इलामका मोडल मुकेस गुरुङलाई छैटौं जीनियस अवार्ड–२०८२ मा ‘बेस्ट डेब्यु मोडल’ सम्मान

इलाम । पहाडको सुन्दर कला–संस्कृति र प्रतिभाले भरिपूर्ण जिल्ला इलामले फेरि एकपटक अर्को सफल अनुहार पाएको छ। इलाम सूर्योदय नगरपालिका–१०, फिक्कलका प्रतिभाशाली मोडल मुकेस गुरुङले छैटौं जीनियस अवार्ड–२०८२ मा **‘बेस्ट डेब्यु मोडल’**को उपाधि हात पार्दै इलामको प्रतिष्ठा झनै उचो बनाएका छन्। मोडलिङ क्षेत्रमा उदाउँदै गरेका गुरुङले अभिनय गरेको ‘तिमी बिना’ गीतमा देखाएको प्रभावकारी प्रस्तुति र […]
गायिका ज्योति मगरको व्यंग्य : “जनता गाँसबासका लागि लडिरहेका बेला भ्यानेटी भ्यानको के जरुरत ?”

काठमाडौं । चर्चित लोकगायिका ज्योति मगरले अभिनेत्री नीति शाहको ‘भ्यानेटी भ्यान’ मागको विषयमा व्यंग्य गर्दै असन्तुष्टि प्रकट गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले अहिलेको सामाजिक अवस्थालाई संकेत गर्दै केही व्यक्तिहरूले देखाएको विलासिताप्रतिको चाहना असमयिक र जनभावनाविपरीत भएको टिप्पणी गरेकी हुन्। गायिका मगरले लेखेकी छन्, “देशका जनता अझै पनि शिक्षा, स्वास्थ्य, र गाँसबासका लागि संघर्षरत छन्। यतिखेर […]
नयाँ नेपाली फिल्म ‘मैझारो’ देशव्यापी प्रदर्शनमा, ८० भन्दा बढी शोहरूमा देखाइँदै

काठमाडौं, कार्तिक ८। नेपाली चलचित्र प्रेमीहरूका लागि उत्साहजनक खबर! विल्सन विक्रम राई निर्देशित नयाँ नेपाली फिल्म ‘मैझारो’ शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। यस फिल्ममा धीरज मगर, मिरुना मगर, दिया पुन लगायतका कलाकारहरूले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्मले प्रदर्शनको पहिलो दिनमै ८० भन्दा बढी शो पाएको छ, जसले दर्शकहरूमा राम्रो प्रतिक्षा र उत्सुकता रहेको […]
तेरिया मगरको नेपाली फिल्म डेब्यु: ‘मीतज्यू’ मार्फत रजतपटमा पाइला

काठमाडौँ । सन् २०१४ मा डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स को विजेता बनेकी नेपाली नृत्यकर्मी र कलाकार तेरिया मगर अब नेपाली रजतपटमा आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। उनले भारतमा विभिन्न रियालिटी शोहरू जितिसकेकी छिन् र आफ्नो प्रतिभा विश्वमञ्चमा प्रस्तुत गरिसकेकी छन्। तेरियाले आफ्नो डेब्यु फिल्म ‘मीतज्यू’ मार्फत नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी छन्। यस […]
अब देशकै गहना बन्दै भावना खपाङ्गी मगर

अभिनय क्षेत्रमा चर्चित र लोकप्रिय टेलिभिजन शो “एक्टिङ स्टार” को सिजन–वानमा देशभरका प्रतिस्पर्धीलाई पछि पार्दै, इलामकी प्रतिभाशाली छोरी भावना खपाङ्गी मगर ले फर्स्ट रनर अप को उपाधि सहित रू १० लाख नगद जित्न सफल भएकी छिन्। आज उनले इलाममै पत्रकार सम्मेलन आयोजना गरी आफ्नो सफलतामा योगदान पुर्याउने सबै मतदाताहरू र समर्थकहरूलाई हार्दिक धन्यवाद दिइन्। देउमाई […]
इलामको चेतना नाट्य समूहलाई एकैपटक पाँच राष्ट्रिय पुरस्कार

इलाम । इलामको कला र प्रतिभाको केन्द्रका रूपमा परिचित चेतना नाट्य समूहले देशव्यापी रूपमा ऐतिहासिक सफलता हात पारेको छ। समूहका कलाकार नितेस लोहारले निर्देशन गरेको लघु चलचित्र ‘संगीनी’ ले राष्ट्रिय लघु चलचित्र महोत्सवमा प्रथम स्थान हासिल गरेको हो। त्यही चलचित्रबाट नितेस लोहारले उत्कृष्ट लेखकको अवार्ड तथा सलिना अधिकारीले उत्कृष्ट महिला कलाकारको अवार्ड जित्न सफल भएकी […]
ख्याल गर्ने बानीले’ नेपाली लोक गीतको म्युजिक भिडियो सार्वजनिक, दर्शकमा बढ्दो उत्साह।

इलाम । नेपाली संगीत बजारमा नयाँ गीत ‘ख्याल गर्ने बानीले’ सार्वजनिक भएको छ। charkhole music official युट्युब मार्फत सार्वजनिक गरिएको यस गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान आकर्षित गरेको छ। यसको गीतकार तथा संगीतकार स्वयं चारखोले शिशिर लिङ्गदम् हुनु हुन्छ भने गंगा फियाक सँग चारखोले शिशिर लिङ्गदम् ज्यु कै आवाजमा यो गीत सुन्न सकिन्छ भने भिडियोको […]
‘मैझारो’को गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक, धिरज र मिरुनाको दमदार अभिनय

काठमाडौं । आगामी कार्तिक ७ गते अल नेपाल रिलिज हुने बहुप्रतिक्षित नेपाली फिल्म *‘मैझारो’*को नयाँ गीत सार्वजनिक गरिएको छ। ‘तिमीलाई के थाहा सानु’ शीर्षकको यस गीतले अहिले दर्शक तथा संगीतप्रेमीको मन खिचिरहेको छ। गीतमा चर्चित गायक अनमोल गुरुङ र लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। आकर्षक शब्द, संगीत र एरेञ्ज अनमोल र रिकेश गुरुङले […]
फूलपातीसँगै नेपाली सिनेमामा तीन नयाँ फिल्मको प्रवेश

नेपालीहरूको महान् चाड दसैंको फूलपाती पर्वसँगै देशभरको हलमा नयाँ उत्साह छाएको छ। यस अवसरलाई लक्षित गर्दै तीन फरक–फरक स्वादका नेपाली फिल्महरू प्रदर्शनमा आएका छन्। दसैंको रमाइलो माहोलसँगै ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ नामक तीन चलचित्रले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ। ‘माइतीघर’ पारिवारिक भावनालाई समेटेर बनाइएको कथा हो, जसमा समाज र सम्बन्धका उतारचढावलाई छर्लङ्ग प्रस्तुत […]
समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

काठमाडौं — समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार भएको नयाँ गीत ‘भो यो माया’ सार्वजनिक भएको छ। गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वरमा रेकर्ड गरिएको यस गीतले आधुनिकता र परम्पराको मिश्रणमार्फत नेपाली प्रेमगीतमा नयाँ स्वाद दिने उद्देश्य राखेको छ। गीतको एरेञ्ज उदय राज पौडेलले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्। म–बीट […]

