एक वर्षमा थपियो ३७ किमी कालोपत्र सडक

नवलपरासी / पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । कार्यालयले गत आवमा ३९ किलोमिटर नाला निर्माण गरेको छ । यस्तै ठूला तीन मोटरेबल […]
३२ करोडको सिमेन्ट भारत निर्यात पूर्वी नाकाबाट

झापा / पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका हुँदै रु ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो । देशका […]
पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने

बागलुङ / पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिए । इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर […]
एकै वर्षमा सात हजार भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी

चितवन / चितवन जिल्लाको भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाई सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ । गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाई सरी आएका छन् । त्यसैगरी दुई हजार पाँच सय ७६ परिवारले बसाइसराइँ दर्ता गराएको महानगरको तथ्याङ्क छ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार […]
एघार करोड क्षतिपूर्ति वितरण मुग्लिन पोखरा सडकः

दमौली / निर्माणाधीन मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी र पश्चिम खण्डमा घरटहरा हटाउन रु ११ करोड आठ लाख क्षतिपूर्ति रकम वितरण गरिएको छ । गत आर्थिक वर्षमा पूर्वी खण्डमा रु पाँच करोड २० लाख र पश्चिम खण्डमा रु पाँच करोड ८८ लाख क्षतिपूर्ति वितरण गरिएको हो । पूर्वी खण्डअन्तर्गत तनहुँको जामुनेबाट आँबुखैरेनीसम्म छ सय […]
रुइसेको सुन्दरता लोभलाग्दो ।

म्याग्दी / रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला पाखाको चरनमा रमाइरहेका गाईभैँसी भेडाबाख्राका बथान घाम,पानी र बादलको लुकामारी कोलाहलमुक्त र एकान्त वातावरण चराहरुको चिरबिर चिरबिर आवाज सिरसिरे बताससँगैको शीतलता समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित रुइसेमा पुग्दा कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्याभासको जस्तो […]
भरतपुर चितवनको माडीमा माछाजोन कार्यक्रम लागु

भरतपुर / माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइमार्फत माडीमा चालु आर्थिक वर्षदेखि माछा जोन कार्यक्रम लागु भएको हो । परियोजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीका अनुसार माछाको क्षेत्र विस्तार र उत्पादनलाई उद्योगसँग जोडेर किसानलाई व्यवसायीकिकरण गर्ने उद्देश्यले माडीमा जोन स्थापना गरिएको छ । यस […]
नेपालमा मेकाडामिया नट खेतीको सम्भावना

पछिल्लो समय बागवानी अनुसन्धान केन्द्र मालेपाटन, पोखराको फार्ममा मेकाडामिया नट केही सय बोट हुर्काइएका छन् यस्तै,निजी क्षेत्रबाट काभ्रेको तिमाल क्षेत्रमा सूर्य पाण्डेको श्री दुर्गादेवी कृषि फार्ममा लगाइएको १५० बोटले फल दिन थालेका छन्। धनकुटाको चौबिसे गाँउपालिका र पाँचथरमा केही बोट हुर्किएर फल्न थालेका छन्। काठमाडौंको कीर्तिपुर सरकारी फार्म, त्रिशूली सरकारी फार्म, सिन्धुली सरकारी फार्ममा लगाइएका […]
आज सुनकाे मुल्य ९ सयले कम चाँदीकाे २० रूपैयाले माथी

काठमाडौ / आज सुनको मूल्य नेपाली बजारमा घटेको पाइन्छ भने चाँदीको मुल्य बढेको पाएका छौ । आज शुक्रबारका दिन सुन तोला प्रति ९ सयले घटेर नेपाली बजारमा पाएका छौ । सो तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार भएको छ भने व्यवसायी महासंघले जानकारी दिएका छन उत्ता यस अघि विहिबारका दिनमा भने सुनको मुल्य […]
कुखुरापालन एक करोड ५० लाखको लगानीमा गर्दै उद्यमी शर्मा

गलकोट / बागलुङ बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाउनुभएका उहाँले तीन हजार चल्ला थप्ने तयारी गर्नुभएको छ । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा […]

