सविता भण्डारी पहिलो महिला महान्यायाधिवक्ता बनेर सपथ ग्रहण

काठमाडौं, भदौ ३० । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकारका रूपमा भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। नेपालको कानुनी इतिहासमा भण्डारी महान्यायाधिवक्ता बन्ने पहिलो महिला हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई नियुक्त गरेका हुन्। […]
अर्थमन्त्री खनाल : ‘टुक्रे योजना हटाएर स्रोत जुटाइने’

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी दिनमा बजेटलाई बढी प्रभावकारी बनाउन टुक्रे योजनाहरू कटौती गर्ने तयारी गरेको बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले स्रोत व्यवस्थापनलाई सबल बनाउने लक्ष्यसहित केही ठोस कदम चालिने बताएका हुन्। खनालका अनुसार बजेटमा समावेश गरिएका साना तथा प्रभावहीन कार्यक्रमलाई हटाउन कार्यदल गठन गर्ने प्रक्रिया अघि बढाइएको छ। […]
राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शन दमनप्रति गम्भीर आपत्ति

काठमाडौं । पछिल्ला दिनमा युवाहरूको प्रदर्शन तोडफोड र आगजनीमा बदलिएपछि भएको सुरक्षा निकायको हस्तक्षेपबारे राष्ट्रिय मानव अधिकार आयोगले गहिरो चिन्ता व्यक्त गरेको छ। सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा आयोगले लोकतान्त्रिक प्रणालीमा सरकारको दायित्व नागरिकका उचित आवाजलाई समयमा सम्बोधन गर्नु हो भन्ने प्रष्ट पारेको छ। आयोगले सुरक्षा निकायबाट देखिएको अत्यधिक बल प्रयोगलाई ‘दु:खद’ भन्दै त्यसप्रति असन्तुष्टि जनाएको […]
सुरक्षा कडा गर्दै सोमबारदेखि देशभरका फिल्म हल सञ्चालनमा

काठमाडौं – जेनजी आन्दोलनका कारण केही दिनदेखि बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि फेरि सञ्चालनमा आउने भएका छन्। चलचित्र संघले आइतबार बसेको बैठकमा दर्शक र हलको सुरक्षा प्राथमिकतामा राख्दै हल सञ्चालन गर्ने निर्णय गरेको छ। क्षतिग्रस्त हलबाहेक सबै हल खुल्ने अधिकारिक जानकारी अनुसार, तोडफोड र आगजानीबाट क्षतिग्रस्त विराटनगरस्थित क्यूएफएक्स बाहेक अन्य १६४ वटै हल सोमबारदेखि […]
प्रधानमन्त्री कार्कीको पहिलो कदम: मृतकलाई सहिद घोषणा, परिवारलाई १०–१० लाख सहयोग

काठमाडौँ, भाद्र २९ – प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेको केही घण्टामै महत्वपूर्ण निर्णय लिनु भएको छ। उनले जेन-जी आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतक परिवारलाई १०–१० लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गर्नु भएको छ। प्रधानमन्त्री कार्कीले पदबहाली समारोह पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा सम्पन्न गर्नुभयो। समारोहमा उच्च सरकारी अधिकारीहरूलाई […]
प्रधानमन्त्री कार्की आज साढे ११ बजे कार्यभार सम्हाल्दै

काठमाडौं। नयाँ नियुक्त प्रधानमन्त्री सुशीला कार्की आज आइतबार बिहान साढे ११ बजे कार्यभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार सिंहदरबार परिसरभित्र गृह मन्त्रालयका लागि तयार पारिएको नयाँ भवनमै पदभार ग्रहण गरिनेछ। अघिल्लो कार्यालय अघिल्लो आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि नयाँ भवनबाट कार्य सुरु गर्न लागिएको हो। कार्कीलाई हालैको आन्दोलनपछि आगामी ६ महिनाभित्र प्रतिनिधिसभा […]
प्रतिनिधिसभा चुनाव सम्पन्न गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अनुरोध गरेका छन्। शनिबार सार्वजनिक गरिएको वक्तव्यमा राष्ट्रपति पौडेलले कठिन परिस्थितिबाट देशले शान्तिपूर्ण निकास खोजेको भन्दै सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेका छन्। उनका अनुसार संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन […]
प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने जिम्मेवारी

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। राष्ट्रपतिले कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिएका छन्। यस कदमले मुलुकमा उत्पन्न असाधारण परिस्थितिहरूलाई सम्बोधन गर्दै युवा पुस्ताको अपेक्षा र राजनीतिक दलसँगको परामर्शलाई ध्यानमा राखेको बताइएको छ। शपथ ग्रहण समारोह […]
प्रधानमन्त्री कार्कीको मात्र शपथ, मन्त्रीहरु हाल नियुक्त भएनन्

काठमाडौँ — राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मात्र शपथ लिएकी छन्। यसअघि तीन सदस्यीय मन्त्रिपरिषद् बन्ने चर्चा भए तापनि अन्य मन्त्रीहरूको नाममा सहमति हुन बाँकी रहेकाले उनीहरूको नियुक्ति हालसम्म भएको छैन। अहिलेलाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने व्यवस्था राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्।
सुशीला कार्कीले आज राति शपथ लिँदै, संसद् विघटनको सिफारिस गर्ने तयारी

काठमाडौं । नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्की आज राति ९ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। शपथपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेर संसद् विघटनको सिफारिस गर्ने तयारी भएको स्रोतले जनाएको छ। राष्ट्रपति कार्यालयले कार्कीलाई प्रधानमन्त्री नियुक्त भइसकेको पुष्टि गरेको छ। राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शपथलगत्तै मन्त्रिपरिषद् गठन […]

