बार्सिलोनालाई स्तब्ध पारेर रियल मड्रिड पुग्यो फाइनलमा

काठमाडौ । बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो । बार्सिलोनालाई पराजित गर्न रियल मड्रिडलाई अतिरिक्त समयसम्म खेल्नु परेको हो । २५ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेर रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । एल […]

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडौं, पुस २९ । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार पाँच सय अङ्क रहेको छ । महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन […]

पीएम कपः पुलिसको लगातार दोस्रो जित

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार […]

भिल्लालाई हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौं । प्रिमियर क्लब म्याचेस्ट युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। ओल्ड ट्रोफोर्डमा सम्पन्न खेलमा यनाइटेडले भिल्लालाई १-० ले हराएको हो। यो जितसँगै युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। उसले चौथो चरणमा मिगल्सबर्गसँग फेब्रुअरी ५ मा खेल्नेछ। सोमबार राति युनाइटेडको जितका लागि स्कट म्याक टोमिनेले गोल गरेका थिए। उनले खेलको आठौं […]

भानु युथ एकेडेमीको खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा हसौराको सहज जित

कावासोती, पौष २५। भानु युथ एकेडेमी क्लबको आयोजनामा संचालन भैरहेको खुल्ला नकाआउट फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ। क्लबका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षता तथा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रीन्सिपल यज्ञ विलास पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्द्घाटन सत्र सम्पन्न भएको थियो। कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले सेन्ट्रल कलेजले विभिन्न सामाजिक […]

कारबाहीमा परेका चार असन्तुष्ट क्रिकेट खेलाडी प्रशिक्षणमा सहभागी हुन तयार

काठमाडौं, पुस १८ । नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथावस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । तर […]

आर्सनलमाथि म्यानचेस्टर सिटीको पुनरागमन जित

काठमाडौ । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि पुनरागमन जित दर्ता गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता आर्सनलले लिएको थियो । खेलको ३१औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आर्सनलले अग्रता जोगाउन नसक्दा […]

क्योकुशिन कराँते संघद्वारा उत्कृष्ट खेलाडीहरुलाई सम्मान

पवन प्रसाद साह वीरगंज । क्योकुशिन कराते संघद्वारा सम्मान कार्यक्रम सम्पन्न भएको छ। Dharache Rural municipality Sport Commitee मेचिखोला गण्डकी प्रदेशद्वारा योजना गरिएको राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा पर्सा जिल्लाबाट सामेल भएका खेलाडीहरु मध्ये राष्ट्रिय स्तरको कराँते प्रतियोगिताबाट बिजेता भएकालाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो । सम्मान कार्यक्रमको प्रमुख अतिथिमा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय […]

आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफसम्म गोलरहित बराबरीमा […]

क्रिकेटर क्विन्टन डी ककले टेष्टबाट लिए सन्यास

एजेन्सी । दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी ककले ३४ र २१ रन जोडेका थिए । ‘मेरो भविष्य कस्तो हुन्छ भन्नेबारे […]