जनक शिक्षाको आकस्मिक अनुगमनमा शिक्षामन्त्री

काठमाडों । समयमा नै पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ‘आकस्मिक’ अनुगमन गरेका छन् । आज(आइतबार) भक्तपुरको सानोथिमिस्थित जनक शिक्षाको आकस्मिक अनुगमन गर्दै उनले पुस्तक छपाइका बारेमा जानकारी लिएका हुन् । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुर्‍याउने भने पनि सोचेजस्तो काम नभएको पाइएपछि उनले […]

कक्षा–१२ परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा–१२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी […]

काठमाडौं विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी […]

जेठ १ गतेदेखि निजी र सरकारी विद्यालयमा हप्तामा दुई दिन बिदा दिने निर्णय

काठमाडौं, बैशाख २८ । शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार विद्यालयमा बिदा दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने […]

आजबाट एसईई परीक्षा संचालन

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख […]

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता गर्न बोर्डको निर्देशन

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठ तेस्रो सातबाट सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले हिजो आइतबार सूचना जारी गरी कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी आगामी जेठ महिनाको तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । कक्षा ११ को […]

त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

काठमाडौं, चैत ५ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुन: स्थगित गरेको छ । आउँदो चैत ८ गतेदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको आयोगले शनिबार एक सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । विज्ञापन नम्बर ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त […]

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार भोलि बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र सम्पुर्ण परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत […]

शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोधिने

काठमाडौ । शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ। सार्वजनिक पाठ्यक्रम अनुसार अब अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने छ । यसअघि आयोगले एक सय पूर्णाङकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । परीक्षामा १०० पूर्णाङक राखिएको […]

विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौं, चैत २ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल बन्द गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताए । ‘लोकतान्त्रिक मर्यादा अनुरूप माग प्रस्तुत पाइन्छ,’ मन्त्री पौडेलले भने, ‘लामो समयसम्म पढाई अवरूद्ध हुने गरी […]