त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पदक एवं पुरस्कार प्राप्त गर्न लागिएको हो । त्रिविले यो पटक हरेक वर्ष प्रदान गर्दै आएको […]
सुनसरीको धरानमा पढाइ सुधार्न घर–घरमा शिक्षक

धरान (सुनसरी) । विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यवस्थापन समिति सदस्यले घरदैलो अभियान सुरु गरेका छन्। नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले शैक्षिकस्तर थप उकास्न विद्यार्थीका घर–घरमा जाने अभियान सुरु गरेको हो। दसैँ, तिहारलगायत बिदा सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घर–घरमा पुगेर घरदैलो अभियानको […]
शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरीः मन्त्री बस्नेत

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। उनले क्याम्पसको शुल्क तिर्न नसकेर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले शिक्षा समितिले पनि यस […]
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौ, बैशाख १३ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र बोर्डले सार्वजनिक गरेको हो । जसमा एक हजार ४५३ परीक्षा केन्द्र रहने छ भने चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको […]
यी हुन् कैलाली धनगढीका शून्य नतिजा ल्याउने १७ विद्यालय

धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन्। कैलाली । धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन् । सार्वजनिक गरिएको नतिजा अनुसार १ संस्थागत र १६ सामुदायीक गरी १७ विद्यालयको नजिता निल आएको हो। अब सुरु हुने नयाँ शैक्षिक सत्रमा ती १७ […]
उदयपुरमा विद्यालयमै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउ खेती गरेका हुन् । “किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती […]
चौधरी ग्रुपद्वारा संचालित सिजि पोलिटेक्निक शाखा कार्यालयमा कक्षा शुभारम्भ(तस्बिर सहित)

नवलपरासी, १ पुस । पश्चिम नवलपरासीको प्रतापपुरमा “चौधरी ग्रुपद्वारा संचालित सिजि पोलिटेक्निक शाखा कार्यालयमा आजबाट कक्षा शुभारम्भ भएको छ । हाल सिजी पोलिटेक्निक शाखा कार्यालय नवलपरासी प्रतापपुरमा इलेक्ट्रिकल तर्फ ७२ जना र मेकानिकल तर्फ ५२ जना विद्यार्थी भर्ना भएका छन् । कक्षा विहान ७ बजेबाट सॉझ ६ बजेसम्म चल्ने सिजी पोलिटेक्निकका प्रिन्सिपल शिव हरी ढकालले जानकारी दिए । आज एक कार्यक्रम […]
सिरहामा शिक्षकको लापरवाहीका कारण बिद्यार्थीको पढाई मारमा

सिरह, मंसिर २७ । शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा परेको छ । सिरहाको गोलबजार नगरपालिका – ८ चोहर्वामा रहेको श्री जनता नमुना माध्यमिक बिद्यालयमा शिक्षकको लापरवाहीका कारण बिद्यार्थीहरु मारमा परेका छन । शिक्षकहरु कक्षा-कोठामा नामको लागि मात्र आउने र जाने गरेको कक्षा १० मा अध्यनरत रहेका एक बिद्यार्थीले गुनासो गरेका छन । उनले भने, शिक्षकहरु […]
विषयगत शिक्षकको माग गर्दै, मालिकार्जुन मा.वि. मिलमिलीमा तालाबन्दी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माध्यमिक विध्यालयमा मिलमीलीमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन । विगत लामो समयदेखी विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीरुले तालाबन्दी गरेका हुन् । विषयगत शिक्षकहरु नभएकोले पटक पटक शिक्षक पदपुर्तीको लागी माग गर्दासमेत शिक्षक पदपुर्ती नभएपछि विद्यालयमा अनिसीतकालीन तालाबन्दी गरिएको कक्षा […]
नगर प्रमुख शाहद्वारा विद्यालयको अनुगमनमा तिब्रता

कपिलवस्तु, मंसिर १९ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आइतबार कृष्णनगर नगरपालिका वडा नं ८ देवानगढिया तथा डेरवामा रहेको विद्यालयको अनुगमन गरेका छन् l नगर प्रमुख शाहले छड्के अनुगमनमा आइतबार सो विद्यालय मा पुगि त्याहांको भौतिक, शैक्षिक लगायत अवस्थाको अनुगमन गरि विद्यार्थी संग समेत के कस्ता कमि कमजोरी विद्यालयमा रहेको अवस्थाको […]
