सरकारले भारी सहुलियत दिएर ल्याईएको रासायनिक मलको दुरुपयोग

हिउँदे बालीनालीका लागि किसानले मल अभावको सास्ती खेपिरहेको बेला सरकारले भारी सहुलियत दिएर झिकाइएको रासायनिक मलको ठूलै हिस्सा अन्य व्यापारिक प्रयोजनमा दुरुपयोग भएको आशंका भएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा मुलुकका झण्डै ८० को संख्यामा रहेका प्लाइउड उद्योगले टाँस्ने प्रयोजनका लागि मल प्रयोग भइरहेको जानकारी दिइयो । समितिमा वीरगञ्जको […]

भारतीय रक्षाध्यक्ष रावतको निधनमा नेपाली सेनाद्वारा दु:ख व्यक्त

काठमाडौं । भारतीय रक्षाध्यक्ष विपिन रावतको निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ । बुधबार भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका रावतसहित ११ जना सैनिक र रावत पत्नी मधुलिमका रावतको निधन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको तर्फबाट बुधबार नै फोन र पत्रबाट समावेदना व्यक्त गरेका थिए । यस्तै, मंसिर २४ गते […]

पुर्बी नवलपरासीमा लक्षभन्दा दुई अर्ब बढी राजश्व संकलन

नवलपुर, २३ मंसिर । आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८। ७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आ.व.को प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको […]

सुदुरपश्चिमबाट प्रेस काउन्सिल नेपालले थाल्यो आचारसंहिता जागरण अभियान

बुटवल । पत्रकारितामा देखिएको विकृतिले सर्वसाधारणको प्रेसमाथि विश्वसनीयता घटिरहेको भन्दै प्रेस काउन्सिल नेपाल, पत्रकार आचारसंहिताको अनुशिक्षण तथा सन्चारमाध्यम प्रतिको गुनासो सुन्न सुदूरपश्चिम भ्रमणमा छ । कैलालीको धनगढीमा बुधबार कार्यक्रम सम्पन्न गरी काउन्सिलको टोलीले विहीबार कन्चनपुर, शनिबार डोटी र आइतबार अछाममा अन्तर्क्रिया आयोजना गरिएकोछ। बुधबार धनगढीमा पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउँदै कार्यक्रमको उद्घाटन गरिएको थियो।धनगढीमा […]

नेपालमा ओमिक्रोन पहिचान गर्न जिन सिक्वेन्सिङ बढाउने तयारी

काठमाडौ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकार जिन सिक्वेन्सिङ बढाउने तयारीमा लागेको छ । जिन सिक्वेन्सिङ भइरहेका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आउँदो साता २० वटा नमुना परीक्षणको तयारी भइरहेको प्रयोगशाला निर्देशक डा. रुना झाले बताइन् । जिन सिक्वेन्सिङ गर्न लामो समय लाग्ने र महँगो पर्ने भएकाले हाल शंकास्पद नमुना मात्रै परीक्षण गरिँदै आएको छ […]

डोल्पामा हिउँले सडक अवरुद्ध हुदा, हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

डोल्पा । उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्तादिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका–६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन्। स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको हो। […]

३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार, सुदूरपश्चिम स्थित छ जिल्लाका २० स्थानीय तह, प्रदेश १ स्थित तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एक जिल्लाका दुई स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ […]

चितवन जिल्ला अदालतले बालिका बलात्कारी युबकलाई १८ बर्ष कैद र डेढ लाख क्षतिपूर्ति भराउने फैसला

भरतपुर । चितवनमा एक युवकलाई १८ वर्ष कैद सजाय र डेढ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ। मादकपदार्थ सेवन गरी बालिका बलात्कार गरेको आरोप लागेका जिल्ला अदालत चितवनले सो फैसला गरेको हो । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगरपालिका ३ का २६ वर्षका जीवन पाण्डेलाई जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको इजलासले […]

सखुवान्नकारकट्टीमा रामजानकी विवाह पंचमी मेला : फुलवारी/पतारीलाई चुनौती

विसुन देव सरदार लहान । सिरहाको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – ५ ईटहर्वामा रामजानकी विवाह पंचमी मेला भव्यताका साथ सम्पन्न भएको छ।रामजानकी विवाह पंचमी मेला कमिटी – ईटहर्वाको आयोजनामा एकदिने मेला सम्पन्न गरेको हो । मेला कमिटी अध्यक्ष सखुवान्नकारकट्टी गाउँपालिका नेपाली काङ्ग्रेसका युवा नेता राजेन्द्र प्रसाद यादव, सदस्यहरु अशोक यादव, शिवान्नद यादव, रामप्रकाश […]

स्टल निर्माण वापत करोडौं रुपैयाँ लिईयो : स्टल पाएन ब्यापारी स्टलको लागी भौतारीदै

महेश सिंह सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित रहेको पशुपति आदर्श उच्च माद्य्यमिक बिद्यालयको अगाडि रोड नम्बर १ मा पर्ने स्कुलको जग्गामा रोडका पश्चिम् पटी बिजनेस ब्यापार गर्न बसेका व्यापारीहरु संग करोडौं रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले सडक संघर्ष शुरू गरेका छन् । पीडितहरुको एक समुहले न त स्टल पाएको छु, नत […]