आजबाट देशभर टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं, चैत २५ । आजदेखि सरकारले देशभर टाइफाइडविरुद्धको खोप लगाउने भएको छ। टाइफाइडविरुद्धको खोप अभियानको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा उद्घाटन गरेका थिए। दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेका थिए। राष्ट्रिय खोप अभियानअन्तर्गत आजबाट देशभरका बालबालिकालाई खोप लगाउन थालिने भएको हो। यो अभियान आगामी वैशाख १८ सम्म चल्नेछ। यसक्रममा १५ महिनादेखि […]

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, चैत १३ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ नमूना परीक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ३५८ जनाको पिसिआर गर्दा १० र १ हजार ४४९ जनाको एन्टिजेन परीक्षण ३ जनामा संक्रमण पुष्टि भएको […]

टाइफाइड रोगविरुद्धको खोप अभियान नवलपरासीमा मंगलबारदेखि शुरु

रबिन्द्र यादव नवलपरासी । नवलपरासीमा टाइफाइड रोगविरुद्धको खोप अभियान मंगलबारदेखि शुभारम्भ भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका- ९ स्थित त्रिभुवन नमुना मावि बेलाटारीको खोप केन्द्रमा एक कार्यक्रमका बीच जनस्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले शुभारम्भ गर्नुभएको हो । टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी, विद्यालय प्रअ नारद ठाकुर, स्वास्थ्य […]

विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई खोप केन्द्रमा टाइफाइड खोप

रबिन्द्र यादव नवलपरासी । टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालनसम्बन्धी प्रतापपुर गाउँपालिका – ८ पिपरपाती स्वास्थ चौकीमा सरोकारवालाहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य चौकी पिपरपातीको आयोजनामा भएको कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप सुरु हुन लागेको चौकी इन्चार्ज सुरजलाल गुप्ताले जानकारी दिए । १५ महिना देखि १५ […]

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना पुष्टि, ७७ जना संक्रमणमुक्त

काठमाडौं, चैत १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना […]

थप ५१ जनामा कोरोना संक्रमण, ३९२ जना संक्रमणमुक्त

काठमाडौं, चैत ४ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ९२ पीसीआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार पनि कोरोनाबाट मृत्यु संख्या शून्य नै रहेको छ […]

देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप २५ चैतदेखि लगाइने

बुटवल, चैत्र ३ । सरकारले आउँदो २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्राले अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिनुभयो। सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।खोप दिनका […]

३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान

काठमाडौं, चैत २ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा […]

ग्राण्डी अस्पतालमा १०३ बिरामीको मिर्गौला प्रत्यारोपण

काठमाडौं, फागुन २८ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ। ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो । कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० […]

मृगौला तस्कर : काभ्रेमा गोप्य चहलपहल

काभ्रेपलाञ्चोक, फागुन २६ गते । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपियाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौंला’ भन्दै उनीबाट छुट्टिएको सुनाए । मोटरसाइकलमा आउने गरेका […]