बाहुनडाँगीमा अन्तरराष्ट्रिय तरुल उत्सव सुरु, तीन देशको सांस्कृतिक र पर्यटन भेट

झापा । नेपाल, भारत र भूटानको सहभागितामा चौथो संस्करणको अन्तरराष्ट्रिय तरुल उत्सव झापाको मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बुधबारदेखि सुरु भएको छ। स्थानीय उत्पादन, रैथाने खानाको प्रवर्द्धन र सीमावर्ती पर्यटन विकासलाई उद्देश्य बनाएर आयोजना गरिएको यो उत्सवले तीन देशका संस्कृति र परम्परालाई एउटै थलोमा जोडेको छ। उत्सवको उद्घाटन कोशी प्रदेश सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री चिन्तन […]
हुक्का सुरक्षित भन्ने भ्रमः युवामाझ बढ्दो प्रयोगले गम्भीर स्वास्थ्य जोखिम बढाउँदै

काठमाडौँ । पछिल्लो समय हुक्कालाई पानीको वाफ मात्र भएको र चुरोटभन्दा कम हानिकारक भन्ने गलत धारणा फैलिँदै गएको छ। तर स्वास्थ्य विज्ञहरूका अनुसार हुक्का चुरोटभन्दा झन् बढी हानिकारक हुनसक्छ र यसले क्यान्सरजस्ता गम्भीर रोगको जोखिम बढाउँछ। राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रअन्तर्गत स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार नेपालमा विशेषगरी […]
कालीमाटी थोक बजारमा आजका तरकारी तथा कृषिउपजको मूल्य सार्वजनिक

काठमाडौंस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिले बजारको माग, आपूर्ति अवस्था र मौसमी परिस्थितिलाई आधार मानेर मूल्य निर्धारण गरिएको जनाएको छ। समितिका अनुसार आज गोलभेँडाका विभिन्न प्रकारको थोक मूल्य फरक–फरक तोकिएको छ। गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भइरहेको छ भने सानो […]
विद्यार्थीको नेतृत्वमा बनेको ‘मुनाल’ उपग्रह प्रक्षेपण तयारी पूरा, नेपालको अन्तरिक्ष यात्रामा नयाँ अध्याय

नेपालले विज्ञान तथा प्रविधिको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्ने तयारी गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को समन्वयमा स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रहको प्रक्षेपणका लागि सम्पूर्ण तयारी पूरा भएको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपाली अन्तरिक्ष प्रविधि विकासको इतिहासमा उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ। नास्टका सचिव डा. […]
तराईमा चिसो हावा बढेसँगै टाउको दुखाइका बिरामी अस्पतालमा बढ्दै

काठमाडौँ। पछिल्ला दिनहरूमा तराई क्षेत्रभर चिसो हावा चल्न थालेसँगै अस्पताल तथा स्वास्थ्य संस्थामा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। चिकित्सकहरूका अनुसार मौसममा आएको अचानक परिवर्तन, चिसो बढ्नु र जीवनशैलीमा हुने सानोतिनो लापरबाहीका कारण टाउको दुख्ने समस्या बढ्दै गएको हो। विशेषगरी बिहान र बेलुकाको समयमा चिसो हावा चल्दा शरीरले तापक्रम सन्तुलन […]
जिर्मले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु, अब ३२ भन्दा बढी जाँच गाउँमै उपलब्ध

इलाम। इलाम जिल्लाको रोङ गाउँपालिका–६ स्थित जिर्मले स्वास्थ्य चौकीमा अब प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा आएको छ। यससँगै स्थानीय बासिन्दाले सामान्यदेखि अत्यावश्यक स्वास्थ्य परीक्षणका लागि अब टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ। नवसञ्चालित प्रयोगशालामार्फत क्षयरोगको खकार परीक्षण, औलोका लागि रक्त नमुना संकलन तथा परीक्षण, गर्भावस्था परीक्षण, रक्तचाप र मधुमेह जाँचलगायत ३२ भन्दा बढी प्रकारका स्वास्थ्य परीक्षण […]
माईजोगमाई–६ को थुम्के रानी क्षेत्रमा पहिलोपटक स्कुसको जरा उत्पादन सफल

तेज कठेत इलाम । इलाम जिल्लाको माईजोगमाई गाउँपालिका–६ स्थित प्याङको थुम्के रानी क्षेत्रमा पहिलोपटक किसानहरूले स्कुसको जरा उत्पादन गर्न सफलता प्राप्त गरेका छन् । यस क्षेत्रका किसानका लागि यो नयाँ उपलब्धि मानिएको छ, किनकि यसअघि यहाँ स्कुसको जरा मात्र होइन, स्कुसको बोटसमेत फल्ने गरेको थिएन । स्थानीय किसानहरूको पहल र मेहनतपछि हाल उक्त क्षेत्रमा स्कुसको […]
सुन्तलाखेतीको विस्तार र मूल्य वृद्धि, तर उत्पादनमा कमी

म्याग्दी । म्याग्दी जिल्लाको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ। सुन्तलाखेती हुने जमिनको क्षेत्रफल विस्तार भएको र बजार मूल्यमा वृद्धि भए पनि अपेक्षित मात्रामा उत्पादन नहुँदा उत्पादकत्वमा कमी आएको हो। कृषि विकास कार्यालय म्याग्दीका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन करिब ५ दशमलव ५६ प्रतिशतले घटेको प्रारम्भिक […]
साना बालबालिकालाई चिया–कफी दिनु कत्तिको सुरक्षित ? स्वास्थ्यमा पर्न सक्ने असरबारे चेतावनी

काठमाडौँ । नेपालमा धेरै अभिभावकले साना बालबालिकालाई बिहान–बेलुकी चिया वा कफी चखाउने गरेको पाइन्छ। कतिपयले बालबालिकालाई बानी नबिग्रियोस् भन्ने सोचले थोरै मात्रामा दिनु हानिकारक हुँदैन भन्ने धारणा राखे पनि स्वास्थ्य विशेषज्ञहरू यसप्रति सचेत रहन आग्रह गर्छन्। विशेषज्ञहरूका अनुसार चिया र कफीमा पाइने क्याफिन बालबालिकाको स्वास्थ्यका लागि उपयुक्त हुँदैन। क्याफिनले बालबालिकाको निद्राको गुणस्तर बिगार्ने, भोक कम […]
स्वास्थ्य सेवा सुदृढीकरणमा केन्द्रित स्वास्थ्य विषयगत समितिको बैठक सम्पन्न

काठमाडौँ। आज मिति २०८२ साल पुस ९ गते माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमको अध्यक्षतामा स्वास्थ्य विषयगत समितिको बैठक सम्पन्न भएको छ। संघ, प्रदेश र स्थानीय तहबीच स्वास्थ्य क्षेत्रमा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठित विषयगत समितिको बैठक आयोजना गरिएको हो। […]

