पाल्हिनन्दन १ मा एक दिने भाषण तथा उद्घाेषण तालिम सम्पन्न(तस्बिर सहित)

सुरेश यादव नवलपरासी/ कात्तिक १५ । आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ काे सभाहलमा एक दिने भाषण तथा उद्घाेषण तालिम सम्पन्न भएकाे छ ।पाल्हिनन्दन गाउँपालिका वडा नं १ काे आर्थिक सहयोग तथा नन्दन मिडिया हाउस प्रा.लिकाे आयाेजनामा उक्त तालिम सम्पन्न भएकाे हाे । नन्दन मिडिया हाउस प्रा.लि का प्रबन्धक सद्धाम हुसेन अन्सारीको अध्यक्षता […]
सिरहाबाट ३ लाखको भन्सार छली ल्याएको औषधि बरामद, दुई युवा पक्राउ

सिरहा, १५ कात्र्तिक । सिरहामा भारतबाट भन्सार छलेर ल्याएको ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको औषधि बरामद गरेको बताएको छ । लहान नगरपालिका वडा नम्वर १९ स्थित कटहा चोकबाट २–०१–००१ह.०६७३ नम्वरका अटो रिक्सामा ल्याइँदै गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ । चेकजाँच गर्ने क्रममा लाइकोटोन नामको २२५ एम.एल.को १०६२ बोतल बरामद […]
किराना पसलबाट ९ सय ग्राम लागूऔषध गाँजा बरामद संचालक पक्राउ

सिरहा, १५ । प्रहरीले लागूऔषध गाँजासहित सिरहाबाट एक जनालाई पक्राउ गरिएको छ । सिरहाको लहान नगरपालिका वडा नम्वर ९ बस्ने ६५ वर्षीय देव नारायण चौधरीलाई पक्राउ गरिएको हो । चौधरीले संचालन गरेको किराना पसलमा अबैध रुपमा गाँजा बिक्री वितरण गरी रहेको अवस्थामा ९ सय ग्राम लागूऔषध गाँजा सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]
न्यायाधीशहरु इजलासमा फर्किए, बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने

काठमाडौं, १५ कार्तिक । बेञ्च बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । उनीहरु बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने भन्दै आजबाट इजलासमा फर्किएका हुन् । यसअघि उनीहरुले ८ दिनदेखि बेन्च बहिष्कार गर्दै आएका थिए । इजलासमा फर्किनुअघि ती न्यायाधीशहरु छुट्टै छलफलमा बसेका थिए । उता, प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराले पनि आज बन्दी प्रत्यक्षीकरण […]
राजविराज कुनौली सडक खण्ड बर्षाको बाढीले भत्काउँदा आवतजावतमा समस्या

राजविराज, १५ । नेपाल–भारत जोड्ने सडक भत्किँदा सप्तरी र सीमा जोडिएका भारतका बासिन्दालाई आवतजावतमा समस्या उत्पन्न भएको छ । तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज कुनौली सडक खण्ड बर्षाको बाढीले भत्काउँदा आवतजावतमा समस्या भएको छ । गाउँपालिकाको बेल्ही भन्सार नजिक सडक भत्किएको छ । केहि दिनअघि जिता र खाँडो नदिमा आएको बाढीले सडक भत्किँदा आवतजावतमा समस्या भइरहेको […]
भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । यो वर्ष भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रत्येक वर्ष दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै […]
कैलालीमा करिब नगद रु २ लाखसहित १८ जना जुवाडे पक्राउ

कैलाली । कैलाली प्रहरीले जुवाखालबाट करिब २ लाखसहित १८ जनालाई पक्राउ गरेको छ । सोमबार राती करिब २ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरस्थित बलाराम चौधरीको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३६ वर्षीय शुनिल चौधरी, ३८ वर्षीय टेकबहादुर रोकाया, ३८ वर्षीय चन्द्र सापकोटा, ३३ वर्षीय हेमबहादुर बम, ४६ वर्षीय विन्द्र थापा, […]
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि सर्वोच्च परिसरमा प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् । आइतबार पहिलो दिन सर्वोच्च अदालतको बीच भागसम्मै पुगेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ । उनीहरु प्रधानन्यायाधीशको राजीनामा मागसहित कालो ब्यानर बोकेर धर्ना बसेका छन् । साढे १० बजेदेखि साढे […]
प्रतापपुर बहुमुखी सहकारी संस्थाकाे ४५ ओै साधारण सभा सम्पन्न

नवलपरासी / कात्तिक १५ । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९ बेलाटारीमा रहेकाे प्रतापपुर बहुमुखि सहकारी संस्थाकाे ४५ ओै साधारणसभा सम्पन्न भएकाे छ । ग्रामीण क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यस संस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ । अा.ब.२०७८/७९काे ४ कराेड १८ लाख ५५ […]
प्रधानसेनापतिद्वारा रथीमा बढुवा भएका राणालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौ । प्रधानसेनापति प्रभुराम शर्माले रथी पदमा बढुवा भएका सरोज प्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आइतबार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गरि प्रधानसेनापति शर्माले कार्तिक ११ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार रथी पदमा बढुवा भएका उपरथी मल्ललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका हुन् । उक्त […]
