थप ५१ जनामा कोरोना संक्रमण, ३९२ जना संक्रमणमुक्त

काठमाडौं, चैत ४ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ९२ पीसीआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार पनि कोरोनाबाट मृत्यु संख्या शून्य नै रहेको छ […]

देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप २५ चैतदेखि लगाइने

बुटवल, चैत्र ३ । सरकारले आउँदो २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्राले अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिनुभयो। सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।खोप दिनका […]

३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान

काठमाडौं, चैत २ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा […]

ग्राण्डी अस्पतालमा १०३ बिरामीको मिर्गौला प्रत्यारोपण

काठमाडौं, फागुन २८ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ। ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो । कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० […]

मृगौला तस्कर : काभ्रेमा गोप्य चहलपहल

काभ्रेपलाञ्चोक, फागुन २६ गते । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपियाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौंला’ भन्दै उनीबाट छुट्टिएको सुनाए । मोटरसाइकलमा आउने गरेका […]

कृष्णनगरका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा प्रयोगशाला परीक्षण गरि औषधि वितरण

कपिलवस्तु, फागुन २५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं १२ को सहयोगमा ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकको चेकजांच कार्यक्रम सम्पन्न भएको छl उद्घाटन सत्र कार्यक्रमको […]

आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ वैशाख ९ देखि ११ सम्म चितवनमा हुने

काठमाडौं, फागुन २० । औषधी उत्पादक संघको आयोजनामा आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ आगामी वैशाख ९ देखि ११ सम्म हुने भएको छ। आज संघले पत्रकार सम्मेलन गर्दै चितवनमा आयोजना गरीएको फर्मा एक्स्पोका बारेमा जानकारी दिएको हो। काठमाडौं बाहिर दोश्रोपटक चितवनमा हुन लागेको करिब १५ हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने संघले जनाएको छ। संघका उपाध्यक्ष तथा एक्सपोका […]

मिडिय एड्भोकेसी फोरम नेपालद्वारा स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई ज्ञापनपत्र

दिपेश श्रेष्ठ काठमाडौ । श्रमजिबी पत्रकारहरुलाई पत्रकारिता तालिम तथा पत्रकारहरुका लागी पैरवी साथै बिभिन्न कार्यक्रमहरु गर्दै आएको संस्था मिडिय एड्भोकेसी फोरम नेपालले नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई उनकै कार्यकक्षमा भेटी ज्ञापनपत्र बुझाएको छ । देशको बिद्यमान परिस्थिती र कोभिड माहामारिको अवस्थामा पनि आफ्नो पेसालाई स्वास्थ्य भन्दा माथि राख्दै काम गर्ने आम श्रमजिवी […]

देशमा पछिल्लो २४ घण्टामा १८० संक्रमित पुष्टि

काठमाडौं, फागुन १६ । पछिल्लो २४ घन्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३४१ नमूना परीक्षणमा १८० जनामा संक्रमण देखिएको हो। ५२१८ नमूनाको पीसीआर र ३१२३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ११९ नमूना र एन्टिजेनबाट ६१ नमूनाको रिर्पोट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार […]

थपिए ५७० कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, फागुन ५ । पछिल्लो २४ घण्टामा देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ९ हजार ७८९ जनाको नमुना परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८५७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख […]