गभर्नर महाप्रसाद अधिकारी निलम्बित

काठमाडौं । सरकारले राष्ट्र बैंककका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । गर्भनरले विलासी बस्तु आयात […]

सुपारी आयातको अनुमति तत्काल रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, चैत २३ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । बुधबार समितिको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दाङ, भैरहवा, नेपालगञ्जलगायतका जिल्लामा […]

प्रदेश १ को योजना आयोगका पदाधिकारी नियुक्त

विराटनगर, चैत २२ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ । गएराति अवेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ। नवनियुक्त प्रवक्ता घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको छ। बैठकले पाँचथरका डा. पूर्ण लोक्सोमलाई प्रदेश […]

त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि नेपाली टीमलाई प्रधानमन्त्रीको बधाई

काठमाडौ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई प्रधानमन्त्री देउवाले बधाई दिएका छन्। नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । सामाजिक सञ्जालबाट बधाई दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका हुन्। सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो।

नवलपरासीमा सुरक्षा निकायका प्रमुखहरुद्वारा सिमा क्षेत्रको अनुगमन

रामजी प्रजापति नवलपरासी, चैत २१। अगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीमा भारतसँग सीमा जोडिएको क्षेत्र र त्यसको आसपासका मतदान स्थलको अनुगमन गरिएको छ । निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीका सुरक्षा निकायका प्रमुखहरुले सीमा क्षेत्रको अनुगमन गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताए । पोख्रेलका अनुसार सशस्त्र प्रहरी बलका प्रमुख रुप […]

देउवा-मोदी भेटवार्ता आज

काठमाडौं, चैत १९ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । दुवै प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ । वार्तापछि ३५ किलोमिटर […]

राजदूत आचार्यले बेलायती महारानीसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौ । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। भर्चुअल रूपमा आयोजना गरिएको सो कार्यक्रममा राजदूत आचार्यले मध्याह्न बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। राजदूत आचार्यले बेलायतका लागि २३औँ राजदूतको रूपमा गत फेब्रुअरी २३ मा […]

आज घोडेजात्रा पर्व मनाइँदै, राष्ट्रपतिको प्रमुख आतिथ्यमा समारोह आयोजना

काठमाडौं, चैत १८ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै […]

मन्त्रिपरिषद् निर्णय : तीन डीआईजीको बढुवा, गोरखापत्रको महाप्रबन्धकमा ऐरी

काठमाडौं, चैत १७ । सरकारले नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण तय

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा श्रीमती आरजुसहित भारत भ्रमणमा जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गरी प्रधानमन्त्री देउवाको भ्रमणबारे जानकारी दिएको हो । यद्यपि, विज्ञप्तिमा भ्रमणको एजेन्डा उल्लेख गरिएको छैन । गत असार २९ मा पाँचौंपटक […]