महिला सामुदायिक स्वास्थ स्वयंसेवीकाहरुलाई सम्मानजनक विदाई

सुरेश यादव नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा महिला सामुदायिक स्वस्थ्य स्वयंसेवीकाहरुलाई सम्मान जनक विदाई गरेको छ ।नगरबासीकाे सराेकार स्वच्छ, पारदर्शी, र विकासमुखी स्थानीय सरकार भन्ने मुलनाराका साथ रामग्राम नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयकाे अायाेजनामा महिला सामुदायिक स्वस्थ्य स्वयंसेवीकाहरुलाई सम्मान जनक विदाई कार्यक्रम सम्पन्न भएको हाे । नगर प्रमुख नरेन्द्र कुमार गुप्ताकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा […]

सामुदायिक प्रहरीद्वारा सिरहामा जनचेतना मुलक कार्यक्रम सम्पन्न

विनोद मण्डल सिरहा, कार्तिक १७ । सिरहाको बन्दीपुरमा एक दिने बाल यौन दुर्ब्यबहार सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज करिब १२.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय बन्दिपुरद्वारा आयोजित गरिएको कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो । समाजमा निरन्तर भइरहने बालअधिकार हनन तथा महिला हिंशाबाट कसरी सुरक्षित रहने, कानुनी उपाय कसरी […]

कपिलवस्तुमा पेस्तोल र लागुऔषधसहित एक युबक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । उनलाई मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताए । भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आएका फेराजको साथबाट प्रहरीले १ थान […]

लामो समयसम्म विद्युत आपूर्ति रोकिएपछि कुलमान स्वयं पुगे भरतपुरको सबस्टेसन

चितवन । चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयं चितवन पुगेका छन् । मंगलबार दिउँसोदेखि भरतपुरको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ […]

भन्सार छलेर ल्याएका २ जिप सामान बुटवलबाट बरामद

बुटवल । रुपन्देही प्रहरीले इन्डियाबाट भन्सार छलेर ल्याइएका करिब ५१ लाख रुपैयाँ भन्दा बढी मूल्यको सामान बुटवलबाट बरामद गरेको छ । प्रहरीले बुटवलको तिनाउ पुल नजिकैबाट भारतबाट अवैध रूपमा ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बरामद गरेको हो । सो सामाग्री लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुईवटा जीपमा ल्याइएको […]

साबधानीकासाथ बत्ती बालौ : जुद्ध वारुणयन्त्र

काठमाडौं । तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भने, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो । त्यसैले आफ्नो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नु उत्तम उपाय हो ।” काठमाडौंलगायत सहरी क्षेत्रमा […]

भारतलाई बिजुली बेच्न खुल्यो बाटो

काठमाडौँ । नेपालले भारतीय बजारमा विद्युत् बेच्न अनुमति पाएको छ । कोइला अभावमा चरम ऊर्जा संकट भोगिरहेको भारतले इन्डियन इनर्जी एक्सचेन्ज बजारमा प्रतिस्पर्धामार्फत बिजुली बेच्न नेपाललाई अनुमति दिएको हो । भारत सरकारले सोमबार यस्तो अनुमति दिएकामा नेपालले मंगलबार पहिलोपटक प्रतिस्पर्धामा भाग लिएको थियो । प्रत्येक दिन बोलकबोलका आधारमा मूल्य निर्धारण हुने एक्सचेन्ज बजारमा नेपालले बुधबार […]

आज कुकुर तिहार : कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

काठमाडौ । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । आज बिहान […]

प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध छ : मन्त्री पौडेल

बलेवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। सञ्चार क्षेत्रमा रहेका केही विकृति नियन्त्रणका लागि सरकारले बेलाबेलामा कानून ल्याउने कुराहरु बाहिर आउने गरेका भए पनि सुशासन कायम राख्नका लागि स्वतन्त्र प्रेस आवश्यक हुने उनको तर्क थियो। वर्तमान सरकारले जनतासामु गरेका प्रतिबद्धताअनुसारनै काम गरिरहेको भन्दै पौडेलले जनताका गुनासा […]

रेणु दाहाल : केपी ओलीकै कारण प्रकाशको मृत्यु

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले केपी ओलीका कारण आफ्नो भाई प्रकाश दाहालको ज्यान गएको आरोप लगाएकी छिन । समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै दाहालले (बुवा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) केपी ओलीलाई भोट माग्न झापा नगएको भए प्रकाशलाई बचाउन सकिने सम्भावना रहेको बताएकी हुन् । ‘ओलीलाई भोट […]