भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्‍याउने तयारी

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने भएको छ। यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ। ‘हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका […]

इलाममा बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम, फागुन १६ । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । […]

चन्दा उठाएर विद्यार्थीलाई बाँडियाे न्यानो कपडा

मन्थली ।रामेछापको लिखु तामाकोशी गाउँपालिका- ४ मा स्थानीयवासीले चन्दा संकलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्। स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्। विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी […]

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाण्डाै, पुस २० । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपतिको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशन दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित सिफारिस समितिबाट स्वीकृत […]

महोत्तरीको राजकीय संस्कृत माविको नयाँ भवन उद्घाटन

महोत्तरी । महोत्तरीको श्री राजकीय संस्कृत माध्यामिक विद्यालयको नयाँ भवन उद्घाटन भएको छ। मटिहानीमा नवनिर्मित २ कोठे पक्की भवनको मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै नगर प्रमुख मण्डलले देशकै सबभन्दा जेठो करिब ३०५ वर्ष पुरानो विद्यालयमा निर्माण गरिएको उक्त भवनले पठनपाठन गर्न गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उक्त […]

शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

काठमाडौं, पुस ४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले प्रमाणपत्र उपलब्ध गराएको भन्ने गलत सूचना राखिएको छ। दशरथ रंगशालामा त्रिविद्वारा आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै संख्यामा विद्यार्थी र […]

त्रिविको ४९ औं दीक्षान्त समारोह आज

काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आज (सोमबार) हुँदैछ । त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ । ७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए । एकैपटक धेरै विद्यार्थी […]

शिक्षक अभावले पठनपाठनमा समस्या

सुनसरी, पुस १ । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक  अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो ।  आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिनुभयो  । […]

आर.आर. क्याम्पसमा बि.ए. तहमा दरबन्दी शिक्षकको व्यवस्था गराउन जोडदार माग

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ता, शिक्षक, नेपाल भाषा अध्ययनरत विद्यार्थी र रत्न राज्यलक्ष्मीका क्याम्पस प्रशासनबीच बि.ए. तहमा भर्नाभएका विद्यार्थीहरुलाई अध्ययन गर्ने अधिकारबाट बञ्चित गरेको बिषयमा पत्रकारिता हलमा छलफल भएको छ । मंशिर २८ गते बिहिबार भएको कार्यक्रममा नेपाल भाषा अभियान्ता प्रशान्त डंगोलले रत्न राज्यलक्ष्मी क्याम्पसमा अरु विषयका विद्यार्थीहरुले अन्य विषयमा अध्ययन गरिरहदा नेपालभाषामा […]

सुनसरीको इनरुवा नगरपालिकाको शिक्षाको बेथिति अन्त्य गर्न माग

सुनसरी, मङ्सिर २८ । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कदै गएको र विद्यार्थीमाथि खेलबाड भइरहेको भन्दै सरोकारबालाहरुले सुधारको माग गरेका छन् । विद्यालय शिक्षा नाजुक भएको भन्दै विद्यालयमा निगरानी आवश्यक रहेको भन्दै इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाएको छ । अभियानद्वारा बुझाएको पत्रमा शिक्षाको बेथिति अन्त्यको माग गरिएको छ । […]