तिब्बतका सरकार प्रमुखले भने- ब्यापार तथा कनेक्टिभिटीबारे नेपालको चासो सम्बोधन गर्छौं

काठमाडौं, ०५ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतका चेयरमेन यान जिन हाइले कोभिड नियन्त्रण गर्ने मापदण्डहरुको पालना गर्दै नेपालसँगको सहज सामान आपूर्ति तथा कनेक्टिभिटी बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् । ल्हासास्थित नेपाली महा वाणिज्यदूतका नवराज ढकालले तिब्बतका प्रमुख हाइसँगको शिष्टाचार भेटमा नेपाली वस्तु जमिनको रुटबाट तिब्बत लैजाने विषयमा समेत ध्यानाकर्षण गराएका थिए । भेटमा […]
अब अस्ट्रेलियामा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने, नेपाली विद्यार्थी खुशी

काठमाडौं, ०५ माघ । अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुले सातामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन्। अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार एक वक्तव्य जारी गर्दै नेपाललगायत विभिन्न मुलुकबाट अध्ययन भिसामा अस्ट्रेलिया गएकाहरुले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने बताएका हुन्। यसअघि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न रोक लगाइएको थियो। […]
इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने प्रस्ताव संसदबाट पारित

काठमाडौं । इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो। यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ। इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहदै आएको […]
फ्रान्समा एकै दिन चार लाख ६४ हजारमा कोरोना संक्रमण

काठमाडाै, माघ ५ । फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरूमध्येकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा चार लाखभन्दा बढीमा संक्रमित देखिएका छन् । फ्रान्सका सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा कम्तीमा पनि चार लाख ६४ हजार सात सय ७९ जनामा कोरोना संक्रमण […]
बेरोजगार भए बलिउडका दिग्गज अभिनेता शिवाजी

काठमाडौ, माघ ५ । टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् । उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो […]
भारतमा कोभिड संक्रमणबाट एकै दिन ३८५ जनाको मृत्यु

काठमाडौं, माघ ४ । भारतमा कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजार जना संक्रमित थपिएका छन् । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन् । […]
अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु,

एजेन्सी, माघ ४ । अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश न्यू साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका छन् । अस्ट्रेलियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । गत बिहीबार संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ थियो । यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि भिक्टोरियामा […]
उत्तर कोरियाद्वारा एक सातामै दुई ओटा हाइपरसोनिक मिसाइल परीक्षण

बीबीसी । उत्तर कोरियाले एक सातामै दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । जनवरी ५ मा यस वर्षको पहिलो हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले मंगलबार नेता किम जोङ उनको उपस्थितिमा अर्को हाइपरसोनिक मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाको सरकारी सामाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ […]
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटुकाे सफल प्रत्यारोपण

काठमाडौ । एक अमेरिकी पुरुष आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि ५७ वर्षका डेविड बेनेटको शरीर स्वस्थ भइरहेको छ । यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति […]
हाइटीमा जिउँदै जलाएर दुई पत्रकारको ‘वीभत्ष’ हत्या, राष्ट्रसंघद्वारा निन्दा

न्यूयोर्क, पुस २४ गते । संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बतानुभएको छ । ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने । ‘हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं । यो धेरै […]

