जिर्मले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु, अब ३२ भन्दा बढी जाँच गाउँमै उपलब्ध

इलाम। इलाम जिल्लाको रोङ गाउँपालिका–६ स्थित जिर्मले स्वास्थ्य चौकीमा अब प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा आएको छ। यससँगै स्थानीय बासिन्दाले सामान्यदेखि अत्यावश्यक स्वास्थ्य परीक्षणका लागि अब टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ। नवसञ्चालित प्रयोगशालामार्फत क्षयरोगको खकार परीक्षण, औलोका लागि रक्त नमुना संकलन तथा परीक्षण, गर्भावस्था परीक्षण, रक्तचाप र मधुमेह जाँचलगायत ३२ भन्दा बढी प्रकारका स्वास्थ्य परीक्षण […]

माईजोगमाई–६ को थुम्के रानी क्षेत्रमा पहिलोपटक स्कुसको जरा उत्पादन सफल

तेज कठेत इलाम । इलाम जिल्लाको माईजोगमाई गाउँपालिका–६ स्थित प्याङको थुम्के रानी क्षेत्रमा पहिलोपटक किसानहरूले स्कुसको जरा उत्पादन गर्न सफलता प्राप्त गरेका छन् । यस क्षेत्रका किसानका लागि यो नयाँ उपलब्धि मानिएको छ, किनकि यसअघि यहाँ स्कुसको जरा मात्र होइन, स्कुसको बोटसमेत फल्ने गरेको थिएन । स्थानीय किसानहरूको पहल र मेहनतपछि हाल उक्त क्षेत्रमा स्कुसको […]

सुन्तलाखेतीको विस्तार र मूल्य वृद्धि, तर उत्पादनमा कमी

म्याग्दी । म्याग्दी जिल्लाको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ। सुन्तलाखेती हुने जमिनको क्षेत्रफल विस्तार भएको र बजार मूल्यमा वृद्धि भए पनि अपेक्षित मात्रामा उत्पादन नहुँदा उत्पादकत्वमा कमी आएको हो। कृषि विकास कार्यालय म्याग्दीका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन करिब ५ दशमलव ५६ प्रतिशतले घटेको प्रारम्भिक […]

साना बालबालिकालाई चिया–कफी दिनु कत्तिको सुरक्षित ? स्वास्थ्यमा पर्न सक्ने असरबारे चेतावनी

काठमाडौँ । नेपालमा धेरै अभिभावकले साना बालबालिकालाई बिहान–बेलुकी चिया वा कफी चखाउने गरेको पाइन्छ। कतिपयले बालबालिकालाई बानी नबिग्रियोस् भन्ने सोचले थोरै मात्रामा दिनु हानिकारक हुँदैन भन्ने धारणा राखे पनि स्वास्थ्य विशेषज्ञहरू यसप्रति सचेत रहन आग्रह गर्छन्। विशेषज्ञहरूका अनुसार चिया र कफीमा पाइने क्याफिन बालबालिकाको स्वास्थ्यका लागि उपयुक्त हुँदैन। क्याफिनले बालबालिकाको निद्राको गुणस्तर बिगार्ने, भोक कम […]

स्वास्थ्य सेवा सुदृढीकरणमा केन्द्रित स्वास्थ्य विषयगत समितिको बैठक सम्पन्न

काठमाडौँ। आज मिति २०८२ साल पुस ९ गते माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमको अध्यक्षतामा स्वास्थ्य विषयगत समितिको बैठक सम्पन्न भएको छ। संघ, प्रदेश र स्थानीय तहबीच स्वास्थ्य क्षेत्रमा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठित विषयगत समितिको बैठक आयोजना गरिएको हो। […]

कोदो–मकै फल्ने बारीमा लटरम्म सुन्तला, ढोरपाटनका किसानको वार्षिक आम्दानी १३ लाखभन्दा बढी

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत किमबोट गाउँ यतिबेला सुन्तलाको पहेँलो रौनकले सजिएको छ । कुनै समय कोदो र मकै मात्र फल्ने बारीहरू अहिले लटरम्म सुन्तलाले भरिएका छन् । गाउँका धेरै बासिन्दा रोजगारी, शिक्षा र स्वास्थ्य सुविधाको खोजीमा सहरतिर सरे पनि किमबोटका लोकनाथ कँडेलको मन भने अझै आफ्नै गाउँको माटो र सुन्तलाको बगानमै अडिएको […]

आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा कुन कृषिउपज कति रुपैयाँमा कारोबार हुँदैछ ? काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि देशभर लागू हुने गरी कृषिउपजको थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिले उपलब्ध गराएको विवरणअनुसार तरकारी, सागपात, फलफूल, मसला तथा माछाजन्य सामग्रीको मूल्यमा विविधता देखिएको छ। समितिका अनुसार आज गोलभेँडाको मूल्यमा किसिमअनुसार फरक देखिएको छ। […]

बागलुङमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक

बागलुङ — सुर्तीजन्य पदार्थको सेवन र यसबाट उत्पन्न हुने स्वास्थ्य जोखिम नियन्त्रण गर्न बागलुङ जिल्लामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा जिल्ला भरीका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरू उपस्थित थिए। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सुर्तीजन्य पदार्थको […]

क्यान्सर पीडितलाई सिम्रिक सहकारीद्वारा एक लाख रुपैयाँ सहयोग

इलाम । सिम्रिक सहकारी संस्था लिमिटेड, नेपालटार सेवा केन्द्रले क्यान्सरबाट पीडित आफ्नी सदस्य निर्मला लुइटेललाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको सदस्य सुरक्षा कोषबाट लुइटेललाई रु. एक लाख रुपैयाँ उपचार सहयोग रकम हस्तान्तरण गरिएको हो। सहयोग कार्यक्रममा संस्थाका कार्यालय प्रमुख गोबिन्द गर्तौलाले लामो समयदेखि सञ्चालन हुँदै आएको “प्राणघातक रोग उपचार सहयोग […]

इलाम अस्पतालमा नयाँ इमर्जेन्सी ब्लक निर्माणको सम्झौता सम्पन्न

इलाम । इलाम जिल्ला अस्पतालमा अत्याधुनिक इमर्जेन्सी ब्लक निर्माण तथा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि पहिलो चरणको सम्झौता सम्पन्न भएको छ। यो परियोजना इलाम नगरपालिकाले भारतीय राजदूतावाससँग गरेको प्रस्तावका आधारमा अघि बढाइएको हो। २०७९ सालमा नगरपालिकाले दूतावासमा पठाएको परियोजना प्रस्ताव स्वीकृत भएपछि अब भवन निर्माण र उपकरण खरिद कार्य अघि बढ्न लागेको हो। २०८२ साल […]