युनाइटेडले शीर्ष चारमा उक्लिने माैका गुमायाे

काठमाडौ । रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १-१ को बराबरीमा रोकिएको छ । वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो । पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु टोलीका जय रोड्रिगुयजले […]

अफ्रिका कप जितेपछि मानेले भने– यो मेरो जीवनको उत्कृष्ट ट्रफी हो

काठमाडौ । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेसँगै टोलीका एक महत्वपूर्ण सदस्य साडियो मानेले खुसी व्यक्त गरेका छन् । यसअघि दुईपटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सेनेगलले पेनाल्टी सुटआउटमा इजिप्टलाई हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो। जितपछि लिभरपुलबाट व्यावसायिक फुटबल खेल्दै आएका मानेले भने, ‘यो मेरो जीवनको सबैभन्दा उत्कृष्ट दिन हो र जीवनको […]

पीएसजीको फराकिलो जितमा मेस्सीको गोल

काठमाडौ । फ्रेन्च लिग वान अन्तर्गतको आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिलीमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ। खेलको १० औं मिनेटमा न पीएसजीका लागि डानिलो पेरेइराले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। खेलको २८ औं मिनेटमा लिलीका लागि स्भेन बोटमेनले बराबरी गोल फर्काएका थिए। त्यसको ४ मिनेटपछि पीएसजीका प्रासनेल […]

मोरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडाैं, माघ १८ । नेपाली राष्ट्रिय फुटबल टोलीले मोरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । फिफा डे को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । पहिलो खेलमा नेपाल १–० ले विजयी रह्यो । सुरुमा अनुशासनको कारबाही र त्यसपछि चोटका कारण दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका स्ट्राइकर विमल घर्तीमगरले निर्णायक गोल गरेपछि दशरथ […]

कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरियो पीएसजी

काठमाडौ । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ । गए राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुँदै पीएसजी स्तब्ध बनेको हो । निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । निसका गोलिकिपर मार्सिन बुल्काले पीएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार […]

नेपालको फिल्डिङ प्रशिक्षकमा भारतका श्रीनिवास

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टि–२० विश्वकप ग्लोवल क्वालिफायरको तयारीमा रहेको नेपाली टोलीमा भारतीय प्रशिक्षक रघुराम श्रीनिवासलाई फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ । क्यानले भारतका लेभल थ्री प्रशिक्षक श्रीनिवासलाई फिल्डिङको सल्लाहकार प्रशिक्षक नियुक्त गरिएको हो । उनले आजैदेखि टिममा काम सुरु गरिसकेको क्यानले जानकारी दिएको छ । नेपाली टोली दुई सातादेखि ग्लोवल क्वालिफायरका […]

सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

काठमाडौं । सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । आइतबार राती सेनेगलले गिनीलाई ३–१ ले पराजित गरेको हो । सेनेगलका लागि लिभरपुलका सुपरस्टार […]

इंगल्याण्डविरुद्धको टी–२० सिरिजमा वेस्ट इन्डिजको कब्जा

काठमाडौ । इंगल्याण्डविरुद्धको टी–२० सिरिजमा वेस्ट इन्डिजले जित हात पारेको छ।आइतबार भएको अन्तिम तथा पाँचौं टी–२० मा इंगल्याण्डलाई १७ रनले हराउँदै वेस्ट इन्डिजले सिरिजमा कब्जा जमाएको हो। वेस्ट इन्डिजका जेसन होल्डरले अन्तिम चार बलमा लगतार चार विकेट लिए। म्यान अफ द म्याच बनेका उनले समग्रमा २७ रन दिएर ५ विकेट लिए। पहिला ब्याटिङ गरेको वेस्ट […]

रोमाञ्चक स्थितिमा इङ्ल्यान्ड वेस्ट इन्डिज शृंखला

बुटवल । पाँच टी-२० शृंखला अन्तर्गत भ्रमणकारी टोली इङ्ल्यान्डले चौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै खेल २-२ को बराबरीमा ल्याएको छ । १९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५९ रनमा समेटियो । वेस्ट इन्डिजका ओपनर काइल मायर्सले ४० रन जोड्दा जसन होल्डरले ३६,ब्रान्डन […]

इकाम्बी चम्किएपछि क्यामरुन अफ्रिका कपको सेमिफाइनलमा

काठमाडौ । आयोजक राष्ट्र क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा गाम्बियालाई २-० गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टिको इकाम्बीले गरे । क्यामरुनले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । खेलको ५०औँ […]