साफ यू-२० : नेपाली टिम आज स्वदेश फर्किँदै

काठमाडौँ, साउन १९ । साफ यू-२० च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार) स्वदेश फर्किँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टिम आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न […]

भारतद्वारा माल्दिभ्स पराजित, नेपाल खेलबाट बाहिरियो

काठमाडौँ । यू–२० साफ च्याम्पियनसिपको फाइनल डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने भएको छ । भुवनेश्वरमा भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले हरायो र यससँगै उसको फाइलन यात्रा निश्चित भएको हो । यो नतिजापछि नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । भारत त्यस खेलमा पराजित रहेको भए नेपाल फाइनल पुग्ने थियो । […]

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग खेल्दै, फाइनल पुग्नको लागि बंगलादेशलाई जित्नै पर्ने दबाव

काठमाडौ । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध […]

साफ यू-२०: आज नेपाल र भारत भिड्दै

काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दै छ । भारतको भुबनेश्वरमा हुने नेपाल भारतको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने जनाइएको छ । दुई खेल जितेको नेपालले तेस्रो जितका लागि भारतसँग खेल्न लागेको हो ।नेपालले यसअघि मालदिभ्सलाई ४–० र श्रीलङ्कालाई ३–० ले पराजित […]

एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बिहीबार विहान एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको छ। बैठकमा विभिन्न १८ वटा एजेन्डामा छलफल हुने तय भएको थियो। यसअघि सोमबार बस्ने तय भएको दोस्रो केन्द्रीय कार्यसमिति एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङ बिरामी भएपछि बिहीबारका लागि […]

विश्वकप लिग-२ : नेपालले आज नामिबियाको सामना गर्दै

काठमाडौं, असार ३२ । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल […]

विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले सोमबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल १६ खेलबाट १५ अंक जोडेर सात टोलीमध्ये पाँचौं स्थानमा छ । १४ खेलबाट १४ अंक भएको नामिबिया छैटौं स्थानमा छ ।तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रोमा छ । सबै खेल खेलिसकेको […]

आजको खेलमा बहराइनलाई हराए, नेपाल सेमिफाइनलमा पुग्छ

काठमाडौ । एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ । लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’ मा ४ […]

महिला टी– २० च्याम्पियनसिप, नेपालको दोस्रो जित

काठमाडौ । नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङ्समा १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन […]

अमेरिकासँग नेपाल ३९ रनले पराजित

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकाका भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग ३९ रनको हार ब्यहोरेको छ । बिहीबार बिहान सम्पन्न भएको खेलमा २ सय ४६ रनको लक्ष्य पाएको नेपाली टोली १४ बल खेल्न बाँकी रहँदा २ सय ६ रनमा समेटिएको हो। नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले […]