इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा

काठमाडौं । इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५(४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार राति नै मालावीलाई २(१ गोल […]

वेष्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा, रोहित र कुलदिप फर्किए

काठमाडौ । भारतले वेष्ट इन्डिजविरुद्धको सिरिजका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीई) ले वेष्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-२० सिरिजका लागि रोहित शर्माको कप्तानीमा क्रिकेट टिमको घोषणा गरेको हो । चोटका कारण दक्षिण अफ्रिकाविरुद्धको सिरिज गुमाएका रोहित टिममा फर्किएका छन् । रोहितसँगै कुलदिप यादव पनि टिममा फर्केका छन् । बलर कुलदिप […]

सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट संघको नयाँ नेतृत्व

धनगढी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट सङ्घको अधिवेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पवीन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश […]

दशरथ रंगशालामा नेपाल र मरिससबीचको खेल हेर्न दर्शकलाई अनुमति, कस्ताे छ टिकटदर ?

काठमाडौ । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल […]

अफ्रिका कप अफ नेशन्स : सेनेगल अन्तिम ८ मा

काठमाडौ । सेनेगल अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको खेलमा ९ खेलाडीमा सीमित भएको केप भर्डलाई २–० ले पराजित गरेर सेनेगलले अन्तिम ८ मा स्थान पक्का गरेको हो । सेनेगलको जितमा ६३ औँ मिनेटमासाडिओ माने र इन्जुरी समयको दोस्रो मिनेटमा बाम्बा डिएङले गोल गरेका हुन् । […]

डर्टमण्डलाई धक्का : घाइते हालान्ड उपचारका लागि मैदान बाहिर

काठमाडौ । बोरुसिया डर्टमण्डका सर्वाधिक गोलकर्ता अर्लिङ हालान्ड चोटका कारण मैदानबाहिर बस्नुपर्ने भएको छ । क्लबले उनको मांसपेशीमा समस्या देखिएको जानकारी दिएको छ । शनिबार होफनहाइमविरुद्ध जीत हासिल गर्ने क्रममा ६३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।त्यसअघि खेलमा २१ वर्षीय नोर्वेजियन खेलाडीको दाहिने घुँडामा उपचार गरेर मैदानमा पुनः फर्किएका थिए । […]

इंग्लिस प्रिमियरमा लिभरपुल र चेल्सीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ अन्तरले हरायो । लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १–१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे । भिर्गिल भान डाइकले आठौं […]

विश्वकपका लागि क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ६ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम १६ सदस्यीय टोलीको छनोट गरेको हो । छनोटमा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै […]

रौतहट क्रिकेट संघको अध्यक्षमा पवनकुमार गुप्ता चयन

बिनोद मण्डल सिरहा, ०६ माघ । जिल्ला क्रिकेट संघ रौतहटको पाँचौँ साधारण सभाले पवनकुमार गुप्तालाई अध्यक्षमा चयन गरेको छ। साधारणसभाले पुरानै कार्यसमितिलाई थप एक कार्यकालका लागि निर्विरोध चयन गरेको हो। गौरमा सम्पन्न साधारणसभाले उपाध्यक्षमा मनोज शर्मा, सचिवमा प्रमोद साह र कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाललाई चयन गरेको छ। सदस्यहरूमा गौतम श्रेष्ठ, उत्तम भट्टराई, जितेन्द्रकुमार भारती, शिवराज […]

सोमपाल कामीलाई बाहिर राख्दै नेपाली टिम घोषणा

काठमाडौ । अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उम्दा रहन सकेन । यस्तै टोलीमा जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम […]