पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०६ जनामा संक्रमण पुष्टि

काठमाडौँ, वैशाख ८ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।

पछिल्लो चार महिनामा ५०० जनामा डेंगु संक्रमण 

काठमाडौं, वैशाख ८ । गर्मीयाम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण बढ्न थालेको छ । सन् २०२३ को जनवरीदेखि मार्च तेस्रो सातासम्म देशभर ५०० जनामा डेंगु संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो वर्ष (सन् २०२३) मा देशको ५२ जिल्लामा डेंगु देखिएको छ । तीमध्ये सबैभन्दा धेरै दार्चुलामा १७६ जनामा […]

थपिए १०३ जना कोरोना संक्रमित

काठमाडौं, वैशाख ७ । पछिल्लो २४ घण्टामा देशभर थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १६४५ नमूना परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४५६ र एन्टीजेनबाट ११८९ नमुना परीक्षण गर्दा पीसीआरबाट ७२ र एन्टिजेनबाट ३१ को रिपोर्ट पोजिटिभ आएको […]

राष्ट्रपति पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै

काठमाडौं, वैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई आज भारत लगिँदै छ । छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एयरको एयर एम्बुलेन्समार्फत् भारत लैजान लागिएको उनका निजी सचिव चिरञ्जिवी अधिकारीले बताए । उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट फ मेडिकल साइन्सेस (एम्स) मा लगिनेछ । उनका साथमा चिकित्सकसहित […]

सरकारले आज पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ

काठमाडौं, वैशाख ६ । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन […]

पछिल्लो २४ घण्टामा १७१ संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं, वैशाख ५ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १७१ संक्रमित थपिएका छन् […]

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

कैलाली, वैशाख ३ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । कोरोना संक्रमित वृद्धाकाे उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज जोशीले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना […]

थपिए ६४ जना कोरोना संक्रमित

काठमाडौँ, वैशाख २ । पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टीजेन विधिबाट ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यही अवधिमा ४५ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको […]

थपिए १०६ जना कोरोना संक्रमित

बुटवल, चैत्र ३० । पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमित थपिएका छन् । साे अवधिमा १ हजार ४८८ नमुनामध्‍ये ५४१ जनाको पिसिआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जसनंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार नयाँ थपिएकासहित सक्रिय संक्रमितको संख्या ४३५ […]

खोटाङ अस्पतालमा एक्स–रे सेवा बन्द

खोटाङ । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे  सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स–रे सेवा बन्द गरिएको अस्पतालका […]