रोनाल्डोको गोलमा युनाइटेडको सहज जित

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेको छ । युनाइटेड बर्नलीलाई ३-१ गोल अन्तरले हराउदै शीर्ष ६ मा उक्लिएको हो । स्कट एमसी टोमिनीले ८ औँ मिनेटमा पहिलो गोल गरे । २७औँ बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो । रोनाल्डोले ३५ औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि […]
नेपाली भलिबल टोली स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्के, महासचिव […]
यु–१९ एसिया कपमा नेपाल जितविहीन

काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली क्रिकेट टोली जितविहीन बनेको छ । यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै सान्त्वना जितमा चित्त बुझायो । ओपनर तथा […]
चुनौतीको सामना गर्न नै नेपाल आएको हुँ : प्रशिक्षक पुबुदु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफू चुनौतीको सामना गर्न नेपाल आएको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिममा पुबुदुको यो दोस्रो कार्यकाल हो । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए । विमानस्थलमा पुबुदुले आफू चुनौतीको सामना गर्न तयार रहेको […]
‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई हराउँदै संकटा तेस्रो स्थानमा

काठमाडौ । संकटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब माथि ३–० को सहज जित हात पारेको छ । संकटाको जितमा उत्तम राईले दुई तथा लक्ष्मण रुचालले एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलको १२औँ मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । २८औँ मिनेटमा उत्तम राईले […]
नेपाली महिला टोली एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश

काठमाडौ । नेपाली राष्टिय महिला भलिबल टोली बंगलादेशमा जारी एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले उज्वेकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको हो । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५–२०, २५–२३ र २५–१४ को जित निकाल्यो । नेपालको […]
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो । एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो । […]
च्यासलविरुद्ध शेर्पाको सानदार जित

काठमाडौँ, पुस १० गते । हिमालयन शेर्पा क्लबले शहिद स्मार ‘ए’ डिभिजन लिगमा च्यासल क्लबविरुद्ध सानदार जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा शेर्पाले च्यासललाई ३–१ गोलले हरायो । शेर्पाको जितमा मुटम्बा पिस्टनले दुई गोल गर्नुभयो । अर्को गोल सुरेश कुमालले थप्नुभयो । च्यासलका रुमेश बर्तौलाले सान्त्वना गोल फर्काउनुभयो । शेर्पाका मुटम्बाले २५औँ […]
एम्बाप्पेको दोहोरो गोलमा पीएसजी विजयी

काठमाडौ । फरवार्ड केलियन एम्बाप्पेको दोहोरो गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन पीएसजीले कोपा डी फ्रान्स फुटबलमा सहज जित निकालेको छ। पाँचौँ श्रेणीको लिग खेल्ने क्लब फेग्निसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम पीएसजीले ३–० गोलको जित निकालेको हो। पीएसजीलाई जित दिलाउन एम्बाप्पलेले १७ औं मिनेटमा पहिलो गोल गरे। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एम्बाप्पेले गोल […]
साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौ । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार दिउँसो भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । भारतसँगको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । भारतको जितमा प्रियंका देवीले निर्णायक गोल गर्नुभयो । […]
