राष्ट्रपति भण्डारी अवलोकन भ्रमणका लागि आज मनाङ जाँदै

मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएका छन् । अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ प्रस्थान गर्ने जानकारी दिए । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत […]
टेम्पो संघको नाममा अवैध असुली

वीरगन्ज । वीरगन्ज महानगरभित्र चल्ने तीन चक्के टेम्पोसँग ‘संघ’ को नाममा अवैध असुली हुने गरेको तथ्य फेला परेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने रजतजयन्ती चोकमा स्थापित टीनको टहरा स्थापना गरि ‘संघ’ को नाममा प्रत्येक टेम्पोबाट ५० देखि १०० रुपैयासम्म असुली गर्ने गरेको पाइएको छ । रजतजयन्ती चोकमा स्थापित टहरामा खटेका एक जना व्यक्तिले […]
नवलपरासीमा सुनको सिक्री चोरी गर्ने २ जना पक्राउ

कृष्ण गिरी नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले चोरी भएको २ थान सुनको सिक्री सहित २ जना व्यक्तिलाई पक्राउ गरि कार्वाही अगाडि बढाएको छ । लु ७४ प ४५०८ नम्बरको मोटरसाईकलमा सवार रहेका नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. १२ बस्ने देवराज यादव र रामग्राम नगरपालिका वडा नं. १३ बस्ने अजय केवटलाई प्रहरी पक्राउ गरेको हो […]
भारतबाट ल्याएको अवैध पटाका नष्ट

सर्लाही, १४ कात्तिक । सर्लाही प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका पटाका नष्ट गरेको छ । ५२ हजार मूल्य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवबुढा थोकिले बताए । उनका अनुसार उक्त पटाका आजै जिल्ला प्रहरी कार्यालय सर्लाहीको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।
हरवा चरवा प्रथाको अन्त्य गर्नुपर्ने कार्यक्रममा वक्ताहरुको जोड

जनकपुरधाम, १४ कात्तिक । एक कार्यक्रममा वक्ताहरुले हरवा चरवा प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिएको छ । आइतबार जनकपुरमा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले हरवा चरवा प्रथाको अन्त्य गर्नुपर्ने सहभागीहरुको भनाई रहेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबी कर्णले यो प्रथाको अन्त्य नभए इतिहासको कलंकको रुपमा रहिरहने बताइन् । उनले […]
बर्दघाट नगरपालिकाको मध्यमकालिन खर्च सरंचना, तर्जुमा अभिमुखीकरण कार्यक्रम आइतबार बर्दघाटमा सम्पन्न,

रामु भुसाल नवलपरासी । स्थानिय सरकार सबलिकरण अन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको मध्यमकालिन खर्च सरंचना, तर्जुमा अभिमुखीकरण कार्यक्रम आइतबार बर्दघाटमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघको आयोजना तथा द एशिया फाउण्डेशन नेपालको सहयोग र रुरल एण्ड अर्वन कन्सल्ट प्रालिको सहजिकरणमा सो कार्यक्रम सम्पन्न भएको हो । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा […]
राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा गौतमबुद्ध विमानस्थलमा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारमा निर्माण गरिएको ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरिएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विमानस्थलको प्रवेशद्वारमा उक्त बुद्ध मूर्तिको अनावरण गरिएको हो । साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल १८०० किलो तथा उचाइ १.९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ । बहुमुल्य धातु ‘ह्वाइट जेड’बाट बनाइएको उक्त मूर्ति लुम्बिनी सांस्कृतिक […]
न्यायपालिका अहिले खतरामा छ : वरिष्ठ अधिवक्ता ढुंगाना

काठमाडौं । वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले न्यायपालिकाको गरिमा रक्षा गर्न आन्दोलनमा उत्रनु परेको बताएका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा आइतबार बार परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कालो पट्टि बाधेर भएको विरोध प्रदर्शनमा उनले संविधानबाट चल्ने न्यायपालिका अहिले खतरामा रहेको उल्लेख गरेका छन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ढुंगानाले आफूहरू संविधानको रक्षा, स्वतन्त्रता र […]
४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ परखेडीका ५० वर्षीय करन सिंहलाई शनिबार राती पक्राउ गरेको हो । करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने प्रहरीको भनाइ छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थाई प्रहरी […]
पासपोर्ट बनाउन राहदानी विभागमा सेवाग्राहीको भिड(तस्बिरसहित)

काठमाडौं । आइतबार बिहानैदेखि राहदानी बिभागमा पासपोर्ट बनाउनेहरुको लामो लाइन लागेको छ । विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । प्राय वैदेशिक मुलुकमा जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरुको भिड बाक्लो देखिन्छन् । छिटो पालो पाइने आशाले बिहान चार बजेदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले भने ‘बिहान चार बजे […]
