मन्त्री मनाङ्गेकाे सम्पति सार्वजानिक, डेड कराेड ऋण

पोखरा । आफ्नो सम्पतिबारे आफैं ‘कन्फ्युज’ रहेको बताएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन् । अर्कैको नाममा बैनापट्टा गरेको, संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको तथा आफू ऋणमा रहेको मनाङेको सम्पत्ति विवरण सार्वजनिक […]
राजमार्गका होटलमा घुमुवा प्रहरीको असुली : वेस्यावृत्तिको आरोपमा फसाउने धम्की

सप्तरी, १६ कात्तिक । सप्तरीमा घुमुवा प्रहरीको आतक बढदै गएको छ । पछिल्लो समय होटल, रेन्टुरेन्ट र लज ब्यवसायीहरु घुमुवा प्रहरीका नाममा आतंकित भईरहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत सई संजय न्यौपाने नामका ब्यक्तिले धम्की दिएर पैसा असुल गर्न थालेपछि आफुहरु समस्यामा परेको ब्यवसायीहरु वताउँछन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीदेखी भारदहसम्म घुमुवा […]
धानको बीउमा ठगिएका किसान धानकाे बाेट बाेकेर सडकमा आन्दोलित

काठमाडौं । अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिले गुणस्तरहीन धानको बीउका कारण समस्यामा परेका उपत्यकाका किसानको समस्या समाधानको माग राख्दै माइतीघरमा प्रर्दशन गरेका छन् । मंगलबार पीडित किसानहरुले माइतीघरमा दाना नलागेको धानको बोट नै बोकेर विभिन्न माग राखेर विरोध प्रर्दशन गरेका हुन् । पीडित किसानहरुले गुणस्तरहिन धानको बीउ आयातकर्ता र बिक्रेतालाई कारबाहीको माग राख्दै […]
नवनिर्मित प्रहरी चौकी खोटाङ बुईपाको समुद्घाटन्

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङ मातहतमा रहेको प्रहरी चौकी बुईपाको नवनिर्मित कार्यालय भवनको समुद्घाटन् भएको छ । चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो । १ नम्बर प्रदेश […]
शरीर बन्धक मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

जनकपुरधाम, १६ कात्तिक । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्वर ६ शंकरसरैया बस्ने ५६ वर्षीय प्रयाग चौधरी रहेका छन् । प्रहरीका अनुसार चौधरीलाई २०७० माघ १७ गते जिल्ला अदालत पर्साले उक्त मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना […]
चार वर्षपछि पुनः मतगणना भएपछि जितेका वडाध्यक्षले पदभार ग्रहण गरे

जनकपुरधाम, १६ कात्र्तिक । अदालतले दिएको आदेशपछि भएको पुनः मतगणनामा विजयी भएका महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्वर १० का अध्यक्ष रामेशकुमार रायले पदभार ग्रहण गरेका छन् । मनरास्थित नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक समारोहमा मेयर संजयकुमार सिंहले वडाध्यक्ष रायलाई पदभार ग्रहण गराएका हुन । पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष रायले ढिलै भएपनि सत्यको विजय […]
प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो : अधिवक्ता अर्याल

काठमाडौ । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा नै रहेको बताएका छन् । नेपाल बार एसोसियसनको अगुवाईमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै अधिवक्ता अर्यालले यस्तो धारणा राखेका हुन् । उनले प्रधानन्यायाधीश रोजगारीको हकअन्तर्गत नियुक्त नभएको बताउदै जबराले संवैधानिक रुपमा आएकाले त्यहीअनुसार जान्छु भन्ने अवस्था नरहेको बताए । ‘प्रधानन्यायाधीशमाथिको विश्वास टुटिसकेको छ । यो […]
धवलागिरि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव

काठमाडौ । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडाबान्ता लगायतका बिरामीको चाप बढे पनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ। झाडाबान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन् । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले […]
दलित समुदायमाथि विभेद विरुद्ध जनप्रदर्शन

सल्यान । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन गरेको छ। दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले सल्यान जिल्लाको थारमारेमा भेला र प्रदर्शन गरेको हो। समुदायलाई जागरण र राज्यलाई दबाब, विभेद विरुद्धको अभियानमा एक हौं भन्ने मुल नाराका साथ दलित समुदायको शक्ति प्रदर्शन गरिएको छ । राज्यका हरेक अंग र […]
राजनितिक षड्यन्त्रका माेहरा बनेका लडाई चाैधरीले म र विद्यालयकाे मानमर्दन गरेका छन : प्रअ हसन

कपिलवस्तु । स्थानीय राजनितिक षड्यन्त्रका माेहरा बनेका लडाई चाैधरीले विद्यालय र मेराे मानमर्दन गर्न आर्थिक लेनदेनकाे निरधार ,झुठाे अफवाह फैलाएकाे प्रअ मुनिजर हसन बताएका छन । जिल्लाकाे विजयनगर गाउंपालिका केहीदिन देखि वडा ३ मा रहेकाे भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदकाे भर्ना गर्न आर्थिक चलखेलकाे समाचार विभिन्न संचारमाध्यममा आईरहंदा प्रधानाध्यापक मुनिजर हसनले आज पत्रकार सम्मेलन […]
