कोदो–मकै फल्ने बारीमा लटरम्म सुन्तला, ढोरपाटनका किसानको वार्षिक आम्दानी १३ लाखभन्दा बढी

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत किमबोट गाउँ यतिबेला सुन्तलाको पहेँलो रौनकले सजिएको छ । कुनै समय कोदो र मकै मात्र फल्ने बारीहरू अहिले लटरम्म सुन्तलाले भरिएका छन् । गाउँका धेरै बासिन्दा रोजगारी, शिक्षा र स्वास्थ्य सुविधाको खोजीमा सहरतिर सरे पनि किमबोटका लोकनाथ कँडेलको मन भने अझै आफ्नै गाउँको माटो र सुन्तलाको बगानमै अडिएको […]

आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा कुन कृषिउपज कति रुपैयाँमा कारोबार हुँदैछ ? काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि देशभर लागू हुने गरी कृषिउपजको थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिले उपलब्ध गराएको विवरणअनुसार तरकारी, सागपात, फलफूल, मसला तथा माछाजन्य सामग्रीको मूल्यमा विविधता देखिएको छ। समितिका अनुसार आज गोलभेँडाको मूल्यमा किसिमअनुसार फरक देखिएको छ। […]

बागलुङमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक

बागलुङ — सुर्तीजन्य पदार्थको सेवन र यसबाट उत्पन्न हुने स्वास्थ्य जोखिम नियन्त्रण गर्न बागलुङ जिल्लामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा जिल्ला भरीका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरू उपस्थित थिए। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सुर्तीजन्य पदार्थको […]

क्यान्सर पीडितलाई सिम्रिक सहकारीद्वारा एक लाख रुपैयाँ सहयोग

इलाम । सिम्रिक सहकारी संस्था लिमिटेड, नेपालटार सेवा केन्द्रले क्यान्सरबाट पीडित आफ्नी सदस्य निर्मला लुइटेललाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको सदस्य सुरक्षा कोषबाट लुइटेललाई रु. एक लाख रुपैयाँ उपचार सहयोग रकम हस्तान्तरण गरिएको हो। सहयोग कार्यक्रममा संस्थाका कार्यालय प्रमुख गोबिन्द गर्तौलाले लामो समयदेखि सञ्चालन हुँदै आएको “प्राणघातक रोग उपचार सहयोग […]

इलाम अस्पतालमा नयाँ इमर्जेन्सी ब्लक निर्माणको सम्झौता सम्पन्न

इलाम । इलाम जिल्ला अस्पतालमा अत्याधुनिक इमर्जेन्सी ब्लक निर्माण तथा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि पहिलो चरणको सम्झौता सम्पन्न भएको छ। यो परियोजना इलाम नगरपालिकाले भारतीय राजदूतावाससँग गरेको प्रस्तावका आधारमा अघि बढाइएको हो। २०७९ सालमा नगरपालिकाले दूतावासमा पठाएको परियोजना प्रस्ताव स्वीकृत भएपछि अब भवन निर्माण र उपकरण खरिद कार्य अघि बढ्न लागेको हो। २०८२ साल […]

स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरूलाई बक्यौता रकम भुक्तानी, आगामी महिना भित्र बाँकी रकम पनि दिने तयारी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमित व्यक्तिहरूको उपचार सेवाका बक्यौता रकम अस्पतालहरूलाई भुक्तानी गरेको छ। बोर्डले अस्पतालहरूले उपलब्ध गराएका कागजातहरूको पुनरावलोकन गरी चालु आर्थिक वर्षको चैत महिनासम्मको बक्यौता रकम तिरेको जनाएको छ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहँदै आएका सबै अस्पतालका भुक्तानीहरू हालैका दिनमा पूरा गरिएको […]

भैरहवा मेडिकल कलेजका नर्सिङ कर्मचारीको आन्दोलन जारी, तलब र सुविधाको माग

भैरहवा । भैरहवा मेडिकल कलेजका नर्सिङ कर्मचारीहरूले नेपाल सरकारले तोकेको तलब र सुविधाको कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु गरेका छन्। लामो समयदेखि प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नहुँदा उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा रहेका नर्सिङ स्टाफहरूले सरकारद्वारा तोकिएको तलब, भत्ता, करार नियुक्ति, स्थायी दरबन्दी र अनुभव प्रमाणपत्र उपलब्ध गराउन माग […]

कतारस्थित सद्भाव युवा समूहद्वारा देउमाई र माङसेबुङका प्रकोप पीडितलाई राहत सहयोग

इलाम । इलाम जिल्लाका देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा हालैका प्राकृतिक प्रकोपका कारण प्रभावित परिवारलाई कतारस्थित सद्भाव युवा समूह, दोहाले आर्थिक राहत सहयोग गरेको छ। समूहले दुबै स्थानीय तहका १९ घरपरिवारलाई कुल एक लाख १५ हजार रुपैयाँ बराबरको नगद सहयोग उपलब्ध गराएको हो। सोमबार आयोजित एक सादा समारोहका बीच उक्त सहयोग वितरण गरिएको हो। कार्यक्रममार्फत […]

मलेसियाबाट इलामका प्रकोप प्रभावितलाई राहत वितरण

इलाम । हालैका मनसुन वर्षा र पहिरोबाट प्रभावित इलामका स्थानीय बासिन्दाहरूलाई मलेसियामा रहेका प्रवासी नेपालीहरूले राहत सहयोग गरेका छन्। मलेसियास्थित गैर आवसीय नेपाली संघ (एनआरएनए) मलेसिया, बिजनेस सोसाइटी मलेसिया, र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले संयुक्त रूपमा प्रभावित क्षेत्रका परिवारहरूलाई नगद राहत उपलब्ध गराएका हुन्। राहत वितरण अन्तर्गत, माङसेबुङ गाउँपालिकाका पहिरोबाट मृत्यु भएका एक परिवारसहित […]

मुस्ताङको स्याउ व्यवसायमा नयाँ उचाइ : एक अर्ब १० करोडभन्दा बढीको स्याउ बिक्री

काठमाडौँ । नेपालकै प्रसिद्ध स्याउ उत्पादन क्षेत्र मुस्ताङमा यस वर्ष स्याउको उत्पादन र कारोबार दुवैमा उल्लेखनीय वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार चालू आर्थिक वर्षमा जिल्लाबाट करिब एक अर्ब १० करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ। गतवर्षको तुलनामा यो वर्ष करिब १० करोड रुपैयाँ बढी मूल्यको स्याउ बिक्री […]