नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं, माघ ९ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन पुष्टि भएको हो । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको […]
पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ९ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ जनाको नमुना परीक्षण गरिएको थियो । जसमध्ये १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो […]
कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टा नबित्दै मृत्यु

कैलाली, माघ ९ । कैलालीमा कोरोनाभाइरस विरुद्धको खोप लगाएको आधा घण्टा नबित्दै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय लक्ष्मण डगौराको खोप लगाएको केहि मिनेटमै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारणबारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली […]
कर्णाली प्रतिष्ठानका ३० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो

जुम्ला, माघ ९ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्ष्ण देखिएका व्यक्तिलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको हो । प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार तेस्रो लहरमा ५२ जना व्यक्तिहरुलाई कोरोना संक्रमण भएको छ । जसमध्ये […]
प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । उनमा निमोनियासमेत देखिएको […]
एमाले अध्यक्ष ओली र उनका पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै होम आइसोलेसनमा बसेका छन् । यसभन्दा अगाडि जाेगिँदै आएका पूर्वप्रधानमन्त्री ओलीलाई […]
कोरोना अप्डेट : आज १२,३३८ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं, ६ माघ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। चौबिस घण्टामा २१ हजार ७ नमूनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ र ६ हजार ४९० नमूनाको एन्टीजेन परीक्षण गर्दा २ […]
स्वास्थ्यकर्मी संक्रमित भएपछि नवलपुर जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

कावासोती, ०६ माघ । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए । अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको […]
कोरोना संक्रमण हालसम्मकै उच्च रेकर्ड, ११ हजार ३५२ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको सपरिवार कोरोना संक्रमित

काठमाडौं, माघ ५ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले बुधबार दिउँसो ८ महिनापछि फेरि आफूसहित सपरिवार कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीर गरिएकोका सबैको रिपोर्ट पोजेटिभ आएको […]
