कोशीमा २०० बढी शिक्षकलाई फोनिक्स प्रशिक्षण

सुन्दरहरैँचा, मोरङ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा अंग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित फोनिक्स ध्वनि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मोरङको विराटचोकस्थित उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित प्रशिक्षणमा झापा, मोरङ र सुनसरीका विभिन्न निजी विद्यालयमा कार्यरत २०० भन्दा बढी शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो। […]

विद्यार्थी र प्रहरीबीच प्रत्यक्ष संवाद हुने, सुरक्षित विद्यालय वातावरणमा जोड

योगेन्द्र योगी मोरङ । विद्यार्थी, विद्यालय र नेपाल प्रहरीबीच आपसी विश्वास, समन्वय तथा प्रभावकारी सञ्चारलाई सुदृढ बनाउने उद्देश्यले मोरङको सुन्दरहरैंचामा विशेष खुला संवाद कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा राख्ने अवसर पाउनेछन् भने सुरक्षा निकायले कानुनी तथा सुरक्षासम्बन्धी विषयमा आवश्यक जानकारी प्रदान गर्नेछ। सुन्दरहरैंचा नगर बाल सञ्जाल, […]

एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामा छानबिन तीव्र, दोषीमाथि कडा कारबाहीको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनाप्रति सरकारले गम्भीर चासो व्यक्त गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाको निष्पक्ष, पारदर्शी र विस्तृत छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। शिक्षामन्त्री पोखरेलले परीक्षा प्रणालीको विश्वसनीयता, […]

शैक्षिक परामर्श नियमावली विवादः शिक्षा मन्त्रालयले व्यवसायीलाई वार्तामा बोलायो

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित नयाँ नियमावलीलाई लिएर देखिएको असन्तुष्टिका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श व्यवसायीहरूलाई औपचारिक छलफलका लागि आह्वान गरेको छ। मन्त्रालयले बुधबार सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई पत्राचार गर्दै वार्तामार्फत समाधान खोज्ने पहल गरेको जनाएको छ। हाल लागू गरिएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, […]

सल्लेरीमा १०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, शिक्षामा सहयोग अभियानलाई निरन्तरता

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५, सल्लेरीस्थित श्री जन जागृति नमुना माध्यमिक विद्यालयका एक सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउने तथा अध्ययनप्रति थप उत्साह जगाउने उद्देश्यले आयोजित कार्यक्रममा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। ‘सेवा र विकासका लागि युवा’को आयोजनामा तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा सम्पन्न कार्यक्रमले विद्यालय तहका […]

सुनकोशीका दुई विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकास्थित दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै शिक्षामा पहुँच विस्तार र गुणस्तरीय सिकाइ वातावरणलाई प्रोत्साहन गर्ने उद्देश्यले एक विशेष कार्यक्रम सम्पन्न गरिएको छ। सुनकोशी गाउँपालिका–९, कोषभञ्ज्याङस्थित श्री कालिका माध्यमिक विद्यालय तथा सुनकोशी गाउँपालिका–१०, कटुञ्जेस्थित श्री त्रिवेणीधाम गुरुकुल संस्कृत आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यार्थीको […]

कक्षा १–५ मा परीक्षा रोक्ने निर्णय कार्यान्वयनमा चुनौती, केही विद्यालय अझै परीक्षा लिन व्यस्त

काठमाडौं। विद्यालय तहको प्रारम्भिक शिक्षामा विद्यार्थीमाथिको अनावश्यक परीक्षा दबाब कम गर्ने उद्देश्यले सरकारले कक्षा १ देखि ५ सम्म आन्तरिक परीक्षा सञ्चालन नगर्ने नीति अघि सारे पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। सरकारी निर्णयपछि पनि केही विद्यालयले विभिन्न नाममा परीक्षा सञ्चालन गरिरहेको भन्दै अभिभावकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले प्रारम्भिक तहका विद्यार्थीको सिकाइलाई परीक्षाको नतिजाभन्दा […]

धनकुटाको अरुणोदय माविका विद्यार्थीलाई शैक्षिक सामग्री, शिक्षामा सहयोग विस्तार गर्ने प्रतिबद्धता

धनकुटाको अरुणोदय माविका विद्यार्थीलाई शैक्षिक सामग्री, शिक्षामा सहयोग विस्तार गर्ने प्रतिबद्धता धनकुटा, असार २२ — धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–५ स्थित श्री अरुणोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइएको थियो। ‘सेवा र विकासका लागि युवा’ […]

शिक्षा र खेलकुदमा २ खर्बभन्दा बढी बजेट, गत वर्षभन्दा ७ अर्ब वृद्धि

शिक्षा र खेलकुदमा २ खर्बभन्दा बढी बजेट, गत वर्षभन्दा ७ अर्ब वृद्धि काठमाडौं — आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा कुल २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार प्रतिशतका हिसाबले केही घटेको देखिए पनि रकमका आधारमा भने गत […]

मतपेटिकाबाट नेतृत्व चयन, अमरकल्याण माविमा लोकतान्त्रिक अभ्यास

इलाम, असार १६।  इलामको माइजोगमाई गाउँपालिका–स्थित नयाँबजारको अमरकल्याण माध्यमिक विद्यालयमा विद्यालय कप्तान र सहायक कप्तान चयनका लागि लोकतान्त्रिक पद्धतिअनुसार मतदान सम्पन्न भएको छ। विद्यार्थीलाई निर्वाचन प्रक्रिया, नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासबारे व्यावहारिक अनुभव दिलाउने उद्देश्यले विद्यालयले मतदानमार्फत नेतृत्व चयन गरेको हो। मंगलबार सम्पन्न निर्वाचनमा कक्षा १० का विद्यार्थी रिजन राई १३४ मत प्राप्त गर्दै विद्यालय […]