नटुवा समुदायका ३१ घर धुरी का ७८ जना बालबलिकाहरुलाई शैक्षिक सामग्री वितरण(तस्बिरसहित)

कपिलवस्तु । शुद्धोदन गाउँपालिका लवनि कपिलवस्तु माहुरी होमको समन्वय एंव सहकार्यमा शुद्धोदन गाउँपालिकाको अशुरैना र प्रगति नगरका अल्पसंख्यक लोपोउन्मुख नटुवा समुदायका ३१ घर धुरी का ७८ जना बालबलिकाहरुलाई एक समारोह बिच शैक्षिक सामग्री स्यानो ७ कक्षा सम्मलाई स्यानो ब्याग थान १, लंग कापी ३००नं ३ वटा, पैन्सिल ६ पीस, ईरेरजर १ पीस, कटर १ पीस, […]
राजविराज नगरका बाल शिक्षक तथा कर्मचारीद्वारा चौथो दिन धर्ना कार्यक्रम निरन्तरता

सप्तरी, २० असोज । राजबिराज नगरका बाल शिक्षक तथा विद्यालय कर्मचारीले राजबिराज नगरपालिका कार्यालय अगाडि अनिश्चितकालीन धर्ना कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ । आन्दोलनरत संघर्ष समिति तथा सम्पूर्ण पेशागत संस्थाहरूद्वारा तीन बुँदे माग राखी अनिश्चितकालीन धर्नाको कार्यक्रमलाई आज (बुधबार) चौथो दिनसमेत निरन्तरता दिएको हो । पहिलो चरणको आन्दोलनबाट माग सुनुवाई नभएपछि दोस्रो चरणको आन्दोलन घोषणा […]
केयु टपर ऐश्वर्यालाई प्रधानमन्त्रीद्वारा चान्सलर पदक

काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएकी ऐश्वर्या रानी सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चान्सलर पदकबाट सम्मान गरेका छन् । जीपीए ४ ल्याएर प्रथम स्थान हासिल गरेकी सिंहलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार चान्सलर पदक प्रदान गरेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका […]
सुदूरपश्चिममा लोकसेवाको पाठ्यक्रम आउँदै, दसैँपछि आयोग खुल्ने

धनगढी । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको हो।´मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरुलाई पाठ्यक्रमको मस्यौदा तयार पार्न जिम्मा दिएको छ,’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष बोहराले भने, ‘२/३ दिनभित्र मस्यौदा बुझाएपछि छलफल गरेर टुंगो लगाउँछौँ।’ बोहराले दसैँपछि विज्ञापन खोल्ने गरि […]
कञ्चनपुरको श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रविधिमैत्री कक्षाकोठा निर्माण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रविधि मैत्री कक्षाकोठा निर्माण गरिएको छ। कम्प्युटर शिक्षामा विद्यार्थीको पहुँच अभिवृद्धि गर्ने ध्येयले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आर्थिक सहयोगमा अत्याधुनिक कक्षाकोठा निर्माण गरिएको हो। परियोजनाको रु ३२ लाखको सहयोगमा निर्माण गरिएको कक्षाकोठामा कम्प्युटर, स्मार्ट बोर्ड, ल्यापटप, फर्निचर, क्यामेरा, सिसिटिभी क्यामेरा लगायतको व्यवस्था गरिएको छ। […]
कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षामा आरक्षण दिन संसदीय समितिको निर्देशन

काठमाडौ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीलाई समेत विद्यमान ऐन, नियमावली संशोधन गरेर भए पनि आरक्षण दिन निर्देशन दिएको हो । ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीहरू र स्थाीनयवासीको आरक्षणका सम्बन्धमा चिकित्सा […]
साउन १५ भित्र एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

असिम कामु मगर सानोठिमी । यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ। विद्यालयले गरेको […]
