एसिया कप : श्रीलंकासँग पाकिस्तान पराजित

काठमाडौं, भदौ २५ । एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । श्रीलंकाको […]

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौ, भदौ २२ । केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागि भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार काठमाडौं फर्किएको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीविरुद्धको […]

श्रीलंकासँग भारत ६ विकेटले पराजित

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा मंगलबार भारतलाई श्रीलंकाले ६ विकेटले हराएको छ । दोस्रो खेलमा पनि हार बेहोरेपछि भारतलाई फाइनल पुग्न निकै कठिन हुने देखिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९।५ ओभरमा ६ विकेट वाकी राख्दै पुरा ग¥यो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ […]

महिला साफ च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२२ आजदेखि सुरू हुँदैछ । दशरथ रंगाशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रतियोगिताको उद्घाटन गर्ने छन् । साँझ साढे ५ बजेको उद्घाटन खेलमा घरेलु टिम नेपाल र भुटान प्रतिस्पर्धा गदैछन् । घरेलु मैदानमा भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्षसहित नेपाल आजको खेलमा मैदान उत्रिनेछ । यसअघिका […]

फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने

काबुल । फिफा बिश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार यहाँ आइपुगेको छ। विश्वकप ट्रफीसँगै फ्रान्सका लिजेन्ड तथा विश्वकप सद्धभावना दूत डेभिड ट्रेजेगुएट पनि घानामा आएका छन्। घाना फुटबल संघ (जीएफए) का अध्यक्ष कर्ट ओक्राकुले घानाको भूमिमा ट्रफी आइपुगेकोमा खुशी व्यक्त गर्दै भने, ‘म अत्यन्त ऊर्जावान र उत्प्रेरित छु र मलाई लाग्छ कि यो […]

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकर नियुक्त

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले सोमबार प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको छ । प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन्। उनले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेल खेलेका छन्। यसअघि उनी अफगानिस्तान क्रिकेट टिमका प्रशिक्षक थिए […]

मेसीको दुई गोल प्रेरित पीएसजीको सानदार जित

काठमाडौं । फरवार्ड लिओनल मेसीको दुई गोल प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुआत गरेको छ । गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पीएसजी लेक्लेरमन्ट फुटलाई ५-० ले पराजित गरेको हो। खेलको नवौं मिनेटमा नेयमारले मेसीको पासमा गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। २६औं मिनेटमा […]

साफ यू-२० : नेपाली टिम आज स्वदेश फर्किँदै

काठमाडौँ, साउन १९ । साफ यू-२० च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार) स्वदेश फर्किँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टिम आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न […]

भारतद्वारा माल्दिभ्स पराजित, नेपाल खेलबाट बाहिरियो

काठमाडौँ । यू–२० साफ च्याम्पियनसिपको फाइनल डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने भएको छ । भुवनेश्वरमा भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले हरायो र यससँगै उसको फाइलन यात्रा निश्चित भएको हो । यो नतिजापछि नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । भारत त्यस खेलमा पराजित रहेको भए नेपाल फाइनल पुग्ने थियो । […]

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग खेल्दै, फाइनल पुग्नको लागि बंगलादेशलाई जित्नै पर्ने दबाव

काठमाडौ । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध […]