सहारा ख्रीष्टयन मण्डलीले माई अस्पताललाई दियो जोईन्ट स्टिल कुर्सि

माई/इलाम । इलामको माई नगरपालिका वडा नम्बर-२ पिपलडाँडामा रहेको सहरा ख्रीष्टयन मण्डलीले आईतबार माई अस्पताललाई २ सेट (६ थान ) जोइन्ट स्टिल कुर्शी प्रदान गरेकोे छ। बिरामी कुरुवाहरुको सहजताका लागि २६ हजार मुल्य बराबरको जोइन्ट कुर्सि प्रदान गरिएको मण्डलीका पाष्टर शेर बहादुर राईले जानकारी दिनुभयो। कुर्सि प्राप्त भएपछि विरामी र कुरुवालाई सहजता हुने भएको माई […]
स्वास्थ्य चौकीलाई २० लाखको एम्बुलेन्स

वीरगञ्ज । हिमालयन डिष्टिलरीले वीरगञ्ज महानगरपालिका-२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ। वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे। वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको […]
चिसोसँगै बिरामीले भरिए अस्पताल, शय्याको अभावमा भुईंमै उपचार

वीरगञ्ज । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन्। वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको […]
कोसी प्रदेशमा रहेका स्वास्थ्य क्षेत्रको संरक्षण प्रदेश सरकारले गर्छ: मुख्यमन्त्री कार्की

मोरङ । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी अस्पतालले सुविधा सम्पन्न ६ तल्ले नयाँ भवनबाट स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । नयाँ भवनको बिहीबार उद्घाटन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा रहेका अस्पतालको संरक्षण प्रदेश सरकारले गर्ने बताएका छन् । प्रदेशमा सेवामूलक ब्यवसाय स्वास्थ्य क्षेत्रमा निर्धक्क भएर काम गर्न जोड दिँदै मुख्यमन्त्री कार्कीले […]
धुलिखेल अस्पतालमा विश्वको अनुभवसँगै प्रविधिको प्रयोग

काभ्रे। धुलिखेल अस्पतालका विभिन्न विभागहरुले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधि, सिप, ज्ञान र अनुभवलाई प्रयोगमा ल्याउन थालेको छ । विरामीहरुलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यले पछिल्ला केही महिना यता धुलिखेल अस्पतालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन थालेका छन् । ‘विगतको प्रविधि तथा ज्ञान अहिले बदलिएको छ’–अस्पतालका प्रशासक प्रा.डा.रमेश माकजुले भने–‘निरन्तर […]
मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.भुसाल नियुक्त

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त भएका छन् । यही मंसिर १३ गते बसेकोको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । नाक, कान, घाँटी रोग विशेषज्ञ समेत रहेका प्रा. डा. भुसालले अध्यक्ष पदको कार्यभार स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेको र मंगलबार काउन्सिल पुगी पदभार सम्हाल्ने कार्यक्रम […]
चितवनको भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा […]
गलकोटमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ, जेठ ७ । पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्य छ । नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्यमा झरेको हो । नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आएको गलकोट […]
महानगरका स्वास्थ्य संस्थाहरूलाई मेयर बालेन साहको अपिल

काठमाडौ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश (१०) प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय […]
सुनसरीमा २२ सय जनाको निः शुल्क आँखा जाँच

सुनसरी, जेठ ४ । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार एक सय ९९ जनाको आँखा परीक्षण गर्दा दुई सय ४२ जनामा मोतिबिन्दुको […]
