रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

रसुवा, पुस ४ । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ। आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो। आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान […]
प्रधानमन्त्री देउवाद्वारा उँधौलीको शुभकामना

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान् चाड उँधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उँधौलीको अवसरमा एक सन्देश जारी गर्नुहुँदै उहाँले नेपालको उच्च पहाडी भू–भागमा ठूलो सङ्ख्यामा बसोवास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उँधौली चाडको […]
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उँधौलीको शुभकामना

काठमाडौँ, पुस ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरण संरक्षण अपरिहार्य रहेको बताउनुभएको छ । उँधौली चाडको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई यो चाडले थप उजागर गर्ने गरेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ऋतु परिवर्तनको प्राकृतिक चक्रसँगै आफ्नो जीवनचर्यालाई एकाकार बनाउन […]
भारतीय एसएसबीको दादागिरीको कारण सिमानाकामा नेपाली किसानलाई सास्ती

विनोद मण्डल प्रदेश नं २ । सप्तरी जिल्लाको दक्षिणी भेगमा अवस्थित सखडा भगवतीको मन्दिर क्षेत्रमा नेपाल भारत सीमा नाका अर्थात् छिन्नमस्ता गाउँपालिकाको वडा नं ३ स्थित गोविन्दपुर सीमा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीको दादागिरीको कारणले स्थानिय किसानहरूले सीमा क्षेत्रमा रहेको नेपाली भूभागमा उब्जाएको धानबाली यतिबेला किसानलाई कोशेढुंगा सावित भएको छ । धानबाली किसानले काटेर […]
एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको अध्यक्षमा गुप्ता चयन

वीरगंज ०३ मंसिर । एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको दोस्रो जिल्ला अधिवेशन शनिवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । होटल साह दरबार वीरगंजमा भएको अधिवेशनले कमलेश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा अणु राणा, सचिवमा विजय कुमार साह, सह–सचिवमा राम प्रसाद चौरसिया, कोषाध्यक्षमा जय सुन्दर पाल, सदस्यहरुमा […]
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले संसदमा भइरहेको अवरोध हटाउन र एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न […]
वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगीको नियन्त्रण गर्न `र्यापीड रेस्पोन्स टीम´ गठन

काठमाडौं । सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगीको नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्यापीड रेस्पोन्स टीम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर निकायको प्रतिनिधित्व हुने गरी र्यापीड रेस्पोन्स टीम गठन गरिएको हो । विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्यापीड रेस्पोन्स टीममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]
महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित काँग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री […]
विद्युत खपत बढाउन सबै क्षेत्रलाई ऊर्जामन्त्री भुसालको अपिल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छिन् । शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई आग्रह गरिन् । मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै […]
महेन्द्रनगर विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री आलेलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले महेन्द्रनगर विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री प्रेम आलेलाई ध्यानाकर्षण गराएका छन् । नेता लेखकले शनिबार बिहान मन्त्री आलेलाई भेटेरै आफ्नो गृहजिल्ला कञ्चनपुरस्थित महेन्द्रनगर विमानस्थलको काम अगाडि बढाउन भनेका हुन् । पूर्व भौतिक पूर्वाधारमन्त्री भएका बेला महेन्द्रनगर विमानस्थल बनाउने योजना अगाडि सारेपनि योजनाले अहिलेसम्म गति लिन नसकेको भन्दै […]
