प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई

काठमाडौं, वैशाख १० । नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ। सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे । सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगीता यस पटक गत चैत २७ गते सुरु भएको थियो। […]
आईपीएल: राजस्थानविरुद्ध लखनउको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रमियर लगि (आईपीएल) क्रिकेटमा लखनउ सुपर यायन्ट्सले चौथो जित निकालेको छ। बुधबार राति जयपुरमा भएको रोमाञ्चक खेलमा लखनउले राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकाल्यो। पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो। १५५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ […]
आईपीएलमा मुम्बईको लगातार तेस्रो जित

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ। मुम्बईको यस सिजन यो लगातार तेस्रो जित हो। हैदरावादले भने दुई जित पछि तेस्रो हार बेहोरेको छ। गएराति राजीवगान्धी क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो। मुम्बईका लागि क्यामरुन […]
नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

काठमाडौ । एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बताएको हो। मलेसियाका कप्तान अहमेद फैजले ७६ रन बनाए। फैजले ९५ बलमा आठ चौका र एक छक्का प्रहार गरे। ओपनर वीरन्दिप सिंहले ४६ रन जोडे। […]
आज नेपालले ओमानसँग अभ्यास खेल खेल्दै

काठमाडौं, बैशाख २ । नेपालले आज (शनिबार) एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान हुने खेल ५०/५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेल्न लागेको हो । शनिबार हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले […]
फ्रान्सेली राष्ट्रपतिले मैदानमै गएर एमबाप्पेलाई सान्त्वना दिए

काठमाडौ । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए । […]
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

काठमाडौ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक […]
बुटवलको लाफा समूहलाई खुल्ला ब्याडमिन्टन उपाधि

बुटवल । रुपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । शनिबार लुम्बिनी राष्ट्रिय महोत्सवमा संचालित फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टीमलाई पराजित गर्दै उपाधि जितेको हो । गाहा र श्रीसको टिमले उपबिजेतामा चित्त बुझायो । फाइनलमा बस्नेत र पौडेलको […]
अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

बैतडी । बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट दशरथचन्दले २५–२३ अङ्कले जितेको थियो । त्यसपछि मेलौलीले २५–२१, २५–१९ र २५–१६ अङ्कले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै मेलौलीले एक लाख २५ […]
विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाडौ । जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल […]
