पछिल्लो २४ घण्टामा १७१ संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं, वैशाख ५ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १७१ संक्रमित थपिएका छन् […]
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

कैलाली, वैशाख ३ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । कोरोना संक्रमित वृद्धाकाे उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज जोशीले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना […]
थपिए ६४ जना कोरोना संक्रमित

काठमाडौँ, वैशाख २ । पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टीजेन विधिबाट ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यही अवधिमा ४५ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको […]
थपिए १०६ जना कोरोना संक्रमित

बुटवल, चैत्र ३० । पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमित थपिएका छन् । साे अवधिमा १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पिसिआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जसनंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार नयाँ थपिएकासहित सक्रिय संक्रमितको संख्या ४३५ […]
खोटाङ अस्पतालमा एक्स–रे सेवा बन्द

खोटाङ । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स–रे सेवा बन्द गरिएको अस्पतालका […]
पाल्पामा बिहेभोजले बिरामी परेकाहरूको उपचार गर्न गाउँमा खटिए स्वास्थ्यकर्मी

पाल्पा, मंसिर २१ । पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका पाल्पाको बगनासलकाली गाउँपालिका – १, चिर्तुङधारा घोरबन्दाका बिरामीको उपचारका लागि बुधबार पनि बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मी घरघरमा खटिएका छन् । सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा खटिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम […]
झापामा चार महिनामा ३७ जना एचआईभी एड्स संक्रमित

बनियानी, मंसिर १५ । झापामा चार महिनाको अवधिमा ३७ एचआईभी एड्स संक्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआईभी एड्स संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआईभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्नेगरी २६ एचआईभी संक्रमित […]
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

काठमाडौं, कात्तिक ३ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो । […]
सत्यमोहन जोशीको स्वास्थ्यमा केही सुधार

काठमाडौं, असोज २७ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ । उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा हुनुभएको छ । “उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने […]
थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार २२२ वटा नमूना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको ५७५ पुगेको मन्त्रालयले जनाएको […]
