अविरल वर्षाले हवाई सेवा प्रभावित, त्रिभुवनसहित देशभरका उडान रोकिँदा यात्रु

काठमाडौं ।: देशभर फैलिएको अविरल वर्षाले मुलुकको हवाई आवागमनमा गम्भीर असर पारेको छ। लगातारको खराब मौसमका कारण शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू स्थगित गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ। मौसम खराबीका कारण काठमाडौं, पोखरा, भरतपुर, जनकपुर, भद्रपुर र तुम्लिङटार विमानस्थलमा समेत हवाई सेवा पूर्णरूपमा अवरुद्ध भएका छन्। उडान ठप्प भएपछि राजधानीमा र […]
डोल्पाबाट बागलुङसम्म : च्याङ्ग्रा बेच्ने संघर्ष र परिवार पाल्ने सपना

बागलुङ । दशैं नजिकिँदै गर्दा बजारमा च्याङ्ग्राको माग बढ्ने गरेको छ। तर यस वर्ष डोल्पाबाट च्याङ्ग्रा बोकेर बागलुङ पुगेका लोकबहादुर रोकाया भने निराश भएका छन्। १५ वर्षदेखि च्याङ्ग्रा बेच्ने पेशा गर्दै आएका रोकायाले यसपटक पहिलो पटक बागलुङ बजार रोजेका थिए। उनले ३०० भन्दा बढी च्याङ्ग्रा लिएर लामो यात्रापछि बागलुङ पुगेका थिए। तर बजारमा अपेक्षा गरेजस्तो […]
भन्सार प्रणालीमा सुधार : ‘सन्दर्भ मूल्य सूची’ हटाएर नयाँ मूल्याङ्कन डाटाबेस लागू

काठमाडौं । निजी क्षेत्रको निरन्तरको सुझाव र विरोधलाई सम्बोधन गर्दै सरकारले भन्सार मूल्याङ्कन प्रणालीमा ठूला परिवर्तन गरेको छ। अबसम्म प्रयोग हुँदै आएको ‘सन्दर्भ मूल्य सूची’लाई विस्थापित गरी ‘मूल्याङ्कन डाटाबेस प्रणाली’ लागू गरिएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ प्रणालीले भन्सार प्रक्रियामा पारदर्शिता ल्याउने मात्र होइन, राजस्व चुहावट रोकथाम र वैध व्यापारिक गतिविधिलाई अझ सहज बनाउने उद्देश्य […]
मन्त्री महावीर पुन : “पुराना नेताको संस्कार नफेरेसम्म देशमा परिवर्तन सम्भव छैन”

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मुलुकमा अपेक्षित राजनीतिक र सामाजिक परिवर्तन पुराना नेतृत्व हटाएपछि मात्र सम्भव हुने बताएका छन्। उनको भनाइमा, दशौँ वर्षदेखि सत्तामा बसेर देशलाई पछि पार्ने कार्यमा संलग्न भएका नेताहरूले अब नयाँ पुस्तालाई मार्ग खुला गरिदिनुपर्छ। “कुहिएका नेताहरूलाई नफेरेसम्म वास्तविक रूपान्तरण सम्भव हुँदैन,” मन्त्री पुनले जोड दिए। युवालाई आह्वान […]
प्रधानमन्त्री सुशीला कार्की आज राष्ट्रलाई सम्बोधन गर्ने

काठमाडौं । मुलुकको पहिलो महिला प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेकी सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छिन्। मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजे बस्ने कार्यक्रम तय भएको छ। सो बैठकपछि सरकारको हालसम्मको कामकारबाही, आगामी प्राथमिकता तथा राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्कीको सम्बोधन साँझ […]
शिक्षा मन्त्रालयको पहल : तीन महत्त्वपूर्ण निर्णय सार्वजनिक

काठमाडौं । शिक्षाको गुणस्तर र संस्थागत सुधारका लागि शिक्षा मन्त्रालयले आज तीनवटा ठोस कदम सार्वजनिक गरेको छ। मन्त्रीस्तरीय स्तरबाट दिइएको यो निर्देशनलाई शैक्षिक क्षेत्रका सरोकारवालाले महत्वपूर्ण पहलका रूपमा लिएका छन्। सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य मन्त्रालयले अब नेपालभर रहेका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्तीमा एक जना कम्प्युटर शिक्षक अनिवार्य हुने व्यवस्था गर्ने निर्णय गरेको छ। […]
सञ्चार मन्त्री जगदीश खरेलले सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तारको घोषणा

काठमाडौँ। नव नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार दुई महत्वपुर्ण घोषणा गर्दै देशमा डिजिटल पहुँच विस्तार गर्ने लक्ष्य सार्वजनिक गरेका छन्। मन्त्री खरेलका अनुसार, आउँदो दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने व्यवस्था हुनेछ। उनीसँगै मन्त्रीले थप घोषणा गरे कि पाँच महिनाभित्र राजधानीसहित देशभरका सात प्रदेशका १० वटा […]
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारी दिने निर्णय

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेसँगै सहिद परिवार र युद्ध/सडक दुर्घटनाबाट घाइते व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने निर्णय गरेका छन्। मन्त्री सिन्हाले यस कदमलाई सामाजिक उत्तरदायित्व र न्याय सुनिश्चित गर्ने महत्वपूण्ण पहलको रूपमा वर्णन गरेका छन्। सिन्हाले पदभार ग्रहण गर्दै सरकारी निकायमा प्रयोग हुने फर्निचर, निर्माण सामग्री र […]
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जगदीश खरेलले सम्हाले जिम्मेवारी

काठमाडौँ। नेपाल सरकारका नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। मन्त्री खरेलले पदभार ग्रहण गर्दै मन्त्रालयका कर्मचारी, सचिवालयका वरिष्ठ अधिकृत र सम्बद्ध विभागसँग भेटघाट गरी आगामी प्राथमिकता तथा योजनाबारे छलफल गरेका छन्। पदभार ग्रहणको क्रममा मन्त्री खरेलले नेपालको सूचना प्रविधि र सञ्चार क्षेत्रमा नयाँ सुधार र […]
स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम काटियो, चार मन्त्रीको शपथ निश्चित

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले हटाएकी छन्। आइतबार साँझ डा. मिश्रालाई मन्त्री सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले विवादास्पद विगत सार्वजनिक भएपछि राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन्। राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, सोमबार बिहान ७ बजे मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको […]
