टी-२० शृंखला : आज यूएईविरुद्ध खेल्दै नेपाल

काठमाडौँ, माघ २९ । चारदेशीय टी-२० शृंखलाको दोस्रो खेलमा शनिबार नेपालले सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रँदैछ । शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रँदा आफ्नो जीतकाे यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । […]

टी-२० शृंखला : श्रीलंकाविरुद्ध अष्ट्रेलिया २० रनले विजयी

काठमाडौं, माघ २९ । श्रीलंकाविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो । तर, १४.५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पद्धतिमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो । यद्यपि, पुनः निर्धारित १९ […]

ट्वान्टी–२० शृंखलामा नेपालले ओमानलाई ६ विकेटले हरायो

काठमाडौ । नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानलाई ६ विकेटले पराजित गरेको छ । नेपालले १ सय ३६ रनको लक्ष्य ३ बल अगाडि १ सय ३७ रन बनाउँदै पूरा गरेको थियो । दीपेन्द्रसिंह ऐरीले अविजित अर्धसतक बनाएपछि नेपालले जितेको हो । दिपेन्द्रले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । टी–ट्वान्टीमा दिपेन्द्रको सर्वाधिक रन […]

नेपालले टस जितेर ओमानविरुद्ध बलिङ गर्दै

काठमाडौ‌ । चार देश सम्मिलित टी- ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले नेपालले ओमानविरुद्ध बलिङ गर्ने भएको छ । नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको हो । ओमानविरुद्ध उत्रदै नेपालका सागर ढकाल र विवेक यादबले टीट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । नेपाली टोलीको प्लेइङ-११ का अन्य […]

आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त तामाङ

काठमाडौं, माघ २८ । नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् । अनन्तले बिहीबार आईएसएलको बाँकी सिजनका लागि सम्झौता गरेका हुन् । जारी ए डिभिजन लिगमा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले […]

जोटाको दुई गोलमा लिभरपुल विजयी

काठमाडौ । डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीबार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ। जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसँगै लिभरपुलले १५औं जीत निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता दूरी घटाएको हो। यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन्। […]

शुक्रबार बलियो ओमानको सामना गर्दै नेपाल

काठमाडौ । टी–२० विश्वकपको ग्लोबल छनोट अघि हुन लागेको चार देशीय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार बलियो ओमानसँग खेल्दैछ। शृंखलाका लागि बुधबार नै नेपाली टोली ओमान पुगिसकेको छ। बिहीबार स्थानीय माहौलमा अभ्यास गरेको नेपाली टोलीले शुक्रबार ३ बजेर १५ मिनेटमा ओमानको सामना गर्नेछ। विश्वकपको ग्लोबल छनोटको अन्तिम तयारी स्वरुप नेपालले ओमानसहित प्रतियोगिताका बलिया […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : नेपाल पुलिस क्लबलाई तीन अंक

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो। पुलिसलाई जित दिलाउन रविशंकर पासवानले दुवै गोल गरेका हुन्। च्यासलका मौसा अबागानाले एक गोल फर्काएका थिए । खेलको ३७औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै […]

शीर्षस्थ म्यानचेस्टर सिटीको सहज जीत

काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जीत निकाल्दा टोटनहम भने पराजित भएको छ। घरेलु मैदान इतिहादमा सिटीको १९औं जीतमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो। खेलको ४०औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए। […]

प्रिमियर लिगमा वेस्ट ह्याम र न्युकास्टलको जित

काठमाडौ । इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएका खेलमा वेस्ट ह्याम र न्युकास्टल युनाइटेडले जित हात पारेका छन्। वेस्ट ह्यामले वाटफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो भने न्युकास्टल युनाइटेडले एभर्टनलाई ३–१ गोल अन्तरले हरायो। मंगलबारको खेलमा वेस्ट ह्यामलाई जिताउन जारोड बोवेनले खेलको ६८ औं मिनेटमा निर्णायक गोल गरे। त्यस्तै अर्को खेलमा न्युकास्टलले एभर्टनलाई ३–१ […]