गुणस्तरीय शिक्षाका निमित्त ‘अभिभावकसँग सुकुना कार्यक्रम’ – सहायक प्रधानाध्यापक गिरी

योगेन्द्र योगी बिराटनगर : मोरङको सुन्दरहरैचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद गिरीले गुणस्तरीय शिक्षाका निमित्त विद्यार्थीहरुलाई बढी भन्दा बढी इंगेज गाराउने उदेस्यले ‘अभिभावकसँग सुकुना कार्यक्रम’ संचालन गरेको बताएका छन्। कक्षा ४ देखि सुरु भएको अभिभावकसँग सुकुना भन्ने कार्यक्रम बिहिबारसम्म आइपुग्दा ६ कक्षासम्म आइपुगेको सहायक प्रधानाध्यापक गिरीले जानकारी दिए। उनका अनुसार […]

समिक्षालाई आफू अध्यानरत बिद्यालयको सम्मान

योगेन्द्र योगी बिराटनगर : हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम द भ्वाइस किड्स्की फिनालिष्ट मोरङको सुन्दरहरैचा १० निवासी समिक्षा दाहाललाई आफू अध्यानरत ब्राइट फ्युचर सेकेण्डरी स्कुलले सम्मान गरेको छ। सुन्दरहरैचा ८ को सलकपुरमा ब्राइट फ्युचर स्कुलले दाहाललाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। कक्षा ७ अध्यनरत उनलाई स्कुलका प्रिन्सिपल टिकाराम ढकालले ‘द भ्वाइस किड्स’ सिजन ३ […]

हाम्रै देशमा अथाह संभावना छ प्लस टु सक्ने बित्तकै विदेश जाने सपना नदेख्नहोस् : पूर्व नगर प्रमुख ढकाल

बिराटनगर : मोरङको सुन्दरहरैचा ८ मा अवस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई नयाँ शैक्षिक सत्रको लागि स्वागतम कार्यक्रम गरेको छ । विराटचोकमा रहेको नेपालिरिका होटलमा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचाका पूर्व नगर प्रमुख शिव प्रसाद ढकालले उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै पूर्व नगर प्रमुख ढकालले हाम्रै देशमा अथाह संभावनाहरु […]

जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता: सिनियर तर्फ पिनाकल ज्ञान मन्दिर र जुनियर तर्फ मोरङ ज्ञानोदय प्रथम

मोरङ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना भएको हो। हाजिरीजवाफ प्रतियोगितामा सिनियर तर्फ पिनाकल ज्ञान मन्दिर प्रथम भएको छ। यस्तै, दोस्रो स्थानमा ब्राइट सनराइज, तेस्रोमा मोरङ ज्ञानोदयले हासिल गरेको छ। जुनियर तर्फ मोरङ ज्ञानोदय […]

संखुवासभामै पहिलो धर्मदेवीमा सामुदायिक पुस्ताकालय स्थापना हुने

मोरङ : संखुवासभाको धर्मदेवी नगरपालिकामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ । दश स्थानीय तह रहेको क्षेत्रमा जिल्लाकै पहिलो सामुदायिक पुस्ताकालय तथा श्रोत केन्द्रको निर्माणको काम अघि बढेको हो ।हाल भवन निर्माणको कार्य धमाधम भइरहेको छ । पुस्ताकालय भवन साँढे ३ तलाको निर्माण हुनेछ । अहिले पहिलो तला ढलाई सकेर दोश्रो तलामा इट्टा जोड्ने काम […]

किवानिस क्लब अफ सुन्दरहरैचाद्वारा विद्यार्थीलाई पोशाक वितरण

मोरङ : किवानिस क्लब अफ सुन्दरहरैचाले विद्यार्थीलाई पोशाक वितरण गरेको छ। मोरङको सुन्दरहरैचा ३ बरमनियामा रहेको जननी आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई बुधबार पोशाक वितरण गरेको छ । किवानिस क्लब अफ सुन्दरहरैचाकी अध्यक्ष पार्वती गच्छदारको पहलमा १ देखि ५ कक्षासम्मका २० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। गरिब तथा आयश्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि पोशाक […]

आगामी सातामा कक्षा १२ का नतिजा सार्वजनिक

काठमाडौ / कक्षा १२ को नतिजा आगामी सातामा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षाका बोर्डले तयारी पारिएका छन । हाल म्याचिङ र प्रोसेसिङका कामहरु भइरहेकाले बोर्डले जानकारी गराएका छन । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भनेका छन् । साउन तेस्रो हप्ताभित्र सम्ममा कक्षा १२ का नतिजा सार्वजनिक गर्नलाइ हाम्रो तयारी अबस्थामा छौं । त्यही कामहरु भइरहेको सम्मेत जानकार […]

बङ्गलादेशबाट स्वदेश फर्किएका नेपालि विद्यार्थी मंगलबारसम्म १४ सय

काठमाडौ / बङ्गलादेशबाट स्वदेशमा फर्किएका नेपाली विद्यार्थी मंगलबारसम्म १४ सय पुगेका छन । भने मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थलमा आइपुगेका थिए । बङ्गलादेशको ढाकास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीहरुलाई नेपाल फर्कन चाहाना गर्नेहरुलाई यात्रा सहज बनाउन सम्बन्धित निकायसंग समन्वय गरिरहेका परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिनुभएको थियोे । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले सम्मेत मंगलबारसम्ममा […]

नेपाली विद्यार्थी बंगलादेशबाट फर्केर काँकडभिट्टामा तीन दिनमा ३४० जना

झापा / पूर्वी नाका झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बंगलादेशबाट आफ्नो फर्किएका छन् । बंगलादेशबाट आरक्षणविरोधी आन्दोलन हिंस्रक बन्न थालेपछि नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्किन थालेका छन । बंगलादेशमा जागिरमा आरक्षणको विरोधमा आन्दोलन हिंसात्मक बनेर ज्यान जाने क्रम बढेपछि नेपालीसहित विदेशी विद्यार्थी धमाधम स्वदेश फर्किन थालेका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका […]

कक्षा आठको परीक्षामा एक सय ७८ विद्यार्थी सहभागी, पाँच जना उत्तीर्ण

ताप्लेजुङ, चैत २६ । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । गाउँपालिकामा आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए । जसमध्ये चार वटा विद्यालयका विद्यार्थी निल भएको […]