मन्त्री घिसिङको चेतावनी : संसद् भवन तोकिएको समयमा नसकिए हर्जाना तिराउन बाध्य पारिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले निर्माणाधीन संघीय संसद् भवन तोकिएको समयमा सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कडा कारबाही र हर्जाना असुल गर्ने चेतावनी दिएका छन्। मन्त्री घिसिङले शुक्रबार संसद् भवन निर्माण स्थलको निरीक्षण गर्दै भने, “अब कुनै पनि कारण देखाएर ढिलाइ स्वीकार्य हुँदैन। तोकिएको समयमा काम सकिएन भने ठेकेदार कम्पनीले हर्जानाको जिम्मेवारी लिनुपर्छ।” […]

जोरपाटी चोकमा ट्राफिक लाइट सञ्चालनमा, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा

काठमाडौँ । राजधानीको व्यस्त क्षेत्रमा पर्ने जोरपाटी चोकमा ट्राफिक लाइट जडान गरिएको छ। यस कदमले सडक दुर्घटना घटाउने र सवारी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मद्दत गर्ने विश्वास लिइएको छ। सो ट्राफिक लाइटको उद्घाटन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा नयाँ प्रभाव पार्ने र सडक सुरक्षा सुधारमा […]

नगर विकास कोषलाई प्रतिफलमुखी र प्रभावकारी बनाइने : मन्त्री घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले नगर विकास कोषको कामलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले कोषको लगानी क्षेत्र विस्तार गर्दै प्रतिफल प्राप्त हुने परियोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । मन्त्री घिसिङका अनुसार आगामी दिनमा कोषको लगानी विद्युतीय सवारीसाधन, चार्जिङ स्टेशन र फोहर व्यवस्थापन जस्ता […]

जेनजी आन्दोलनमा जलेका ४०१ प्रहरी कार्यालय पुनः सञ्चालनमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विभिन्न स्थानमा भएको आगजनीबाट क्षति पुगेका प्रहरी कार्यालयहरू बिस्तारै पुनः सञ्चालनमा आएका छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङका अनुसार, आगजनीमा परेका ४६५ प्रहरी कार्यालयमध्ये ४०१ वटा कार्यालय पुनर्स्थापना भई सञ्चालनमा आइसकेका छन्। ७०औं प्रहरी दिवसको अवसरमा आयोजना गरिएको अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा बोल्दै महानिरीक्षक खापुङले समुदायको सहयोग […]

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ, माघ २८ – नेपालका अधिवक्ताहरूले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। मंगलबार पेस भएका पाँच वटा रिटमा वर्तमान सरकारलाई कामचलाऊ सरकारको रूपमा व्याख्या गर्दै दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न र नगर्न नगराउन माग गरिएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार, रिटमा संसद् विघटनको प्रक्रिया र त्यसको वैधता सम्बन्धी प्रश्न उठाइएको […]

युवा पुस्तालाई मन्त्री महावीर पुनको विशेष सन्देश: “गुटबन्दी र खुट्टा तानातानले देशको भविष्यमा बाधा पुर्‍याउँछ”

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री महावीर पुनले युवापुस्तालाई राष्ट्रिय एकता र जिम्मेवारीप्रति सजग रहन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत विशेष सन्देश दिएका छन्। मन्त्री पुनले आफ्नो सन्देशमा गुटबन्दी र राजनीतिक खुट्टा तानातानका कारण मुलुकमा पर्ने नोक्सानका उदाहरण प्रस्तुत गर्दै युवापुस्तालाई सचेत बनाएका छन्। उनले भने, “हामी सबैले राजनीतिक वा व्यक्तिगत भिन्नतालाई पार गर्दै, देशमा […]

अविरल वर्षाले हवाई सेवा प्रभावित, त्रिभुवनसहित देशभरका उडान रोकिँदा यात्रु

काठमाडौं ।: देशभर फैलिएको अविरल वर्षाले मुलुकको हवाई आवागमनमा गम्भीर असर पारेको छ। लगातारको खराब मौसमका कारण शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू स्थगित गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ। मौसम खराबीका कारण काठमाडौं, पोखरा, भरतपुर, जनकपुर, भद्रपुर र तुम्लिङटार विमानस्थलमा समेत हवाई सेवा पूर्णरूपमा अवरुद्ध भएका छन्। उडान ठप्प भएपछि राजधानीमा र […]

डोल्पाबाट बागलुङसम्म : च्या‌ङ्ग्रा बेच्ने संघर्ष र परिवार पाल्ने सपना

बागलुङ । दशैं नजिकिँदै गर्दा बजारमा च्या‌ङ्ग्राको माग बढ्ने गरेको छ। तर यस वर्ष डोल्पाबाट च्या‌ङ्ग्रा बोकेर बागलुङ पुगेका लोकबहादुर रोकाया भने निराश भएका छन्। १५ वर्षदेखि च्या‌ङ्ग्रा बेच्ने पेशा गर्दै आएका रोकायाले यसपटक पहिलो पटक बागलुङ बजार रोजेका थिए। उनले ३०० भन्दा बढी च्या‌ङ्ग्रा लिएर लामो यात्रापछि बागलुङ पुगेका थिए। तर बजारमा अपेक्षा गरेजस्तो […]

भन्सार प्रणालीमा सुधार : ‘सन्दर्भ मूल्य सूची’ हटाएर नयाँ मूल्याङ्कन डाटाबेस लागू

काठमाडौं । निजी क्षेत्रको निरन्तरको सुझाव र विरोधलाई सम्बोधन गर्दै सरकारले भन्सार मूल्याङ्कन प्रणालीमा ठूला परिवर्तन गरेको छ। अबसम्म प्रयोग हुँदै आएको ‘सन्दर्भ मूल्य सूची’लाई विस्थापित गरी ‘मूल्याङ्कन डाटाबेस प्रणाली’ लागू गरिएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ प्रणालीले भन्सार प्रक्रियामा पारदर्शिता ल्याउने मात्र होइन, राजस्व चुहावट रोकथाम र वैध व्यापारिक गतिविधिलाई अझ सहज बनाउने उद्देश्य […]

मन्त्री महावीर पुन : “पुराना नेताको संस्कार नफेरेसम्म देशमा परिवर्तन सम्भव छैन”

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मुलुकमा अपेक्षित राजनीतिक र सामाजिक परिवर्तन पुराना नेतृत्व हटाएपछि मात्र सम्भव हुने बताएका छन्। उनको भनाइमा, दशौँ वर्षदेखि सत्तामा बसेर देशलाई पछि पार्ने कार्यमा संलग्न भएका नेताहरूले अब नयाँ पुस्तालाई मार्ग खुला गरिदिनुपर्छ। “कुहिएका नेताहरूलाई नफेरेसम्म वास्तविक रूपान्तरण सम्भव हुँदैन,” मन्त्री पुनले जोड दिए। युवालाई आह्वान […]