्वास्थमन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा गाँजा उत्पादनलाई सहजीकरण गर्ने गरी कानुन संशोधन गर्ने तयारी भइरहेको बताएका छन्। गाँजालाई वैधानिक रूपले खुला गर्नुपर्छ भन्दै लामो समयदेखि वकालत गर्दै आएका स्वास्थ्यमन्त्री खतिवडाले अहिले भइरहेको कानुनमा एक-दुईवटा दफा संशोधन गरेर गाँजालाई लागुऔषधको श्रेणीबाट हटाउने जानकारी दिए। नयाँ कानुन बनाउने होइन, अहिले भइरहेको […]

४ दिने भारत भ्रमण पुरा गरी प्रधानसेनापति शुक्रवार स्वदेश फिर्ता

काठमाडौ । प्रधान सेनापति प्रभुराम शर्मा आफ्नो ४ दिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा कात्तिक २३ गते भारत भ्रमणमा गएका थिए । स्वदेश फर्किँदा प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेसमा स्वागत गरेका थिए […]

प्रधानमन्त्रीसमक्ष बिपी प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेस

काठमाडौ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो । प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा छानबिन […]

संयुक्त विद्यार्थी संगठनद्वारा नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् । मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । धर्नामा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता […]

कानुन व्यवसायीको धर्ना छल्दै वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश

काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । जबराको माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार बिहान साढे ९ बजेदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । जबरा विहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका […]

सर्वोच्चको मूल गेटमा कानुन व्यवासायीहरुको धर्ना, राजीनामा नदिए राष्ट्रसंघसम्म जाने चेतावनी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले ‘कब्जा’ गरिएको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भएको आन्दोलनका क्रममा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश रोक लगाउन मूल गेटमै धर्ना दिइएको हो । ठूलो संख्यामा कानुन व्यवसायी धर्नामा बसेका छन् । यति गर्दा पनि प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए […]

कानुन व्यवसायीहरुको योजना असफल पार्न सर्वोच्च परिसरमा सुरक्षाकर्मी परिचालन

काठमाडौं । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारीमा छन् । त्यसका लागि विहान ९ः३० बजेबाटै कानुन व्यवसायीहरु बारमा भेला भएर प्रदर्शनमा उत्रिएका छन् । कानुन व्यवसायीहरुको यो योजना असफल बनाउन सर्वोच्च अदालत भित्र र बाहिर व्यापक मात्रा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । सर्वोच्च अदालतभित्र प्रवेश गर्ने भित्री गेटहरु […]

प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना

काठमाडौं । नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने बताएको छ । बिहीबार शान्तिपूर्ण गरेको आन्दोलनमा बल प्रयोग गरेको भन्दै बारले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा […]