प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई, आज दिउँसो शपथ ग्रहण

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले आज प्रदेश १ को मुख्यमन्त्रीको सफत लिने भएका छन् । आज दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ । यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम आचार्यले सोमबार राजीनामा दिएका हुन् । गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश […]
चिनियाँ ठेकेदारसँग कुलमान रुष्ट,ठेक्का ताेड्ने चेतावनी

काठमाडौँ, । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । आज गोरखापत्रमा प्रकाशित खबर अनुसार निर्माणस्थलको अवलोकनका लागि आइतबार त्यहाँ पुगेको घिसिङ नेतृत्वको प्राधिकरणको टोलीले चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा […]
आज धनतेरस अर्थात् “धन्वन्तरी जयन्ती”

काठमाडौ । आज देखि तिहारको सुरुवात भएको छ । आज आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरी उत्पत्ति भएको दिनका रूपमा धनतेरस पर्व मनाइँदै छ । कात्तिक कृष्ण धन त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक मान्यता रहेको छ । यो दिन आयुर्वेदका प्रवर्तक […]
देश विकासका लागि तत्काल भ्रष्टाचार रोक्नुपर्छ : सिके राउत

सप्तरी । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन्। सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा जनमत पार्टी नगर समिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा जोड दिए। उनले देशको विकास र सुशासनका […]
चार वर्षपछि बेचिएकी चेलीको उद्धार, उजुरी दिएको ६ महिनापछि आरोपी पक्राउ

काठमाडौ । काठमाडौंका ३० वर्षीय रविन श्रेष्ठ (नाम परिवर्तन)ले नुवाकोट दुप्चेश्वर– ६ का ३९ वर्षीय जान्द्रे भनिने रामबहादुर तामाङलाई साथी बनाए । अन्ततः उनैले रविनको श्रीमती भारतको दिल्लीस्थित कोठीमा लगेर बेचिदिए । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई शनिबार तारकेश्वर– ७ फुटुङस्थित नागपोखरीबाट पक्राउ गरेपछि घटना पुष्टि भएको हो । उनले काठमाडौंको जमलस्थित […]
सडक निर्माण गर्न माग गर्दै नगर प्रमुख मिश्रद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

भक्तपुर । दुईवर्षमा सम्पन्न गर्ने गरि ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले हिजो जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै लेखिएको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रमुख जिल्ला […]
आङ काजी शेर्पाको व्यक्तिगत विवरण

नाम : आङ काजी शेर्पा उपनाम : किसान काजी शैक्षिक योग्यता : त्रिभुवन विश्व विद्यालय, किर्तिपुर वहुमुखी क्याम्पसबाट २०३६ सालमा एम. एड. (मेजर अग्रेजी) ठेगाना : बौद्ध काठमाडौ महानगरपालिका वडा नं ६, काठमाडौं जिल्ला परिवार : श्रीमती जीत माया शेर्पा सहित २ छोरा सम्पर्क : मोवाईल नं 9851048184 ईमल : [email protected] पेशा : २०३२ साल […]
डिआईजी गणेश ठाडा मगरको आगमनसाथ सशस्त्र प्रहरीद्वारा १० करोड बराबरको अवैध मालसमान बरामद

पर्सा, १५ कात्तिक । नेपाल र भारतबाट हुने गरेको चोरी पैठारी नियन्त्रणका लागी खटिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको टोलीले एक महिना नबितिदै करिब १० करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको जनाइएको छ । प्रदेश नम्बर २ मा रहेको पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा र सप्तरी गरी आठवटै जिल्लाहरुबाट एक […]
बर्दघाट नगरपालिकाको गत आ.व.को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

अस्मिता भुसाल बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका नगर कार्यपालिका कार्यालयको गत आ.व २०७७।७८ को बार्षिक प्रगती समिक्षा गोष्ठी बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नगरपालिकाले गत आ.व को बित्तिय लक्ष्य र प्रगतीका बारेमा समिक्षा गरिएको थियो । बर्दघाट नगरपालिकाले गत अर्थिक बर्षमा १ अर्ब ४ करोड […]
मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण कार्यक्रम समपन्न

कृष्णनगर । मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, अतिथिहरूमा कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष मोविन खां, १२ नं वडाध्यक्ष छेदी प्रसाद […]
