वीरेन्द्र माविमा पूर्वाधार सुधारको आवश्यकता

इलाम । सूर्योदय नगरपालिका–११ आइतबारेस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयमा आधारभूत शैक्षिक सुविधा उपलब्ध भए पनि खानेपानी, शौचालय, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा सुरक्षा व्यवस्थापनका क्षेत्रमा थप सुधार आवश्यक रहेको पाइएको छ। रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक लेखराज भट्टराईसँग गरिएको अन्तरक्रिया तथा स्थलगत अनुगमनका क्रममा विद्यालयका उपलब्धि र चुनौती दुवै […]
करफोक विद्या मन्दिर : शिक्षा र कृषि अभ्यासको उत्कृष्ट नमुना

इलाम । सूर्योदय नगरपालिका–१२ करफोकस्थित श्री करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ। शैक्षिक गुणस्तर, कृषि शिक्षाको प्रभावकारी अभ्यास, खेलकुद गतिविधि तथा यातायात सुविधाका कारण विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालय प्रशासनले जनाएको छ। रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद […]
रोङ–३ को शान्ति निकेतन माध्यमिक विद्यालयमा बस सेवा ठप्प हुँदा विद्यार्थी घट्दै

इलाम । रोङ गाउँपालिका–३ कुटीडाँडास्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको पाइएको छ। विद्यालय प्रधानाध्यापकका अनुसार हाल विद्यालयमा १६० जना विद्यार्थी अध्ययनरत छन्। अघिल्लो वर्षको तुलनामा केही विद्यार्थी सङ्ख्या घटेको विद्यालयले जनाएको छ। रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक खडानन्द ढुङ्गानासँग गरिएको अन्तर्वार्ता तथा स्थलगत अनुगमनका क्रममा […]
रोङ गाउँपालिकाको श्री सरस्वती माध्यमिक विद्यालय : अवस्था, चुनौती र सम्भावना

इलाम, रोङ गाउँपालिका–४ भालुझोडा । रविबजा न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत सरस्वती माध्यमिक विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक अवस्थाबारे स्थलगत अनुगमन तथा विद्यालयका प्रधानाध्यापक सुवास भण्डारीसँग अन्तरक्रिया गरिएको छ। विद्यालय प्रशासनका अनुसार हाल विद्यालयमा जम्मा १३९ जना विद्यार्थी अध्ययनरत छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब २० देखि २५ जना विद्यार्थी घटेको […]
एआईदेखि साइबर सुरक्षासम्म : सन्दकपुरका युवाले पाए प्रशिक्षण

इलाम । सन्दकपुर गाउँपालिकाले युवा तथा विद्यार्थीलाई आधुनिक सूचना प्रविधिसँग परिचित गराउने उद्देश्यले आयोजना गरेको तीनदिने सूचना प्रविधि प्रयोग तथा क्षमता विकास तालिम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको तालिममा वडा नं. १, २ र ३ का ५२ भन्दा बढी युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। डिजिटल युगसँगै प्रविधिको प्रयोग दैनिक जीवन, शिक्षा, रोजगारी […]
निःशुल्क आवासीय शिक्षाले फेरिँदै बालबालिकाको भविष्य

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक रूपमा कमजोर, अभिभावकविहीन तथा असहाय बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालन गरेको निःशुल्क आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिका–३ काहुलेमा रहेको लक्ष्मी आवासीय माध्यमिक विद्यालयमार्फत सञ्चालित यस कार्यक्रमबाट लक्षित वर्गका बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। चालु शैक्षिक सत्रमा विद्यालयमा १३६ जना विद्यार्थी भर्ना भएका छन्। तीमध्ये […]
जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, विद्यालयका विविध समस्याहरू उजागर

इलाम । मिति २०८३/०२/२९ गतेका दिन सन्दकपुर गाउँपालिका–५, जमुना। इलाम जिल्लाभित्र रहेका सामुदायिक विद्यालयहरूमा सूचनाको हक तथा नागरिक अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हाम्रो टोलीले सन्दकपुर गाउँपालिका–५ स्थित श्री भानुदय आधारभूत विद्यालयमा पनि कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय नजिकै बसोबास गर्ने स्थानीयवासीहरूले विद्यालयमा रहेका विभिन्न समस्याबारे जानकारी गराएपछि टोलीले विद्यालयको स्थलगत अवलोकनसमेत गरेको थियो। कार्यक्रमका […]
श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गुणस्तरीय शिक्षाको प्रयास, तर चुनौती अनेक

इलाम, सन्दकपुर गाउँपालिका–५, जमुना, इलाम | मिति : २०८३/०२/२९ रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत सन्दकपुर गाउँपालिका–५, जमुनास्थित श्री भगवती माध्यमिक विद्यालय को स्थलगत अनुगमन तथा प्रधानाध्यापक धर्मेन्द्र कुमार चौहान सँग अन्तरवार्ता गरिएको छ। उक्त अन्तरवार्ता पत्रकार पदम लिम्बू ले लिनुभएको थियो। अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यार्थी संख्या, […]
श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

इलाम, इलामको सन्दकपुर गाउँपालिका–२, माईमझुवामा रहेको श्री श्याम्बल माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक तथा भौतिक समस्यासँग जुधिरहेको पाइएको छ। विद्यालयका प्रधानाध्यापक हिमालय नेउपाने सँग गरिएको अन्तरवार्तामा विद्यार्थी सङ्ख्या घट्नु, शिक्षक अभाव, कमजोर शैक्षिक नतिजा, अपर्याप्त स्रोतसाधन तथा स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको जस्ता विषयहरू सार्वजनिक भएका छन्। प्रधानाध्यापक नेउपानेका अनुसार यस शैक्षिक सत्रमा विद्यालयमा गत वर्षको […]
शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

इलाम, जेठ २८। इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–४, माबुस्थित श्री प्रबाेध माध्यमिक विद्यालयमा आज आयोजित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रममा विद्यार्थीहरूले विध्यालय रहेका शैक्षिक, भौतिक तथा व्यवस्थापकीय समस्याबारे खुलेर आफ्ना धारणा राखेका छन्। रबिबजार न्युजद्वारा सञ्चालित उक्त कार्यक्रमले विद्यालयको वास्तविक अवस्था सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सुधारको आवश्यकतामाथि ध्यानाकर्षण गराएको छ। कार्यक्रमका क्रममा […]

