ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त

काठमाडौं, माघ २६ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरुको प्रदर्शनले राजधानी ओटावाको जनजीवन कस्टकर भएको बताउँदै प्रदर्शन बन्द गर्न आह्वान गरेका छन् । केही प्रदर्शनकारीको व्यवहारले क्यानडेली जनता ‘दुःखित र प्रष्ट रुपमा अपमानित भएको’ बताएका छन् । प्रदर्शनकारी तोडफोड र जातीय दुर्व्यवहारमा उत्रिएको विवरण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको आह्वान आएको हो । सरकारले ल्याएको […]
बलात्कारको आरोपमा युनाइटेडका युवा खेलाडी मेसन ग्रिनवुड पक्राउ

काठमाडौं, माघ १७ । म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसन ग्रिनवुडलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उनीमाथि बलात्कार र हिंसाको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी गराइएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ । बलात्कार र हिंसाको आशंकामा २० वर्ष आसपास […]
म्यानमारको सैनिक सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : राष्ट्रसंघ

काठमाडौ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याशेलेले म्यानमारका जनताको ज्यान र स्वतन्त्रताप्रति संवेदनशिल नबनेकामा त्यहाँको सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक्रियालाई अप्रभावी भन्दै उनले संकटबाट त्यहाँका नागरिकलाई पार लगाउनेगरी काम नभएको बताए। म्यानमारका सैनिक शासकलाई आफ्नै जनताविरुद्ध हिंसा बन्द गर्न र छिटो नागरिक शासन पुनःस्थापित गर्न विश्व नेताहरुले दबाब बढाउनुपर्नेमा […]
विश्व इतिहासमा आजः इतिहासमै डरलाग्दो समुद्री दुर्घटनादेखि गान्धीको हत्या भएको त्यो कालो दिन

काठमाडौ । आज सन् २०२२ को ३० जनवरी । सदाको दिन झैं इतिहासमा आज पनि विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । अहिंसावादी नेता महात्मा गान्धीको हत्यादेखि कुख्यात तानाशाह एडोल्फ हिट्लर आजै जर्मनीको चान्सलर बनेका थिए ।प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही घटनाः पहिलो कम्प्युटर भाइरसः सन् १९८२ मा पहिलो कम्प्युटर भाइरस […]
रसियाले युक्रेनमा हमला गरे रुसी ग्यास पाइप लाइन अवरुद्ध गर्ने अमेरिकी चेतावनी

न्युयोर्क । रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको छ । नर्थ स्ट्रिम २ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो । रसियाले हमला गरे सो परियोजनामा प्रतिबन्ध लाग्न सक्ने बर्लिनस्थित अधिकारीहरुले बुधबार बताएका थिए । रसियाले युक्रेन अतिक्रमण गरे आफूहरुले रसियाको अर्थतन्त्रलाई […]
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड नाघ्यो

नयाँ दिल्ली, माघ १२ : भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसै अवधिमा कोरोना सङक्रमणबाट […]
विश्वको सबैभन्दा ठूलो आरओसी विमानको परीक्षण उडान सफल

काठमाडौं, माघ ११ । विश्वको सबैभन्दा ठूलो भनिएको आरओसी बिमानको परीक्षण उडान सफल भएको स्ट्राटोलञ्च कम्पनीले बताएको छ । गत आइतबार विमानको तेस्रो पटक परीक्षण उडान गरिएको हो । ३८५ फिट विंग स्पान भएको विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता […]
रुस-युक्रेन तनाव : अमेरिकी सेना हाईअलर्टमा

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आकलन गर्दै अमेरिकाले आफ्ना सेनालाई हाई अलर्टमा राखेको छ । पेन्टागनका अनुसार युद्धका लागि तयार करिब आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा राखिएको छ । पेन्टागनका प्रेस सचिव जोन किर्बीले नेटोले र्यापिड रियक्सन फोर्सलाई सक्रिय बनाउने निर्णय गरेमा वा अन्य कुनै नयाँ परिस्थिति सिर्जना भएमा हाई अलर्टमा […]
विश्वमा हालसम्म ३५ करोड मानिस संक्रमित, ५६ लाख जनाको मृत्यु

काठमाडौ, माघ १० । कोरोनाभाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरी सक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९को अन्त्यतिरबाट कोरोनाभाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२ को बिहान ४ बजे वल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म ३५ करोड २१ लाख २६ हजार ९०७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् […]
धर्मको अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्ड

इस्लामावाद । इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत् इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानको रावलपिन्डी अदालतले पाकिस्तानी मुस्लिम महिलालाई बुधबार मृत्युदण्डको सजाय सुनाएको हो। आरोपित महिला अनिता अतिकले ह्वाट्एपमार्फत् इस्लाम धर्म गुरु प्रोफेट मुहम्मदको अपमान स्वरुप सन्देश पठाएकी थिइन्। इस्लाम धर्म गुरुको अपमान गरेको र […]

