मन्त्री आलेको निर्देशनमा विमानस्थलबाट पक्राउ परेका क्यासिनो सञ्चालक माइक बोलसोवरले १३ करोड राजश्व तिरे

बुटवल, ०५ माघ । क्यासिनो सञ्चालक अमेरिकी नागरिक माइक बोलसोवरले १३ करोड रुपैयाँ राजश्व तिरेका छन् । तीन दिनअघि रोयल्टी नतिरी अमेरिका जान लागेको अवस्थामा पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । पर्यटन विभागले क्यासिनो सञ्चालन गरेवापतको रोयल्टी नबुझाएसम्म नेपाल नछाड्न समेत भनेको थियो । माइकले काठमाडौंको सांग्रिला होटल र […]

बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन ५४ करोडमा बन्यो

बुटवल, ०५ माघ । बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गरेको छ । करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो । चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड […]

कुलमान घिसिङले फेरि गरे अर्को कमाल, देशभरबाट प्रशंसा

बुटवल, ०५ माघ । नेपाल विद्युत प्राधिकरणले घरधनीले घरभाडामा बस्ने व्यत्तिहरुसँग तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ । घरधनीले डेरावालसँग महँगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । यसबाट घरभाडामा बस्ने उपभोक्ताहरुलाई सर्वसुलभ विद्युत् सेवाको […]

चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नगर्न डा: केसीको माग

काठमाडौं, ०५ माघ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै केसीले आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न माग गरेका हुन् । नाजायज मागसहित चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दबाब दिने, धम्क्याउने र आक्रमणको प्रयास गर्ने तथा आयोगको कार्य […]

राजदूत नियुक्तिबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्री

काठमाडौँ, ०५ माघ । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिका लागि सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने सन्दर्भमा भइरहेका प्रगतिबारे प्रधानमन्त्रीलाई आमन्त्रण गरी छलफल गर्ने भएको छ । समितिको आजको बैठकले संविधानको मर्म र भावनाअनुसार विभिन्न नियुक्तिमा समावेशी र समानुपातिक आधारलाई किन आत्मसात् हुन सकिरहेको छैन भनी प्रधानमन्त्रीलाई उपयुक्त मितिमा आमन्त्रण गरी जानकारी माग गर्ने […]

कोरोना संक्रमित सँगै राखेर परीक्षा दिन लगाएको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीद्वारा लाठीचार्ज

काठमाडौँ, माघ ५ । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ । कलेजले कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्दा केही विद्यार्थी घाइते भएका छन् र केही विद्यार्थीलाई नियन्त्रणमा पनि […]

कैलालीमा सीमामै कोरोना परीक्षण, सीमामै खोप

कैलाली, माघ ५ । भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ । भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै […]

मधेस प्रदेशको प्रस्ताव पारीत भएको खुशीयालीमा जसपा नेताहरुद्वारा बोदे बर्साईनमा दीप प्रज्वलन

उमेश कुमार साह बोदे बर्साईन/माघ । प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र प्रदेश २ को राजधानी जनकपुरको नाउँ पारीत भएको खुशीयालीमा जसपाका नेताहरुद्वारा सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित शत्रुध्न चौकमा दिप प्रज्वलन गरी खुशीयाली मनाएका छन्।जनता समाजवादी पार्टी नेपालका बोदे बर्साईन नगर अध्यक्ष अरुण यादवको अध्यक्षता रहेको थियो भने बोदे […]

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

काठमाडौं । मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा आज बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक […]

देशभर एकै दिन १० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं, माघ ४ । पछिल्लो २४ घण्टामा देशभर १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २२ हजार ८२८ जनाको नमुना परीक्षण गरिएकोमा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रमितको संख्या […]