रग्बी यु-२० महिला खेलाडी छनौट लेटाङ्गको नोवेल एजुकेसनमा हुने

रग्बी यु-२० महिला खेलाडी छनौट लेटाङ्गको नोवेल एजुकेसनमा हुने लेटाङ्ग । यू-२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ। आगामी जेठ २६ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगिता माई नगरपालिकास्थित नेपाल रग्बी संघको आयोजनामा सञ्चालन हुन लागेको हो। प्रतियोगिताका लागि महिला यु-२० तर्फको छनौट लेटाङ्ग नगरपालिका वडा नम्बर- ८ मा अवस्थित नोवेल […]

कास्टेलानोसले ४ गोल गरेपछि गिरोनाले रियल मड्रिडलाई हरायो

काठमाडौं । भ्यालेन्टिन कास्टेलानोस एक्लैले चार गोल गरेपछि गिरोनाले स्पानिस ला लिगाको दोस्रो स्थानको रियल मड्रिडमाथि सानदार जित हात पारेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा गिरोनाले रियललाई ४-२ ले पराजित गरेको हो । न्युयोर्क सिटीबाट लोनमा आएका २४ वर्षीय कास्टेलानोस रियलविरुद्ध ला लिगामा ४ गोल गर्दे ७५ वर्षयता पहिलो खेलाडी समेत बनेका […]

एफए कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र सिटी भिड्ने

काठमाडौ । इंग्लिस एफए कपको उपाधिका लागि दुई म्यानचेस्टर क्लबबीच भिडन्त हुने भएको छ । दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि जित हात पारेसँगै उपाधिका लागि सिटीसँगको भेट पक्का भएको हो। आइतबार राति भएको खेलमा युनाइटेड र ब्राइटनबीच निर्धारित र थप समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा युनाइटेड ७-६ गोलले विजयी भयो। […]

प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई 

काठमाडौं, वैशाख १० । नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ। सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे । सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगीता यस पटक गत चैत २७ गते सुरु भएको थियो। […]

आईपीएल: राजस्थानविरुद्ध लखनउको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रमियर लगि (आईपीएल) क्रिकेटमा लखनउ सुपर यायन्ट्सले चौथो जित निकालेको छ। बुधबार राति जयपुरमा भएको रोमाञ्चक खेलमा लखनउले राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकाल्यो। पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो। १५५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ […]

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ। मुम्बईको यस सिजन यो लगातार तेस्रो जित हो। हैदरावादले भने दुई जित पछि तेस्रो हार बेहोरेको छ। गएराति राजीवगान्धी क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो। मुम्बईका लागि क्यामरुन […]

नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य  

काठमाडौ । एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बताएको हो। मलेसियाका कप्तान अहमेद फैजले ७६ रन बनाए। फैजले ९५ बलमा आठ चौका र एक छक्का प्रहार गरे। ओपनर वीरन्दिप सिंहले ४६ रन जोडे। […]

आज नेपालले ओमानसँग अभ्यास खेल खेल्दै

काठमाडौं, बैशाख २ । नेपालले आज (शनिबार) एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान हुने खेल ५०/५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेल्न लागेको हो । शनिबार हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले […]

फ्रान्सेली राष्ट्रपतिले मैदानमै गएर एमबाप्पेलाई सान्त्वना दिए

काठमाडौ । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए । […]

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

काठमाडौ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक […]