इलामसहित देशभर प्रहरी अधिकारीहरूको ठूलो सरुवा

इलाम । नेपाल प्रहरीले संगठनभित्र ठूलो स्तरको सरुवा गरेको छ। बुधबार राति प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ९० जना नायव उपरीक्षक (डिएसपी) लाई विभिन्न जिल्ला र प्रहरी इकाइमा खटाइएको छ। यस सरुवामा इलाम लगायतका पहाडी जिल्लाका सुरक्षा व्यवस्थालाई ध्यानमा राखी नयाँ जिम्मेवारी तोकिएको छ। इलाममा तैनाथ प्रहरी अधिकारीलाई अन्यत्र स्थानान्तरण गरी नयाँ टोली पठाइने […]
मन्त्री घिसिङद्वारा सिंहदरबारमा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ, असोज १। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा जेनजी प्रदर्शनका क्रममा जलाइएका सवारीसाधनलाई तत्काल अन्यत्र लगेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। मन्त्री घिसिङका अनुसार जलेका सवारीसाधनले परिसरको दृश्यतालाई नकारात्मक बनाएको र तिनको व्यवस्थापन तुरुन्त गर्नुपर्ने अवस्था आएको छ। मन्त्री घिसिङको सचिवालयले जनाएको छ, “कार्यालय भित्रको […]
जेनजी आन्दोलनका मृतकको सम्मानमा बुधबार सार्वजनिक बिदा

काठमाडौँ । नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान व्यक्त गर्न भाद्र २३ गते (बुधबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गते भएका प्रदर्शनमा मृत्यु भएकाहरूप्रति राष्ट्रिय शोक मनाइने उल्लेख छ। सोही क्रममा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्था, तथा विदेशस्थित नेपाली दूतावास […]
सरकारद्वारा असोज १ गते ‘शोक दिवस’ मनाउने निर्णय

काठमाडौं – सरकारले आगामी असोज १ गतेलाई ‘शोक दिवस’का रूपमा मनाउने घोषणा गरेको छ। सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। बैठकपछि सार्वजनिक गरिएको जानकारी अनुसार, शोक दिवस मनाउने दिन सरकारी कार्यालय, सार्वजनिक संस्थान र विद्यालयहरूमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। साथै, दिवंगत व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकभर शोक […]
सविता भण्डारी पहिलो महिला महान्यायाधिवक्ता बनेर सपथ ग्रहण

काठमाडौं, भदौ ३० । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकारका रूपमा भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। नेपालको कानुनी इतिहासमा भण्डारी महान्यायाधिवक्ता बन्ने पहिलो महिला हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई नियुक्त गरेका हुन्। […]
अर्थमन्त्री खनाल : ‘टुक्रे योजना हटाएर स्रोत जुटाइने’

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी दिनमा बजेटलाई बढी प्रभावकारी बनाउन टुक्रे योजनाहरू कटौती गर्ने तयारी गरेको बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले स्रोत व्यवस्थापनलाई सबल बनाउने लक्ष्यसहित केही ठोस कदम चालिने बताएका हुन्। खनालका अनुसार बजेटमा समावेश गरिएका साना तथा प्रभावहीन कार्यक्रमलाई हटाउन कार्यदल गठन गर्ने प्रक्रिया अघि बढाइएको छ। […]
राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शन दमनप्रति गम्भीर आपत्ति

काठमाडौं । पछिल्ला दिनमा युवाहरूको प्रदर्शन तोडफोड र आगजनीमा बदलिएपछि भएको सुरक्षा निकायको हस्तक्षेपबारे राष्ट्रिय मानव अधिकार आयोगले गहिरो चिन्ता व्यक्त गरेको छ। सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा आयोगले लोकतान्त्रिक प्रणालीमा सरकारको दायित्व नागरिकका उचित आवाजलाई समयमा सम्बोधन गर्नु हो भन्ने प्रष्ट पारेको छ। आयोगले सुरक्षा निकायबाट देखिएको अत्यधिक बल प्रयोगलाई ‘दु:खद’ भन्दै त्यसप्रति असन्तुष्टि जनाएको […]
सुरक्षा कडा गर्दै सोमबारदेखि देशभरका फिल्म हल सञ्चालनमा

काठमाडौं – जेनजी आन्दोलनका कारण केही दिनदेखि बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि फेरि सञ्चालनमा आउने भएका छन्। चलचित्र संघले आइतबार बसेको बैठकमा दर्शक र हलको सुरक्षा प्राथमिकतामा राख्दै हल सञ्चालन गर्ने निर्णय गरेको छ। क्षतिग्रस्त हलबाहेक सबै हल खुल्ने अधिकारिक जानकारी अनुसार, तोडफोड र आगजानीबाट क्षतिग्रस्त विराटनगरस्थित क्यूएफएक्स बाहेक अन्य १६४ वटै हल सोमबारदेखि […]
प्रधानमन्त्री कार्कीको पहिलो कदम: मृतकलाई सहिद घोषणा, परिवारलाई १०–१० लाख सहयोग

काठमाडौँ, भाद्र २९ – प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेको केही घण्टामै महत्वपूर्ण निर्णय लिनु भएको छ। उनले जेन-जी आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतक परिवारलाई १०–१० लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गर्नु भएको छ। प्रधानमन्त्री कार्कीले पदबहाली समारोह पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा सम्पन्न गर्नुभयो। समारोहमा उच्च सरकारी अधिकारीहरूलाई […]
प्रधानमन्त्री कार्की आज साढे ११ बजे कार्यभार सम्हाल्दै

काठमाडौं। नयाँ नियुक्त प्रधानमन्त्री सुशीला कार्की आज आइतबार बिहान साढे ११ बजे कार्यभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार सिंहदरबार परिसरभित्र गृह मन्त्रालयका लागि तयार पारिएको नयाँ भवनमै पदभार ग्रहण गरिनेछ। अघिल्लो कार्यालय अघिल्लो आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि नयाँ भवनबाट कार्य सुरु गर्न लागिएको हो। कार्कीलाई हालैको आन्दोलनपछि आगामी ६ महिनाभित्र प्रतिनिधिसभा […]
