पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न बुटवलमा अनेरास्ववियूको प्रदर्शन

बुटवल । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् । बुधबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन् । यसअघि पनि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल, मट्टितेल […]
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व

बुटवल । चार दिनसम्म मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज (बिहीबार) बिहान सम्पन्न भएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई गाईको दुधको अर्घ दिएर सम्पन्न गरिएको हो । कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक […]
युनेस्कोको ४१औं महासभामा भाग लिन शिक्षा मन्त्री फ्रान्स प्रस्थान

काठमाडौ । युनेस्कोको ४१ औं महासभामा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन् । मन्त्री पौडेल बुधबार राति ८:२५ बजे फ्रान्सको राजधानी पेरिसमा प्रस्थान गरेका हुन् । १९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षामन्त्री एवम् युनेस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार अर्थात ११ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको […]
आजदेखि १२औँ राष्ट्रिय जनगणना शुरु

काठमाडौं । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको छ । मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिएका छन् । त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक पनि खटाइएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार ४० हजार जना गणकले […]
पाँच दलीय गठबन्धन चुनावसम्म लैजान्छौँ : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने बताएका छन् । नेकपा एकीकृत समाजवादी दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर पुगेका अध्यक्ष नेपालले अहिले बनेको गठबन्धन स्थानीय तह, प्रदेश, सङ्घ र अब छिट्टै हुने राष्ट्रियसभा निर्वाचनमा यथावत रहने बताए । उनले केपी अोलीको पार्टीको भविष्य […]
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, ग्यास सिलिन्डरको १५७५
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । मुल्य बढेसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको […]
एमसीसी फिर्ता लिन अमेरिकालाई वामदेव गौतमको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपाल सरकार र अमेरिकासँग अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता गर्न आग्रह गरेका छन् । गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्नुपर्ने बताएका हुन् । […]
मर्मतको लागि तानसेन बुटवल सडक राती बन्द

बुटवल । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड राती बन्द गरिएको छ। तानसेन बुटवल सडक खण्डको अधिकांश स्थान बाटो विग्रिएकोले दिउँसो सवारी साधनको भिडभाडले पर्याप्त मात्रामा काम गर्न नपाएकोले निर्माण व्यवसायीको अनुरोधमा रातीको समयमा सडक बन्द गरेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए। दोभान सिद्धवावा क्षेत्रमा सडक चौडा तथा मर्मत सम्भारको बन्दन […]
भोलिदेखि जनगणना सुरु, गणकले नै भर्नुपर्नेछ प्रश्नावली

काठमाडौ । भोलिदेखि देशभरको १२ औँ राष्ट्रिय जनगणना सुरु हुँदैछ। भोलि बिहान १० बजेदेखि जनगणना सुरु हुनेछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक खटाएको छ। उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन्। जनगणनाको सुरुवात राष्ट्रपतिबाट हुनेछ। भोलि बिहान ११ बजेपछि गणकहरू उपराष्ट्रपति र प्रधानमन्त्रीकहाँ जनगणना गर्न पुग्ने बताइएको छ। त्यसपछि […]
कपिलवस्तुको चन्द्रौटा बजारका दुई पसलमा आगलागी, करिब ९० लाखको क्षति

कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा गएराति आगलागी भएको छ । मंगलबार राति साढे ९ बजेतिर दुईवटा पसलमा आगलागी हुदा करिब ९० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । उक्त आगलागीमा विष्णु भुसालले संचालन गरेको चन्द्रौटा फिक्स सप (कपडा पसल) जलेर नष्ट भएको छ । पसलमा रहेका कपडा र […]
