प्रधानमन्त्री सुशीला कार्की आज राष्ट्रलाई सम्बोधन गर्ने

काठमाडौं । मुलुकको पहिलो महिला प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेकी सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छिन्। मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजे बस्ने कार्यक्रम तय भएको छ। सो बैठकपछि सरकारको हालसम्मको कामकारबाही, आगामी प्राथमिकता तथा राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्कीको सम्बोधन साँझ […]

शिक्षा मन्त्रालयको पहल : तीन महत्त्वपूर्ण निर्णय सार्वजनिक

काठमाडौं । शिक्षाको गुणस्तर र संस्थागत सुधारका लागि शिक्षा मन्त्रालयले आज तीनवटा ठोस कदम सार्वजनिक गरेको छ। मन्त्रीस्तरीय स्तरबाट दिइएको यो निर्देशनलाई शैक्षिक क्षेत्रका सरोकारवालाले महत्वपूर्ण पहलका रूपमा लिएका छन्। सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य मन्त्रालयले अब नेपालभर रहेका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्तीमा एक जना कम्प्युटर शिक्षक अनिवार्य हुने व्यवस्था गर्ने निर्णय गरेको छ। […]

सञ्चार मन्त्री जगदीश खरेलले सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तारको घोषणा

काठमाडौँ। नव नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार दुई महत्वपुर्ण घोषणा गर्दै देशमा डिजिटल पहुँच विस्तार गर्ने लक्ष्य सार्वजनिक गरेका छन्। मन्त्री खरेलका अनुसार, आउँदो दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने व्यवस्था हुनेछ। उनीसँगै मन्त्रीले थप घोषणा गरे कि पाँच महिनाभित्र राजधानीसहित देशभरका सात प्रदेशका १० वटा […]

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारी दिने निर्णय

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेसँगै सहिद परिवार र युद्ध/सडक दुर्घटनाबाट घाइते व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने निर्णय गरेका छन्। मन्त्री सिन्हाले यस कदमलाई सामाजिक उत्तरदायित्व र न्याय सुनिश्चित गर्ने महत्वपूण्‍ण पहलको रूपमा वर्णन गरेका छन्। सिन्हाले पदभार ग्रहण गर्दै सरकारी निकायमा प्रयोग हुने फर्निचर, निर्माण सामग्री र […]

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जगदीश खरेलले सम्हाले जिम्मेवारी

काठमाडौँ। नेपाल सरकारका नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। मन्त्री खरेलले पदभार ग्रहण गर्दै मन्त्रालयका कर्मचारी, सचिवालयका वरिष्ठ अधिकृत र सम्बद्ध विभागसँग भेटघाट गरी आगामी प्राथमिकता तथा योजनाबारे छलफल गरेका छन्। पदभार ग्रहणको क्रममा मन्त्री खरेलले नेपालको सूचना प्रविधि र सञ्चार क्षेत्रमा नयाँ सुधार र […]

स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम काटियो, चार मन्त्रीको शपथ निश्चित

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले हटाएकी छन्। आइतबार साँझ डा. मिश्रालाई मन्त्री सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले विवादास्पद विगत सार्वजनिक भएपछि राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन्। राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, सोमबार बिहान ७ बजे मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको […]

इलामसहित देशभर प्रहरी अधिकारीहरूको ठूलो सरुवा

इलाम । नेपाल प्रहरीले संगठनभित्र ठूलो स्तरको सरुवा गरेको छ। बुधबार राति प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ९० जना नायव उपरीक्षक (डिएसपी) लाई विभिन्न जिल्ला र प्रहरी इकाइमा खटाइएको छ। यस सरुवामा इलाम लगायतका पहाडी जिल्लाका सुरक्षा व्यवस्थालाई ध्यानमा राखी नयाँ जिम्मेवारी तोकिएको छ। इलाममा तैनाथ प्रहरी अधिकारीलाई अन्यत्र स्थानान्तरण गरी नयाँ टोली पठाइने […]

मन्त्री घिसिङद्वारा सिंहदरबारमा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ, असोज १। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा जेनजी प्रदर्शनका क्रममा जलाइएका सवारीसाधनलाई तत्काल अन्यत्र लगेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। मन्त्री घिसिङका अनुसार जलेका सवारीसाधनले परिसरको दृश्यतालाई नकारात्मक बनाएको र तिनको व्यवस्थापन तुरुन्त गर्नुपर्ने अवस्था आएको छ। मन्त्री घिसिङको सचिवालयले जनाएको छ, “कार्यालय भित्रको […]

जेनजी आन्दोलनका मृतकको सम्मानमा बुधबार सार्वजनिक बिदा

काठमाडौँ । नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान व्यक्त गर्न भाद्र २३ गते (बुधबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गते भएका प्रदर्शनमा मृत्यु भएकाहरूप्रति राष्ट्रिय शोक मनाइने उल्लेख छ। सोही क्रममा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्था, तथा विदेशस्थित नेपाली दूतावास […]

सरकारद्वारा असोज १ गते ‘शोक दिवस’ मनाउने निर्णय

काठमाडौं – सरकारले आगामी असोज १ गतेलाई ‘शोक दिवस’का रूपमा मनाउने घोषणा गरेको छ। सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। बैठकपछि सार्वजनिक गरिएको जानकारी अनुसार, शोक दिवस मनाउने दिन सरकारी कार्यालय, सार्वजनिक संस्थान र विद्यालयहरूमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। साथै, दिवंगत व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकभर शोक […]