एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो

भक्तपुर, साउन २३ गते । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले सोमबार भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताउनुभएको हो । यस वर्ष नेपालमा […]
एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए वडाध्यक्ष खनाल

हेटौँडा । मकवानपुको मनहरी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन् । एसएलसी पास गरेको ३१ वर्षपछि उनी आफ्नै वडामा रहेको वाल जीवनज्योती माविमा कक्षा ११ मा भर्ना भएका हुन् । २०४८ सालमा बाराको सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण भएका खनाल आफै व्यवस्थापन समितिको अध्यक्ष […]
ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित शिक्षकको पुनर्बहाली

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित भएका पाँचजना शिक्षकको पुनर्बहाली भएको छ । १० वर्षे जनयुद्धका कारण विस्थापित हुन पुगेका शिक्षकहरुलाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले पुनर्बहालीको पत्र दिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार द्वन्द्वको समयमा बिस्थापित हुँदा उहाँहरु रहेकै विद्यालयका लागि हालको गाउँपालिकालाई […]
दुर्गम गाउँका यी दुई विद्यार्थीले गरे एसईईमा नेपाल टप

लमजुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । बेंसीसहर नगरपालिका ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङ्दी गाउँपालिका ३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् । राजधानी बाहिर थोरै विद्यार्थीले ४ जीपीए ल्याएकोमा लमजुङका २ जनाले ४ जीपीए ल्याउन सफल भएका […]
काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन हुने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएको विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिए। […]
विद्यार्थीमा ज्वरो बढेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय आजदेखि बन्द

दाङ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन्। गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए। गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय एक सातासम्म बन्द […]
कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

काठमाडौं, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९ र ०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो […]
रिक्त शिक्षक दरबन्दी विवरण सात दिनभित्र पठाउन निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षक दरबन्दी विवरण पठाउन निर्देशन दिएको छ। ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले शिक्षक दरबन्दी विवरण पठाउन ताकेता गरेको हो। जेठ २० भित्र शिक्षक विवरण पठाउने भने पनि अधिकांश इकाइले पठाएका थिएनन्। अब सात दिनभित्र शिक्षक विवरण […]
तनहूँमा एसईईमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४७ जना

दमौली । राष्ट्रिय परीक्षा बोर्डका अनुसार तनहुँ जिल्लामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४७ रहेको शिक्षा विकास तथा समन्वय समन्वय इकाई तनहुँका प्रमुख बसन्तराज पौडेलले जानकारी दिए । जसमा साधारण तर्फ ४२ जना र प्राबिधिकधार तर्फ ५ जना रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या २९३ , २.८ देखि […]
एसईई नतिजा : ३.६ देखि ४ जीपीए ल्याउने परीक्षार्थी ९ हजार ६३३ जना

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो। कोरो नाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो। हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ […]

