पर्यटनमन्त्री प्रेम आले मगरलाई कोरोना संक्रमण

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको उनकाे सचिवालयले जानकारी दिएकाे छ । मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आले पछिल्लाे पटक विभिन्न कार्यक्रममा सहभागी भएका थिए । आइतबार मात्रै उनी पशुपति क्षेत्रमा […]

आजदेखि क-कसले पाउनेछन् कोरोनाविरुद्धको बुस्टर डोज??

काठमाडौं । आजदेखि सरकारले कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ। नेपालमा कोरोना बढेसँगै कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरूलाई सरकारले पहिलो चरणमा बुस्ट डोज दिन लागेको हो। खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार अस्पताल तथा स्वास्थ्य […]

उपत्यकामा थपिए २२१९ संक्रमित, सक्रिय १२ हजार बढी

काठमाडौ, ०१ माघ । काठमाडौं उपत्यकामा २२१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्। यसैगरी, काठमाडौं उपत्यकामा १२८१४ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०६१, ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ सक्रिय संक्रमित छन् । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित […]

भरतपुर अस्पतालले भन्यो– सामान्य अवस्थाका बिरामी अस्पताल नआउनू

चितवन, माघ १ । भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्। जिल्लामा सङ्क्रमण दर अत्यधिक बढेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को तेस्रो लहरस्वरुप […]

आज ४६३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा थप ३५० जना सङ्क्रमणमुक्त […]

भोलिदेखि कोरोना विरुद्ध बुस्टर मात्राको खोप दिइने

काठमाडौं, माघ १ । सरकारले भोलिदेखि कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ […]

आज देशभर ५०८७ कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

बुटवल, पुस ३० । नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५०८७ जना संक्रमित थपिएका हुन् । देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त […]

बैतडीमा सरकारी सेवा लिन खोप कार्ड अनिवार्य

बैतडी, पुस ३० । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्वको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने नियम बनाएको हो। गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको […]

८० बर्ष नाघेका नागरिकलाई निशुल्क एम्बुलेन्स

तनहुँ, पुस ३० । आँबुखैरेनी गाउँपालिका कार्यालयले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्ष अघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो । असी वर्ष नाघेका नागरिकलाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र अन्यलाई सहुलियत […]

नेकपा एमालेका महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौं, पुस ३० । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरेलले फेसबुकमार्फत कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ उनले भनेका छन् ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’